समाचार

    Showing 21,181-21,190 of 25,992 items.
  • अभिनेता शाहले सफाइ पाए लगतै कप्तान सन्दीप लामिछाने विरुद्ध बलात्कारको आरोपमा जाहेरी दर्ता (भिडियो सहित)

    झापा / गत चैतमा नाबालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका अभिनेता पल शाहले सफाइ पाएका छन् । नवलपुर जिल्ला अदालतले अभिनेता पलशाहलाई बलात्कारको मुद्दामा सफाइ दिएर बाल यौन दुरुदुपयोको मुद्दामा भने साढे दुई वर्ष कैद सजाय  सुनाएको छ । जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले मंगलबार शाहलाई २५ हजार रुपैयाँ जरिवाना र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति भराउने समेत फैसला सुनाएको हो ।काठमाडौंको मध्य बानेश्वरस्थित होटलमा भएको संवादको अडियो आफ्नो स्वीकारेको तथा सुटिङबाट थाकेर आएपछि रक्सी सेवन गरी नाबालिगको कोठामा गएको बयान दिएकाले बाल यौन दुरुपयोग भएको ठहर गर्दै उक्त कसूरमा

    • प्रकाशित मितिः भदौ २२, २०७९
    • 115 पटक पढिएको
  • सर्वोच्चको न्यायाधीशमा गौतम, शर्मा र पराजुलीको नाम सिफारिस

    झापा / न्याय परिषदले सर्वोच्च अदालतको न्यायाधीशमा तीनजनाको नाम सिफारिस गरेको छ ।मंगलबार बसेको न्याय परिषदको बैठकले न्यायाधीश नीता गौतम दीक्षित, विनोद शर्मा र प्रा. डा. डीएन पराजुलीको नाम सिफारिस गरेको हो । हाल सर्वोच्च अदालतमा दुई न्यायाधीशको पद रिक्त छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की आगामी असोज १६ गतेदेखि ६५ वर्षे उमेर हदका कारण अवकाशमा जाँदैछन् । एक महिना पछि रिक्त हुने पदका लागि पनि सिफारिस गर्न सकिने कानुनी व्यवस्था अनुसार उनको स्थानमा समेत पदपूर्ति गर्ने गरी तीनजनाको नाम सिफारिस गरिएको हो ।सर्वोच्चको न्यायाधीश सिफारिस भएकामध्ये नीता गौतम दीक्षित उच्च अदालतको मुख्य न्याया

    • प्रकाशित मितिः भदौ २२, २०७९
    • 96 पटक पढिएको
  • छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु

    बिर्तामोड / सुनसरी र इलामको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । शनिवार दिउँसो सुनसरीको दुहबी नगरपालिका ३ मा को १ च ७१८६ नम्बरको पिकअप र प्रदेश १-०४-००१ प ८१३८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा घाईते भएका मोटरसाइकल चालक धनपालथान गाउँपालिका-२ का २० वर्षीय धिरज मण्डलको उपचारको क्रममा विराट नर्सिङ होम विराटनगरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।यसैगरी शनिवार अपरान्ह इलामको रोङ गाउँपालिका -४ मा, मे ४ प ८३५५ नम्बरको मोटरसाइकलले मे १ क ६५४ नम्बरको ट्रकलाई ओभरटेक गर्ने क्रममा आफै अनियन्त्रित भई ट्रकको चक्कामा ठोक्किई दुर्घटना हुँदा घाईते भएक

    • प्रकाशित मितिः भदौ २२, २०७९
    • 174 पटक पढिएको
  • प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

    काठमाडौँ / प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा राष्ट्रिय सभाको सन्देशसहित प्राप्त ‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ लाई पारित गरियोस’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।त्यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त विधेयकमाथि दफावार छलफल सदनमा गरियोस् भन्न प्रस्ताव गर्नेछन् । छलफलपछि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ ।त्यस्तै, नेकपा एमालेका सांसद भीमबहादुर रावलले ‘माथिल्लो कर्णाली जलविद्युत् आयोजना विकास सम्झौताको कार्यान्वयन गर्न/गराउन तथा जलविद्युतको धनी राष्ट्र नेपालमा रहेको जलस्रोत क्षमताको राष्ट्रिय हितम

    • प्रकाशित मितिः भदौ २२, २०७९
    • 62 पटक पढिएको
  • भन्सार छलेर ल्याइएका कपडा बरामद

    काठमाडौं / भन्सार छलेर ल्याएका कपडा सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सर्लाही हरिवन नगरपालिका -११ का २५ वर्षीय किरण विश्वकर्मालाई सोमबार जिल्ला प्रहरी परिसर भक्तपुरले नियन्त्रणमा लिएको हो । विश्वकर्मालाई राति भक्तपुर सूर्यविनायक नगरपालिका -८ जगाती चेक प्वाईन्टबाट नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए । प्रदेश नं २–०३–००१ ख १९९७ नं को आईचर गाडी चेकजाँच गर्ने क्रममा गाडीको पछाडि पट्टी ढालाको भित्री साईडमा लुकाएर राखेको जुट र प्लाष्टिकको १६ वटा बोरा भित्र भन्सार छली गरी ल्याइएका सामानहरू, गाडी र चालकलाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार

    • प्रकाशित मितिः भदौ २१, २०७९
    • 163 पटक पढिएको
  • टिकटक बनाउने बहानामा मोटरसाइकल चोरे पछि........

