झापा / पर्सामा एक गर्भवतीले तिम्ल्याहा बच्चालाई जन्म दिएकी छिन् । वीरगञ्जको विर्तास्थित नारायणी सेन्ट्रल अस्पतालमा पर्साको कालिकामाई गाउँपालिका-९ हरियरपुरकी कविता देवीले तिम्ल्याहा बच्चालाई जन्म दिएकी हुन् ।कविताले दुई छोरा र एक छोरीलाई जन्म दिएको अस्पतालका निर्देशक प्रा डा प्रमोदकुमार सर्राफले जानकारी दिए । उनले शल्यक्रिया मार्फत बच्चा जन्माएकी हुन् । अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा प्रियङ्का चौधरीले कविताको शल्यक्रिया गरेकी हुन् ।
बिर्तामोड / इलाका प्रहरी कार्यालय काँकडभिट्टाको प्रहरी टोलीले अवैध रुपमा नेपालबाट भारत तर्फ लैजाँदै गरेको एकसय २० केजी अवैध सुपारी बरामद गरेको छ । बिहीबार झापाको मेचीनगर नगरपालिका वडा नम्बर -६ स्थित मेचीखोलाबाट प्रहरीले ८० हजार मूल्य बराबरको अवैध सुपारी बरामद गरेको हो । बरामद गरिएको सुपारी आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बिर्तामोड / १ नम्बर प्रदेश प्रहरी कार्यालयको आर आइ टि समुहबाट खटिएको प्रहरी टोलीले २ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कटहरी गाउपालिका -३ का ५८ वर्षीय राम बहादुर भण्डारी र धरान उपमहानगरपालिका - ५ का ३७ वर्षीय बुद बहादुर विश्वकर्मा रहेका छन् । ठगी मुद्दामा फरार रहेका भण्डारीलाई उच्च अदालत विराटनगर मोरङले १० महिना २१ दिन कैद र पच्चीस हजार रुपैया जरिवाना सुनाएको थियो । यस्तै विश्वकर्मालाई भने लागूऔषध मुद्दामा सुनसरी जिल्ला अदालतले १ महिना ९ दिन कैद र पचास हजार रुपैयाँ जरिवाना तोकेको थियो । पक्राउ परेका दुबै जनालाई सम्बन्धित जिल्ला अदालतमा उपस्थित गराई तोकिएको कैद भु
काठमाडौं / १७ वर्षीया नाबालिग किशोरी बलात्कारको आरोपमा हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई थप ५ दिन थुनामा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ ।असोज २० गते पक्राउ परेका सन्दीप लामिछानेलाई प्रहरीले २४ गते अदालतमा उपस्थित गराएको थियो । पहिलो पटक ७ दिन थुनामा राख्न अदालतले अनुमति दिएको थियो भने बिहीबार ५ दिन थुनामा राखी अनुसन्धान गर्न अनुमति दिएको हो ।अदालतमा सन्दीपमाथि अनुसन्धान चलिरहेको भन्दै प्रहरीले बिहीबार पुनः ७ दिन थुनामा राख्न अनुमति मागेको थियो । तर, ५ दिन म्याद थप गरी अनुन्सन्धान गर्न अदालतले अनुमति दिएको सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले बताए । क्रिकेटर लामिछ
मोरङ / मोरङको रङेलीबाट बारुदजन्य पटाकासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनवर्षी नगरपालिका –८ हस्नगडीका ३० वर्षीय जितेन्द्र राजवंशी रहेका छन् । इलाका प्रहरी कार्यालय रङ्गेलीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल आउँदै गरेको प्र १–०२–००२ ह ८७८९ नम्बरको अटोलाई रङेली नगरपालिका –९ स्थित दर्बेसामा चेकजाँच गर्ने क्रममा पटाकासहित अटो चालक राजवंशीलाई पक्राउ गरेको हो । राजवंशीले चलाएको आटोबाट किङ कोब्रा नामक ६० बन्डल (३००० प्याकेट) अन्दाजी एक लाख ५० हजार रुपैयाँ बराबरको पटाका बरामद गरेको प्रहरीले जनाएको छ । राजवंशीलाई विस्फोटक पदार्थ पटाका शीर्षकमा मुद्दा दर्ता गरी
