बिर्तामोड / नेपाली कांग्रेसको नीति विपरित गतिविधि गर्ने पार्टीका क्षेत्रीय प्रतिनिधि बिर्तामोड निवासी कुमार भट्टराईसहित पाँचजनालाई नेपाली कांग्रेसले कारबाही गरेको छ । नेपाली कांग्रेस बिर्तामोड नगर समिति र क्षेत्र नं -२ प्रदेश क समितिले पार्टी नीति विपरित गठबन्धनका साझा उम्मेद्वार विरुद्ध उम्मेद्वारी दिने भट्टराई र उनका समर्थक रामप्रसाद मैनालीलाई कारबाही गर्न जिल्ला कार्य समितिलाई सिफारिस गरेको हो ।त्यसैगरी प्रदेश क मै प्रदेशसभा सदस्यमा उम्मेद्वारी दिने क्रियाशील सदस्यहरू राजु प्रसाईँ र उनका समर्थक पर्शुराम भट्टराई एवं कमल सिटौलालाई साधारण सदस्यता समेत नरहने गरी पार्टीबाट निष्क
झापा / धनकुटा नगरपालिका -९ चिम्सुवाबाट नियन्त्रित लागूऔषध गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरी टोलीले बुधवार बिहान साँढे १० बजे शहिदभुमी गाउँपालिका-३ की ४९ वर्षीया विष्णु कुमारी राई र ४३ वर्षीय उद्धिम भनिने उमेश राईलाई ५/५ केजी लागूऔषध गाँजा सहित पक्राउ गरेको हो । लागूऔषध सहित पक्राउ परेका उनीहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
बिर्तामोड / झापाको कन्काई नगरपालिका -३ मा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक मोरङ उर्लाबारी -४ का ५३ वर्षीय नागेन्द्र प्रसाद कोइराला रहेको छन् । आज बिहान साँढे ११ बजेको समयमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को २५ प ४६५१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा घाईते भएका कोइरालाको उपचारको क्रममा बिर्तासिटी अस्पताल बिर्तामोडमा मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
झापा / धनुषाको सहिदनगर नगरपालिका -१ चिरैया बस्ने ६० वर्षीया अजोधी सहनीको हत्या गरेको अभियोगमा प्रहरी एकजनालाई पक्राउ गरको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ५० वर्षीय श्याम सुन्दर सहनी रहेका छन् । उनीहरूबीच लेनदेनको विषयमा सोमबार राति विवाद तथा झैं- झगडा हुँदा श्याम सुन्दरले चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका उनको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा गएराति मृत्यु भएको हो । अजोधी सहनीको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट खरियानीबाट खटिएको प्रहरीले उनलाई बुधबार बिहान पक्राउ गरि यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
बिर्तामोड / प्रहरीले आज बिहान शिवसतासी नगरपालिका -१ धरमपुर चौकबाट अवैध रुपमा लुकाई छिपाई राखेको सखुवा जातको चिरान काठ बरामद गरेको छ । इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले शिवसतासी -१ धरमपुर चौक बस्ने खगेन्द्र प्रसाद दाहालको घरबाट सखुवा जातको ७२.६३ क्यु . वि चिरान काठ फेला पारी बरामद गरेको हो । काठ सहित पक्राउ परेका दाहाललाई भने आवश्यक कारवाहीको लागी डिभिजन बन कार्यालय चन्द्रगढी झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका (प्रवक्ता) प्र .ना . उ बसन्त पाठकले जानकारी दिएका छन् ।
