समाचार

    Showing 20,871-20,880 of 25,992 items.
  • आजदेखि राजनीतिक दलहरूले चुनाव केन्द्रित जुलुस र आमसभा गर्न पाउने

    झापा  / आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि दलहरूले आज (बिहिबार) देखि चुनाव केन्द्रित प्रचारप्रसार गर्न पाउने भएका छन् । निर्वाचन आयोगका अनुसार राजनीतिक दलहरूले सञ्चार माध्यममा निर्वाचनसम्बन्धी सामग्री प्रकाशन तथा प्रसारण गर्न समेत पाउने छन् । प्रचारप्रसारका क्रममा राजनीतिक दलहरूले जुलुस, आमसभा र कोणसभा गर्न पाउने छन् । निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसार सम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको समेत व्यवस्था गरिएको छ ।आचारसंहिता बमोजिम निर्वाचन

    • प्रकाशित मितिः कार्तिक १७, २०७९
    • 55 पटक पढिएको
  • रूखमा टाउको ठोक्किएर गम्भीर घाइते भएका बालकको मृत्यु

    काठमाडौं / काठमाडौंको लाजिम्पाटमा बसको झ्यालबाट टाउको निकाल्दा रूखमा ठोक्किएर  घाइते भएका  बालकको मृत्यु भएको छ । बुधबार दिउँसो साढे ३ बजे वेस्ट इलिमेन्ट्री मन्टेश्वरी स्कुलका १३ वर्षीय आयुश्मान दाहाल बा १ क ४६४२ नम्बरको बसको झ्यालबाट टाउको निकाल्दा रूखमा ठोक्किएर घाइते भएका थिए । प्रहरीका अनुसार घटना स्कुल बाहिर भएको थियो । गाडी विद्यालयबाट निस्किने बेलामा दुर्घटना भएको थियो । ५ कक्षामा अध्ययनरत दाहाल बसको पछाडिको सिटमा बसेका थिए । घटनापछि गम्भीर घाइते भएका उनलाई उपचारका लागि महाराजगञ्जस्थित टिचिङ अस्पताल लगिएको थियो । त्यहाँ उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमा

    • प्रकाशित मितिः कार्तिक १७, २०७९
    • 71 पटक पढिएको
  • झापामा जिल्लास्तरीय प्रचारप्रसार संयन्त्र गठन, संयोजकमा पूर्वेली

    बिर्तामोड  / लोकतान्त्रिक-बाम गठबन्धन संयुक्त संयन्त्र झापाको आयोजनामा बिर्तामोडमा सम्पन्न पत्रकारहरूको संयुक्त भेलाले नेपाल प्रेस युनियन झापाका अध्यक्ष इन्दु पूर्वेलीको संयोजकत्वमा जिल्लास्तरीय प्रचारप्रसार संयन्त्र गठन गरेको छ । लोकतान्त्रिक बाम गठबन्धन संयुक्त संयन्त्रमा आबद्ध राजनीतिक दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एस का शुभेच्छुक एवं आबद्ध संस्थाका पत्रकारहरूको भेलाले पूर्वेलीको संयोजकत्वमा  जिल्लास्तरीय प्रचारप्रसार संयन्त्र गठन गरेको हो ।गठित समितिको सहसंयोजकमा प्रेस सेन्टर झापाका अध्यक्ष झुलन रेग्मी, समाजवादी प्रेस सङ्गठनका अध्यक्ष अनिलदेव राई

    • प्रकाशित मितिः कार्तिक १६, २०७९
    • 126 पटक पढिएको
  • रोकेर राखेको स्काईभेटरमा आगजनि गर्ने पक्राउ

