समाचार

    Showing 20,861-20,870 of 25,992 items.
  • प्रत्यक्षतर्फको मतपत्र छपाईको काम सम्पन्न

    झापा  / आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि आवश्यक मतपत्र छपाईको काम सम्पन्न भएको छ ।आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि प्रत्यक्षतर्फको आवश्यक सबै मतपत्र छपाई काम सम्पन्न भएको निर्वाचन आयोगले जनाएको हो । आयोगले जनक शिक्षा सामग्रीलाई प्रत्यक्ष निर्वाचन तर्फका मतपत्र छपाउन दिएको थियो । आयोगले दिएको यही कार्तिक २० गतेसम्मको समयसीमा भन्दा दुई दिन अगावै जनक शिक्षा सामग्रीले मतपत्र छपाईको काम सम्पन्न गरेको हो ।शुक्रबार जनक शिक्षा सामग्रीमा मतपत्र छपाई सम्बन्धी अवलोकन गर्दै निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आयोगको २० गतेसम्म मतपत्र छापिस

    • प्रकाशित मितिः कार्तिक १८, २०७९
    • 59 पटक पढिएको
  • आज नेपाली बजारमा घट्यो सुनको मूल्य

    काठमाडौँ / आज बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ  ।  नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला १ सय रुपैयाँले घटेर प्रतितोला ९३ हजार १ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९२ हजार ६ सयमा कारोबार भएको छ ।त्यस्तै आज चाँदीको मूल्य पनि १० रुपैयाँले  बढेर प्रतितोला १२ सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

    • प्रकाशित मितिः कार्तिक १८, २०७९
    • 82 पटक पढिएको
  • निर्वाचन आयोगले पायाे उपहार स्वरूप ८० वटा सवारी साधन

    झापा  / भारत सरकारले निर्वाचन आयोगलाई ८० वटा सवारीसाधन उपहार दिएको छ। आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको लागि ८० वटा सवारी साधन भारतले नेपाललाई उपहार दिएको हो । एक समारोहका बीच नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्कारपियो गाडीको साँचो प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई गरेका हुन् ।  समारोहलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले सहयोगका लागि भारत सरकार तथा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलाई धन्यवाद समेत दिएका छन् । नेपाल र भारतबीच लामो समयदेखि रहेको मित्रताबारे उल्लेख गर्दै उनले दुई देशबीचको स

    • प्रकाशित मितिः कार्तिक १८, २०७९
    • 60 पटक पढिएको
  • निलम्बित कप्तान लामिछानेको मुद्दामा आज पनि थुनछेक बहस

    काठमाडौँ / १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा लागेका नेपाली क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा आज पनि थुनछेक बहस हुने भएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधव घिमिरेको इजलासमा बुधबार र बिहीबार थुनछेक बहस भए पनि नसकिएपछि आज फेरि बहस हुन लागेको हो । बिहीबार सन्दीपका तर्फबाट वरिष्ठ अधिवक्ताहरू कृष्ण सापकोटा, सविता भण्डारी, लव मैनाली, रमन श्रेष्ठ र अधिवक्ता सुवास पाठकले बहस गरेका थिए । प्रहरीले सोमबार जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको थियो । बहस सकिएपछि थुनछेक आदेश जारी हुनेछ । अदालतले मुद्दाको पुर्पक्षका लागि सन्दीपलाई थुनामा पठाउने कि

    • प्रकाशित मितिः कार्तिक १८, २०७९
    • 64 पटक पढिएको
  • आजदेखि देशैभर मतदाता शिक्षा कार्यक्रम सुरु

    झापा / आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि आजबाट मतदाता शिक्षा कार्यक्रम सुरु भएको छ ।आजबाट देशभरका ७५३ स्थानीय तहका ६ हजार ७ सय ४३ वडाका घरदैलोमा मतदाता शिक्षा कार्यक्रम आयोजना गरिने निर्वाचन आयोगले जनाएको छ । चुनावमा मतदातालाई सक्रिय सहभागिता गराउन र मत बदर हुन नदिन आयोगले मतदाता शिक्षा कार्यक्रम सुरु गरेको हो । मतदाता शिक्षा कार्यक्रममार्फत मतदातालाई मतदान गर्ने सही तरिका सिकाइनेछ ।आयोगले प्रत्येक वडामा रहेका स्वास्थ्य स्वयंसेविकालाई मतदाता शिक्षा कार्यकर्ता तोकेर खटाउँदै छ । केही वडामा एक स्वास्थ्य स्वयंसेविकाले अपुग भए थप एक परिचालन गर्ने तयारी छ

    • प्रकाशित मितिः कार्तिक १८, २०७९
    • 57 पटक पढिएको
  • झापामा थपिए १३ हजार मतदाता