बिर्तामोड / झापाको मेचीनगरबाट प्रहरीले भन्सार छलेर नेपाल भित्राएको लत्ताकपडा बरामद गरेको छ । बुधबार राती (बिहान) १२ बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका स्थितमा नेपाल तर्फ अवैध रुपमा भन्सार छली गरी ल्याई बेवारिसे अवस्थामा राखेको रु ३,५०,००० मूल्य बराबरको कपडा बरामद गरेको हो । यस्तै बुधबार राती नै २ बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर -६ स्थितमा बेवारिसे अवस्थामा राखेको रु १,५०,००० मूल्य बराबरको लत्ताकपडा बरामद गरेको छ । बरामद भएका दुवै सामानहरू आवश्यक कारवाहीको लागी मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाउने तयारी
बिर्तामोड / मोरङको विराटनगर महानगरपालिका -१२ स्थितबाट प्रहरीले अवैध रूपमा भन्सार छली गरी नेपाल ल्याउँदै गरेको इलेक्ट्रोनिक सामानहरू बरामद गरेको छ । सोमबार बेलुका विराटनगरको दरैया स्थितमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले को १ च ३१७८ नम्बरको भेनलाई चेक जाँच गर्ने क्रममा अवैध रुपमा भन्सार छली गरी नेपाल ल्याउदै गरेको बिभिन्न प्रकारका इलेक्ट्रोनिक समानहरु बरामद गरेको हो । बरामद गरिएका करिव ४ लाख ७० हजार मूल्य बराबरका इलेक्ट्रोनिक समान र भेनलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय रानी विराटनगरमा बुझाइएको छ ।
बिर्तामोड / मोरङको विराटनगर स्थित व्यापारीहरूलाई धाक धम्की दिई रकम माग गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका -२ का २९ वर्षीय रविन घिमिरे रहेका छन । घिमिरेले व्यापारीहरूलाई प्रहरीको हाकिम हुँ भन्दै रकम माग गर्दै गरेको अवस्थामा विराटनगर -१५ स्थितबाट इलाका प्रहरी कार्यालय रानीको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका उनको अभद्र व्यवहार गर्न नहुने कसुरमा म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
एजेन्सी / अमेरिकाको फ्लोरिडामा इयान आँधीका कारण १०२ जनाको मृत्यु भएको छ । फ्लोरिडा मेडिकल परीक्षक आयोगले राज्यव्यापी आँधीका कारण उनीहरूको मृत्यु भएको हो । आँधीबाट राज्यको दक्षिणपश्चिम सबैभन्दा बढी प्रभावित छ । इयान संयुक्त राज्य अमेरिकामा अहिलेसम्म आएको सबैभन्दा शक्तिशाली आँधी हो । यो सेप्टेम्बर २६ मा एक शक्तिशाली श्रेणी ४ तुफानको रूप तटीय क्षेत्रमा प्रहार गरेको थियो । आँधीका कारण यस राज्यले यसअघि कहिल्यै नदेखेको ठूलो विनाशको साक्षी बनेको छ ।उत्तरी क्यारोलिनामा अर्को पाँच जनाको मृत्यु भएको राज्यका गभर्नरले रिपोर्ट गरेका थिए । ल्यान्डफल गरेपछि आँधी फ्लोरिडा र एट्लान्टिक महासागरमा पुगेको थियो ।
झापा / निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभाको प्रत्यक्षतर्फ उम्मेदवारी दिएका व्यक्तिले आज १० बजेदेखि दिउँसो १ बजेसम्म आफ्नो उम्मेदवारी फिर्ता लिन पाउनेछन् ।आयोगले आजै दिउँसो ३ बजेभित्र उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक तयारी गरेको छ । अन्तिम नामावली प्रकाशन भएसँगै उम्मेदवारहरूले आजै आफ्नो चुनाव चिह्न पनि पाउनेछन् ।यता राजनीतिक दलहरु भने बागी उम्मेदवार व्यवस्थापनमा जुटेका छन् । सत्ता गठबन्धनका शीर्ष नेताहरूले विज्ञप्ति नै जारी गरेर बागी उम्मेदवारी फिर्ता नलिए पार्टीको साधारण सदस्यबाटै निष्कासन गर्ने चेतावनी नै दिएका छन् ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.