भैरहवा / कमर्सियल ग्राउन्ड हैन्डिलिन्ग अनुमति दिन नेपाल नागरिक उड्डयन प्राधिकरण सकारात्मक भएसँगै हिमालय एअरलाइन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सञ्चालन गर्ने घोषणा गरेको छ ।यस अनुसार एयरलाइन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्नो पहिलो अन्तर्राष्ट्रिय गन्तव्यको रूपमा क्वालालम्पुर नियमित चार्टर उडान गर्ने जनाइएको छ । नेपाल र मलेसियाको नागरिक उड्डयन प्राधिकरण र अन्य सान्दर्भिक ओभरफ्लाईङ इजाजतपत्र प्राप्त भए पश्चात ३ नोभेम्बरदेखि उडान सञ्चालन हुने अपेक्षा गरिएको छ । प्रारम्भिक चरणका लागि एयरलाइन्सले भैरहवा–क्वालालम्पुर–भैरहवा सेक्टरमा उडान भर्ने छ भने भविष्यमा
झापा / आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सुरक्षाकर्मी बाहेक कुल दुई लाख ४६ हजार जनशक्तिको प्रबन्ध गरिएको छ।निर्वाचन आयोगका अनुसार मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत, मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा अन्य पदमा गरी सो सङ्ख्याका जनशक्ति परिचालन भइरहेको हो । योमध्ये केही जनशक्ति परिचालन भइसकेको छ । समानुपातिक निर्वाचन प्रणालीका मुख्य निर्वाचनको कार्यालयमा ५५ जना, निर्वाचनका लागि गत असोज २० गतेसम्ममा सबै जिल्लामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आइसकेको छ । निर्वाचन सञ्चालन तथा व्यवस्थापनमा खटिन
बिर्तामोड / मोरङको बुढीगंगा गाउँपालिका -२ स्थितमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर -६ का ३० वर्षीय राम मण्डल रहेका छन । हिजो बेलुका ४ बजे मण्डलले घर निर्माणको लागि बाँस काट्ने क्रममा बाँसले विद्युतको हाइटेन्सन तारमा छुन पुग्दा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाईते भएका मण्डलको विराट मेडिकल कलेज गङ्गा चोकमा उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको छ ।
काठमाडौँ / आजदेखि सरकारी कार्यालय एक घण्टा चाँडै बन्द हुने भएका छन् । तीन महिना सरकारी कार्यालय बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म मात्रै खुल्ने गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए । गृह मन्त्रालयले राजपत्रमै सूचना निकालेर कार्यालय समय निर्धारण गर्ने गरेको छ । जसअनुसार कात्तिक १६ अर्थात् आजदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म मात्रै कार्यालय सञ्चालन हुनेछन् । यो अवधिमा शुक्रबारको दिन बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म मात्रै कार्यालय खुल्नेछन् । वैशाख १ गतेदेखि कात्तिक १५ गते सम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समय बिहान १० देखि अपरान्ह
बिर्तामोड / मोरङको विराटनगर महानगरपालिका -८ स्थित जिल्ला कारागारमा कैद सजाय भुक्तान गरिरहेका एक जना कैदीको मृत्यु भएको छ । तेह्रथुमको आठराई गाउँपालिका -४ घर भएका ५४ वर्षीय मानबहादुर खपाङ्गीको मंगलबार साँझ मृत्यु भएको निमित्त जेलर तुलसीराम भगतले जानकारी दिए । उनलाई जिल्ला अदालत तेह्रथुमले जबरजस्ती करणी मुद्दामा दोषी ठहर गरेको हो । खपाङ्गीलाई २०७४ माघ ९ गते अदालतले १० वर्ष कैद सजायको फैसला गरेको थियो । भगतका अनुसार तेह्रथुम कारागारमा सजाय भुक्तान गरिरहेका उनलाई स्थानान्तरण गरेर २०७६ मंसिर २४ गते मोरङ ल्याइएको हो । अचानक बिरामी परेपछि कात्तिक १२ गते बिहान उपचारका लागि विराटनगरको
