झापा / अर्घाखाँचीको सन्धिखर्कमा निर्माणाधीन एयरपोर्टमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। मृत्यु हुनेमा सन्धिखर्क नगरपालिका –१ मिडिया चोकका २६ वर्षीय रोशन सुनाम र हललाइनका २२ वर्षीय कृतिम रायमाझी रहेका छन् । सन्धिखर्क –१० शिखरबार्नीमा निर्माणाधीन एयरपोर्टको रनवेमा अनियन्त्रित भई गएराती प्रदेश नम्बर २–०३८–प–५०३२ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो । दुर्घटनामा परी सुनाम र रायमाझीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी मुकुन्द रिजालले जानकारी दिए । त्यस्तै अर्को बा २५ प ८८७६ नम्बरको मोटरसाइकलमा सवार सन्धिखर्क २ आटि
बिर्तामोड / झापामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक–५ बस्ने २५ वर्षीय निर्मल दास रहेका छन् । बुधवार साँझ ६ बजे पूर्वपश्चिम राजमार्गअन्तर्गत शिवसतासी –९ स्थित मिलन चोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०१–०१२ प ४९९६ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको मे १ ख २३२१ नम्बरको यात्रुवाहक बसले ठक्कर दिएको थियो ।मोटरसाइकलमा सवार अर्का एक जना गम्भीर घाइते भएका छन् । उनको बिएन्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मोटरसाइकलको पछाडि सवार १८ वर्षीय सौरभ मदक गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुर्घटनाम
काठमाडौँ / हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान देशका पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यता सफा रहेको छ । यस्तै दिउँसो प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागहरूमा आंशिक बदली रहेको छ भने बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । यस्तै प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा भने हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ । यस्तै राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी प्रदेश
झापा / हिमाल आरोहणको लागि १२ सय ३८ जनालाई अनुमति पाएका छन् । पर्यटन विभागले शरद ऋतुमा हिमाल आरोहणका लागि देशका ४१ हिमाल आरोहण गर्न विभिन्न ७७ देशका १२ सय ३८ आरोहीहरुलाई अनुमति दिएको हो ।हिमआरोहीहरुले सबैभन्दा बढी गोरखास्थित मनास्लु आरोहण गर्दैछन् । कात्तिक ६ गतेसम्म मनास्लु आरोहणका लागि ४०४ जनाले अनुमति पाएका छन् ।दोस्रोमा अमादब्लाम हिमाल रहेको छ । उक्त हिमालका लागि २६ टिमका ३३६ जनाले अनुमति पाएको विभागले जनाएको छ । त्यस्तै, एक सय भन्दा बढी अनुमति पाउने हिमालमा हिमलुङ रहेको छ ।जसमा १५६ जनाले अनुमति पाएका छन् । विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि भने एकदमै कम अर्थात ५ जनाले मात्रै अ
विराटनगर / १ नम्बर प्रदेश प्रहरी श्रीमती संघ कि अध्यक्ष श्रीमती कल्पना गिरी तथा संघका पदाधिकारीहरूले विराटनगर स्थित मानव सेवा आश्रममा आस्रित आमाहरूलाई भोजन गराएका छन् । ‘सेवा नै धर्म हो’ भन्ने भावनाले अभिप्रेरित कार्यक्रम अनुसार आज बिहान प्रदेश प्रहरी श्रीमती संघ कि अध्यक्ष गिरीले आश्रममा रहेका वृद्धा असाह्य आमाहरूलाई बिहानको भोजन गराएका हुन् ।प्रदेश प्रहरी श्रीमती संघ कि अध्यक्ष गिरीले मानव सेवा आश्रमले बेसहारा, असाह्य, अनाथ, अभिभावक विहीन तथा सडक आश्रित मानवको उद्धार गरी सेवा प्रदान गरिरहेकोमा मानव सेवा आश्रमलाई हृदय देखि धन्यवाद दिँदै १ नं. प्रदेश प्रहरी श्रीमती संघ पनि यस्ता विवि