    काठमाडौं / टिकटक बनाउने बहाना बनाई मोटरसाइकल चोरी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका -१० ठेगाना भएका ३२ वर्षीय रामचन्द्र रावल, सोही ठाउँ ठेगाना भएका १८ वर्षीय किशोर र सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका- ४ टाकुरे ठेगाना भएका ३२ वर्षीय पुष्कर काफ्ले रहेका छन् । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट मोटरसाइकल चोरी भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले मोटरसाइकल चोरी गर्ने, पार्टपुर्जा बिक्री वितरण गर्ने र चोरीको सामान किन्ने कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । उ

    • प्रकाशित मितिः भदौ २१, २०७९
    • 99 पटक पढिएको
  • चीनमा भूकम्पमा परी कम्तीमा ४६ जनाको मृत्यु

    एजेन्सी / चीनको दक्षिणपश्चिम क्षेत्रमा सोमबार गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा ४६ जनाको मृत्यु भएको छ। अमेरिकी भौगर्भिक सर्भेका अनुसार सिचुवान प्रान्तको काङदिङ शहरबाट करिब ४३ किलोमिटर दक्षिणपूर्वमा १० किलोमिटर गहिराइमा ६.६ म्याग्निच्युडको भूकम्प गएको हो । प्रान्तीय राजधानी छेन्दुमा भूकम्पका कारण लाखौं मानिस घरभित्रै थुनिएका छन् भने नजिकैको शहर चोङकिङमा पनि भूकम्पको धक्का महसुस भएको स्थानीय बासिन्दाले एएफपीलाई बताएका छन्।भुकम्पको धक्काले गार्जे र याआनका क्षेत्रहरूमा केही पावर स्टेसनहरू पनि अवरूद्ध भएका छन्। 

    • प्रकाशित मितिः भदौ २१, २०७९
    • 107 पटक पढिएको
  • म्यादी छनोटसम्बन्धी कार्यविधि स्वीकृत : भदौ ३० देखि आवेदन खुला

    झापा / गृह मन्त्रालयले आसन्न निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी छनोटसम्बन्धी कार्यविधि स्वीकृत गरेको छ ।मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी छनोट गर्नेबारे प्रहरी प्रधान कार्यालयले तयार पारी पठाएको मापदण्ड गृह मन्त्रालयले स्वीकृत गरेको हो ।प्रहरी प्रवक्ता (डीआईजी) टेक प्रसाद राईले १ लाख १५ हजार म्यादी प्रहरी भर्नाका लागि प्रहरी हेडक्वाटरले पठाएको मापदण्ड गृहले स्वीकृत गरेको जानकारी दिए । उनका अनुसार अब भदौ ३० गतेदेखि असोज ६ गतेसम्म आवेदन खुला हुनेछ।स्वीकृत मापदण्डअनुसार असोज ९, ११, १२, १३ र १४ गते ५ दिन भित्र म्यादी प्रहरी छनोट प्रक्रिया पूरा

    • प्रकाशित मितिः भदौ २१, २०७९
    • 188 पटक पढिएको
  • छुट्टाछुट्टै स्थानबाट ब्राउनसुगर सहित ५ जना पक्राउ

    बिर्तामोड / झापा र मोरङको छुट्टाछुट्टै  स्थानबाट प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउनसुगर सहित ५ जनालाई पक्राउ गरेको छ । हिजो अपरान्ह झापाको मेचीनगर नगरपालिका -६ स्थितमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल आँउदै गरेको प्रदेश १-०२-०४४ प ३९२९ नम्बरको मोटरसाइकलमा सवार रहेका लेटाङ नगरपालिका -४ मोरङका २१ वर्षीय सनिप राई र २१ वर्षीय पूर्ण प्रकाश मगरको साथबाट ३ ग्राम ब्राउन सुगर बरामद भए सँगै मेचीनगर नगरपालिका -७ का २१ वर्षीय रोहित मंडल समेत संलग्न रहेकोले बरामद गरिएको ब्राउन सुगर सहित तीनै जनालाई पक्राउ गरिएको छ  ।दमक नगरपालिका -२ खरखरे स

    • प्रकाशित मितिः भदौ २१, २०७९
    • 162 पटक पढिएको
  • चीनमा गएको शक्तिशाली भूकम्पमा परि ४६ जनाको मृत्यु , १६ जना बेपत्ता

    एजेन्सी / चीनको सिचुवान प्रान्तमा गएको ६.६ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परि कम्तीमा ४६ जनाको मृत्यु भएको छ ।सिचुवान प्रान्तमा स्थानीय समयअनुसार सोमबार दिउँसो १ बजे भूकम्प गएको थियो । भूकम्पको केन्द्रबिन्दु जमिनको सतहभन्दा १० किलोमिटर तल रहेको बताइएको छ ।भूकम्पको कारण दुरसञ्चार लाइन नराम्रोसँग प्रभावित भएको छ भने पहाडी क्षेत्रमा भुक्षयले गम्भीर क्षति पुर्‍याएको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् । कोभिड महामारी नियन्त्रणका लागि जारी गरिएको लकडाउनको कारण सिचुवान प्रान्तको राजधानी छेन्दुमा २ करोड १० लाख मानिस घरमै रहेको समयमा भूकम्प गएको हो ।भूकम्पको केन्द्रबिन्दु छेन्दुबाट २ सय २६

    • प्रकाशित मितिः भदौ २१, २०७९
    • 208 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.