बिर्तामोड / सुनसरीको धरान उप-महानगरपालिका -११ स्थितबाट प्रहरीले लागूऔषध सहित १ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान -११ का ४६ वर्षीय बिरु भुजेल रहेका छन् । सोमबार राती साढे ७ बजे विशेष सूचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर आर आइ टि र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले भुजेललाई स्पासपेन १७१६ ट्याबलेट, ट्रामोल २७७५ क्याप्सुल, स्पास्मो प्रोक्सिभन प्लस ६७५ क्याप्सुल, नाईट्रोसन २७ ट्याबलेट, एक्सकाफ डिएक्स १९ बोतल लागूऔषध तथा नियन्त्रित औषधी र नगद १ लाख ६ हजार रुपैयाँ सहित उनकै घरबाट पक्राउ गरेको हो । पक्राउ परेका भुजेलको इलाका प्रहरी कार्यालय ध
झापा / निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि ७७ वटै जिल्लामा पहिलो चरणको निर्वाचन सामग्री ढुवानी कार्य सम्पन्न गरेको छ ।डोल्पा, मुगु, जुम्ला, हुम्ला, बाजुरा, गोरखा, मनाङ र सिन्धुली जिल्लालाई आवश्यक पर्ने सम्पूर्ण सामग्री ढुवानी सम्पन्न भएको छ भने बाँकी जिल्लामा थप सामग्री दोस्रो चरणमा लगिने कार्यक्रम रहेको आयोगले जनाएको छ ।हालसम्म निर्वाचन आयोगले ९३ ट्रक सामान ढुवानी गरिसकेको छ । दोस्रो चरणमा धेरै जनसंख्या र निर्वाचन क्षेत्र भएका तराईका जिल्लाहरूमा सामाग्री ढुवानी गरिने आयोगले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।अब सात जिल्लाको मतपत्र छपाइ बा
झापा / झापाको दमक नगरपालिका –१० आमबाडी बस्ने दियुस श्रेष्ठको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा १५ वर्षीय प्रतीक बराइली र १६ वर्षीय सरोज परियार रहेका छन् । उर्लाबारी नगरपालिका –६ चन्द्रमा चौक बस्ने १७ वर्षीय सरोज बस्नेत, सोही वडाको वानडाँडा बस्ने १६ वर्षीय सन्देश खवास, १७ वर्षीय विकास तामाङ, पानी ट्याङ्की बस्ने १६ वर्षीय मन्जिल माझी, तरुण चोक बस्ने १६ वर्षीय सपन खत्री भने प्रहरीले सोमबार बिहानै पक्राउ गरेको थियो । मोरङको उर्लाबारी नगरपालिका –७ स्थित मावा खोलामा आयोजित छठ पर्व हेर्न
झापा / निर्वाचन आयोगका पछिल्ला दुई निर्णयविरुद्ध दायर रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ ।‘नो नट अगेन’ नामक फेसबुक पेज बन्द गर्न आयोगले जारी गरेको विज्ञप्तिको विरोधमा र ललितपुर क्षेत्र नम्बर ३ की प्रतिनिधिसभा सदस्य उम्मेदवार डा तोसिमा कार्कीको उम्मेदवारी खारेजीविरुद्ध परेको छुट्टाछुट्टै रिटमाथि सुनुवाइ हुन लागेको होदुवै रिट न्यायाधीश कुमार चुडालको एकल इजलासमा परेको छ । ‘नो नट अगेन’ लाई बन्देज गर्नेगरी आयोगले जारी गरेको विज्ञप्ति खारेज हुनुपर्ने माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए । आयोगको सूचना अनुसार नो नट अगेन अभिय
झापा / सशस्त्र प्रहरी बल नेपालका दुई जना नायब निरीक्षक (वरिष्ठ सई) निलम्बित भएका छन् । आचरण विपरीतको गतिविधि गरेपछि नायब निरीक्षकद्वय गोविन्द सुवेदी र कृष्णबहादुर मगरलाई निलम्बित गरिएको हो ।सुवेदी सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण कपिलवस्तु र मगर सशस्त्र प्रहरी बल नेपाल बिओपी छिन्नमस्ता सप्तरीमा कार्यरत थिए ।सशस्त्र प्रहरी नायब निरीक्षक सुवेदीले यही कार्तिक ४ गते निर्वाचन सुरक्षा वेश स्थापनाको लागि सशस्त्र प्रहरी कर्मचारीहरू पुर्याई कार्यालय फर्कने क्रममा दिइएको जिम्मेवारी सही ढंगले निर्वाह नगरेपछि सवारी दुर्घटना हुन पुगे जनाइएको छ। सुवेदीमाथि यही कात्तिक ४ गते निर्वाचन सुरक्षा वेस स्थ
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.