झापा / दाङको घोराहीका तीन फर्निचर उद्योगमा आगलागी हुँदा करोडौँको क्षति भएको छ । घोराही -१५ उमेश मार्ग रोडमा रहेको न्यू दाजुभाई, दाजुभाई र स्टार दाजुभाई तीनवटा फर्निचर उद्योगमा आगलागी भएको प्रहरीले जानकारी दिएको छ ।आगलागीबाट करोडौँ रुपैयाँको क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक वीरबहादुर ओलीले जानकारी दिए । राति करिब १२ बजेतिर लागेको आगो बिहान करिब साढे ४ बजे नियन्त्रणमा आएको छ ।नेपाल प्रहरी, सशस्त्र प्रहरीले घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकाको दमकल सहयोगमा आगो नियन्त्रणमा लिएको हो । लक्ष्मीपूजामा बालिएको दियोका कारण आगलागी भएको हुन सक्ने आशंका ग
झापा / दीपावलीका लागि झिलिमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर धनुषामा सोमबार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका -२२ बसबिट्टीका १९ वर्षीय अमित मिश्र र जनकपुरधाम उपमहानगरपालिका -९ निवासी १४ वर्षीय शिवराज यादव रहेको प्रहरीले जनाएको छ ।दुबै जना आफ्नै घरमा दीपावलीका लागि झिलिमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर घाइते थिए। गम्भीर घाइते मिश्र र यादवको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषामा (प्रवक्ता) प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।
काठमाडौँ / हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यता सफा रहेको छ ।आज दिउँसो प्रदेश १ मा आंशिकदेखि सामान्य बदली तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू- भागहरुमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू- भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । त्यस्तै राती प्रदेश १ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू- भागहरुमा आंशिक बदली रही बाँकी प्रद
बिर्तामोड / झापाको हल्दीबारीमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दीबारी गाउँपालिका -२ निवासी २१ वर्षीय सुकलाल राजवंशी रहेका छन् । प्रहरीका अनुसार हल्दीबारी पाराखोपी सडक खण्ड अन्तरगत हल्दीबारी -२ स्थित रामलाल चोक नजिकै आइतबार साँझ ६: १५ मिनेटमा मे ५ प २१६१ नम्बरको मोटरसाइकलले मे ६ प ४१०३ नम्बरको मोटरसाइकललाई पछाडिमा ठक्कर दिएको थियो । दुवै मोटरसाइकल पाराखोपीदेखि हल्दीबारी बजारतर्फ गइरहेका थिए । तीव्र गतिमा रहेको मे ५ प २१६१ नम्बरको मोटरसाइकलको पछाडि सवार राजवंशीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटन सम्बन्धमा हल्दीबारी प्रहरी चौकीले दुवै मोटरसाइक
बिर्तामोड / १ नम्बर प्रदेश प्रहरी श्रीमती संघले श्रीमती कल्पना गिरीको अध्यक्षतामा ९ सदस्य कार्य समिति पदाधिकारीको गठन गरेको छ । प्रदेश प्रहरी कार्यालय विराटनगरमा आज भएको संघको भेलाले ९ सदस्य पदाधिकारीहरू सर्वसम्मत चयन गरेको हो । सेवा नै धर्म होुु भन्ने भावनाले अभिप्रेरित नेपाल प्रहरीमा कार्यरत राष्ट्र सेवकहरुका परिवारहरूलाई सामाजिक सेवाको लागि अभिप्रेरित गरी राष्ट्रसेवाको पुनीत कार्यको लागि सङ्गठित गर्न, राष्ट्रमा समय–समयमा आइपर्ने विभिन्न प्रकारका दैवि प्रकोपहरू लगायत मानवीय सेवाका विविध क्षेत्र जस्तो शिक्षा, स्वास्थ्य, खेलकुद र आर्थिक क्षेत्रहरूको सुधार, विकास र उन्नतिको लागि आफुहरुमा अ
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.