    झापा / ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिका -२ स्थितमा रहेको स्काईभेटरमा आगजनि गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चिशंखुगढी -१ का २९ वर्षीय तुलसी राज अधिकारी रहेका छन । सृजनशील कन्स्ट्कसन प्रा.लि.को बा ३ ख ४३०६ नम्बरको स्काईभेटर चिशंखुगढी -२ स्थित बाङ्गे खोला नजिक सडक छेउमा रोकेर राखेको अवस्थामा कार्तिक १४ गते राती आगजनिबाट पूर्णरुपमा जली क्षति भएको थियो । तत्काल घटना स्थलमा खटिएको प्रहरी चौकी खानीभञ्ज्याङ र जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाको प्रहरी टोलीले खोज तलासको क्रममा स्काईभेटरमा आगजनी गर्ने अधिकारीलाई भाग्दै गरेको अवस्थामा चिशंखुगढी -१ सुर्केटार स्थितबाट आज बिहान प

    • प्रकाशित मितिः कार्तिक १६, २०७९
    • 72 पटक पढिएको
  • बाजुराका ४३ मतदान केन्द्र अतिसंवेदनशील सूचीमा

    बाजुरा । बाजुराका ४३ मतदान केन्द्र अति संवेदनशील सूचीमा रहेका छन् ।बाजुराको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बिष्टले दिएको जानकारी अनुसार जिल्लाका जम्मा ७० मध्ये ४३ लाई अति संवेदनशील र २३ लाई संवेदनशील  मतदान स्थल मानिएको छ ।उनका अनुसार ७० मध्ये चार मतदान स्थल मात्रै सामान्य अवस्थाका छन् ।प्रतिनिधि सभाका लागि एक र प्रदेश सभाका लागि दुई सदस्यको निर्वाचन हुने बाजुरा जिल्लामा ७० मतदान स्थलमा एक सय १२ मतदान केन्द्र कायम भएका छन् । बाजुरामा महिला ४० हजार पाँच सय ३७, पुरुष ४२ हजार एक सय ५१ र अन्य दुई गरि जम्मा ८२ हजार आठ सय ९० मतदाता रहेका छन् ।सहायक प्रमुख जिल्ला अधिकारी बिष्टका

    • प्रकाशित मितिः कार्तिक १६, २०७९
    • 56 पटक पढिएको
  • भीरबाट खसेर म्यादी प्रहरीको मृत्यु

    धादिङ / धादिङमा गस्तीमा गएका म्यादी प्रहरीको मृत्यु भएको छ। त्रिपुरासुन्दरी गाउँपालिका १ सल्यानटारमा कार्यरत २१ वर्षीया भवानी खकुरेलको मृत्यु भएको हो । उनको गस्ती जानेक्रममा भीरबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डिएसपी श्यामकुमार खत्रीले जानकारी दिए ।उनका अनुसार सोमबार दिउँसो करिब १ बजेतिर सल्यानटारमा म्यादी प्रहरीहरू गस्तीमा जाँदै थिए। बाटो छेउमा माटो भासिएर चिप्लिएपछि उनी अन्दाजी ५५ मिटर तल खसेकी थिइन् । उनको टाउकोमा समेत चोट लागेको थियो।धादिङमै प्राथमिक उपचारपछि काठमाडौंको नेपाल प्रहरी अस्पतालमा रिफर गरिएको थियो। त्यहाँबाट पनि बाँसबारीस्थित न्युरो अस्पतालमा

    • प्रकाशित मितिः कार्तिक १६, २०७९
    • 76 पटक पढिएको
  • बिना मगरलाई निर्वाचन आयोगले सोध्यो चौबीस घण्टे स्पष्टीकरण

    झापा / निर्वाचन आयोगले नेकपा (माओवादी केन्द्र) को तर्फबाट प्रतिनिधि सभा सदस्य निर्वाचन कञ्चनपुर क्षेत्र नं. १ मा उम्मेदवारी दिएकी बिना मगरलाई चौबीस घण्टे स्पष्टीकरण सोधेको छ । मगरलाई २५ जनाभन्दा बढी साथमा लिई घरदैलो कार्यक्रम गरेको सम्बन्धमा स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ । मगरले निर्वाचन क्षेत्र अन्तर्गतको बेलौरी नगरपालिकामा निर्वाचन आचारसंहिता विपरीत हुनेगरि २५ जनाभन्दा बढी साथमा लिई घरदैलो कार्यक्रम गरेको र उक्त विषय आफ्नै फेसबुक पेजबाट समेत सार्वजनिक भएको विषयमा उजुरी परेकाले स्पष्टीकरण सोधिएको हो ।निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भातृ संगठन