बिर्तामोड / ६७ औँ प्रहरी दिवस २०७९ को अवसरमा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी मोरङ जिल्ला शाखाको सहयोग तथा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको आयोजनामा प्रदेश प्रहरी प्रमुख प्र .ना. म. नि सुदीप गिरीको प्रमुख आतिथ्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर, १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र, १ नम्बर प्रदेश ट्राफिक व्यवस्थापन तथा राजमार्ग सुरक्षा कार्यालय ईटहरी, १ नम्बर प्रदेश सशस्त्र प्रहरी गण, १ नम्बर प्रदेश विशेष सुरक्षा गण दुहबी र जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत रहेका ४१ जना प्रहरी अ
बिर्तामोड / झापाको मेचीनगर नगरपालिका -६ गैरिगाउँ स्थितबाट भन्सार छलेर नेपाल भित्राएको लत्ताकपडा प्रहरीले बरामद गरेको छ । बुधबार दिउसो ४ बजे जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भन्सार छली ल्याएको १६,०००० मूल्य बराबरको अवैध कपडा बरामद गरेको हो ।४ पोकामा रहेको २७० पिस भेस्टलाई आवश्यक कारवाहीको लागी मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिए ।
झापा / संयुक्त राष्ट्रसंघको साधारणसभामा एक सय ४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र पाशविक आक्रमणको निन्दा र भर्त्सना गर्दै खेद प्रस्ताव पारित गरेका छन् । त्यसमा नेपालले पनि उक्त प्रस्तावको पक्षमा मतदान गरेको हो ।बुधबार भएको मतदानमा एक सय ४३ देशले युक्रेनको पक्षमा मतदान गरेका छन् भने पाँच देशले विपक्षमा मतदान गरे । बेलारुस, उत्तर कोरिया, निकारागुवा, रुस र सिरियाले विपक्षमा मतदान गरेका हुन् । त्यस्तै ३५ देश भने मतदानको समयमा अनुपस्थित रहेका थिए। उक्त प्रस्तावमा रुसले गरेको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सीमाभित्र तथाकथित रुपमा गरिएको जनमत सङ्ग्रहको निन्दा गर्ने बताइएको छ ।
एजेन्सी / पाकिस्तानको जामशोरोमा यात्रुवाहक बसमा आगलागी हुँदा १८ जनाको मृत्यु भएको छ । बुधबार कराँचीबाट बाढीपीडित लिएर खैरपुर नाथन शाह फर्कँदै गरेको बस नूरियाबाद नजिकै आगलागी भएको हो । जामशोरोका पूर्व वरिष्ठ प्रहरी उपरीक्षक जावेद बलोचका अनुसार बसमा आगलागी हुँदा आठ बालबालिकासहित १८ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्। बसमा सवार सबै मुगरी समुदायका थिए। दुर्घटनापछि उनीहरूको तत्कालै उद्धार गरी जामशोरोस्थित लियाकत विश्वविद्यालय अस्पताल लगिएको छ। आगलागीबाट बच्न केही यात्रुले बसबाट हाम फालेका थिए।
बिर्तामोड / झापाको मेचीनगर नगरपालिका -६ गैरिगाउँ स्थितबाट भन्सार छलेर नेपाल भित्राएको लत्ताकपडा प्रहरीले बरामद गरेको छ । बुधबार दिउसो ४ बजे जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भन्सार छली ल्याएको १६,०००० मूल्य बराबरको अवैध कपडा बरामद गरेको हो । ४ पोकामा रहेको २७० पिस भेस्टलाई आवश्यक कारवाहीको लागी मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिए ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.