    • प्रकाशित मितिः कार्तिक १६, २०७९
    • 79 पटक पढिएको
  • प्रभु बैंकको ग्राहकहरूलाई हार्नेस् जिपलाइनमा छुट

    पर्वत / पर्वतको कुस्मास्थित हार्नेस् जिपलाइनका विभिन्न सेवाहरूमा छुट प्रदान गर्ने सम्बन्धी प्रभु बैंकसँग सम्झौता सम्पन्न भएको छ।  प्रभु बैंकमा खाता खोली बैङ्किङ कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरूले हार्नेस् जिपलाइनद्वारा सञ्चालित जिपलाइन सेवामा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने भएका छन् । बैंकका तर्फबाट गण्डकी प्रदेश इन्चार्ज राजु राना मगर र हार्नेसका तर्फबाट अध्यक्ष विदुर पौड्यालले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । हार्नेस्मा प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैङ्किङ, इन्टरनेट बैङ्किङ च्यानलहरू प्रयोग गरी भुक्तानी गर्दा छुट पाइनेछ । 

    • प्रकाशित मितिः कार्तिक १६, २०७९
    • 61 पटक पढिएको
  • बलात्कार आरोप लागेका इन्स्पेक्टर ढुंगाना जेल चलान

    धादिङ  / बलात्कार प्रयासको आरोप लागेका प्रहरी निरीक्षक (इन्सपेक्टर) अपूर्व ढुंगाना पुर्पक्षका लागि जेल चलान भएका छन्। धादिङ जिल्ला अदालतले मंगलबार उनलाई पुर्पक्षका लागि जेल चलान गरेको हो। जिल्ला न्यायाधीश स्वीकृति पराजुलीको एकल इजलासले उनलाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश गरेको धादिङका डीएसपी श्याम खत्रीले जानकारी दिए।इलाका प्रहरी कार्यालय खानीखोलाका प्रमुख समेत रहेका ढुङ्गानाले आफ्नै ब्यारेकमा महिला प्रहरी कर्मचारीलाई बलात्कारको प्रयास गरेको आरोप लागेको थियो। महिला प्रहरीले आफूमाथि बलात्कार प्रयास भएको भन्दै जाहेरी दिएपछि उनलाई हिरासतमा लिएर जिल्ला प्रहरी कार्यालय धादिङले

    • प्रकाशित मितिः कार्तिक १६, २०७९
    • 146 पटक पढिएको
  • निर्वाचन आयोगको आदेशपछि प्रधानमन्त्री देउवाको गृहजिल्ला डडेलधुराको यात्रा स्थगित

    काठमाडौं / नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुराको यात्रा स्थगित भएको छ । निर्वाचन आयोगको आदेशपछि देउवाको डडेल्धुरा यात्रा स्थगित भएको हो ।प्रधानमन्त्री देउवा सरकारी खर्चमा निर्वाचन प्रचारप्रसारका लागि डडेल्धुरा जाने तयारीमा थिए । त्यसक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अनुमतिका लागि निर्वाचन आयोगमा पत्र पठाएको थियो ।तर, उक्त पत्रको सम्बोधन गर्दै निर्वाचन आयोगले सरकारी खर्चमा प्रचारप्रसारका लागि यात्रा नगर्न  नगराउन निर्देशन दिएपछि देउवाको डडेलधुरा यात्रा स्थगित भएको हो । देउवा बुधबार आफ्नो निर्वाचन क्षेत्रसमेत रहेको डडेल्धुरा जाने त

    • प्रकाशित मितिः कार्तिक १६, २०७९
    • 65 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.