    बिर्तामोड / मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि झापामा १३ हजार नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचन यता उक्त सङ्ख्यामा मतदाता थपिएका हुन् । २३ हजार नयाँ मतदाता थपिएसँगै झापामा कुल मतदाताको संख्या छ लाख ६३ हजार ३११ पुगेको जिल्ला निर्वाचन अधिकृत तुलसी नेपालले जानकारी दिए । पाँच वटा निर्वाचन क्षेत्रका कुल मतदातामध्ये महिलाको संख्या तीन लाख ३२ हजार २५९, पुरुषको संख्या तीन लाख ३१ हजार ४४ र अन्य मतदाता आठ जना रहेका छन् ।झापाको क्षेत्र नम्बर –१ मा सबै भन्दा थोरै एक लाख २० हजार ३७५ मतदाता छन् भने क्षेत्र नम्बर –५

    • प्रकाशित मितिः कार्तिक १७, २०७९
    • 127 पटक पढिएको
  • विराटनगरको एक कोल्ड स्टोरमा ग्यास लिक हुँदा निसास्सिएर एक जनाको मृत्यु

    बिर्तामोड / विराटनगरको एक कोल्ड स्टोरमा ग्यास लिक हुँदा निसास्सिएर  एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर -५ का ५४ वर्षीय रौदी चौधरी रहेका छन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार विराटनगर -४ मा रहेको रामजानकी कोल्ड स्टोरमा ग्यास लिक हुँदा चौधरीको मृत्यु भएको हो । ग्यास लिक हुँदा निसास्सिएर बेहोस भएका चौधरीको उपचारका क्रममा विराट नर्सिङ होममा दिउँसो २ बजे मृत्यु भएको श्रेष्ठले बताए । 

    • प्रकाशित मितिः कार्तिक १७, २०७९
    • 62 पटक पढिएको
  • बदरमत कम गर्न झापामा नमुना मतदान कार्यक्रम

    बिर्तामोड / जिल्ला निर्वाचन कार्यालय झापाले आजदेखि नमुना मतदान कार्यक्रम सुरु गरेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी आजबाट मतदान कार्यक्रम सुरु गरेको हो । आज भद्रपुरको विरेन्द्र रत्न मा.विमा नमुना मतदान गरिएको छ । नमुना मतदानमा महिला, पुरुष, अशक्त र वृद्धवृद्धाको लाइन मिलाउने, मतदाता परिचयपत्र रुजु गर्ने, मतदान अधिकृतको हस्ताक्षर रुजु गर्ने र गोप्य स्थानमा पुगी उम्मेदवारलाई मत दिन सिकाइएको थियो ।बदर मत कम गर्न र मतदाता शिक्षा प्रभावकारी बनाउन नमुना मतदानको अभ्यास थालेको जिल्ला निर्वाचन अधिकृत तुलसी नेपालले जानकारी दिए । प्रतिनिधिसभा र

    • प्रकाशित मितिः कार्तिक १७, २०७९
    • 66 पटक पढिएको
  • मोरङमा भरुवा बन्दुक देखाई श्रीमती कुटपिट गर्ने पक्राउ

    बिर्तामोड / उर्लाबारी नगरपालिका -२ सिमसार टोल बस्ने ३१ वर्षीय दीपक विश्वकर्मालाई १ थान अवैध भरुवा बन्दुक सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरी दिपकले आफ्नो घरमा रहेको भरुवा बन्दुक निकाली श्रीमतीलाई डर त्रास देखाई कुटपिट गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी मंगलबारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

    • प्रकाशित मितिः कार्तिक १७, २०७९
    • 71 पटक पढिएको
  • प्रधानमन्त्री र मन्त्रीहरूले चुनावी कार्यक्रममा सहभागी हुन आयोगबाट अनुमति लिनुपर्ने

    काठमाडौँ / चुनाव प्रचारप्रसारका कार्यक्रममा जाँदा प्रधानमन्त्री र मन्त्रीहरूले निर्वाचन आयोगबाट अनुमति लिनु पर्ने भएको छ । प्रधानमन्त्री र मन्त्रीहरू आफ्नो क्षेत्रबाट अन्य क्षेत्रमा चुनावी कार्यक्रममा जानुपरे आयोगबाट अनुमति लिनुपर्ने भएको हो ।प्रधानमन्त्री र संघ तथा प्रदेशका मन्त्रीहरूले चुनावी कार्यक्रममा जाँदा सरकारी स्रोत, साधनको प्रयोग भने गर्न पाउने छैनन् ।प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कात्तिक १७ देखि मंसिर १ गतेसम्म दलहरूले आमसभा र जुलुस गरेरै चुनावी प्रचार गर्न पाउने बताए । ‘आयोगको अनुमति लिएर प्रधानमन्त्री र मन्त्रीहरू चुनावी कार्यक्रममा जान पाउँछन्,’ उनले भने । चुनाव हुनु

    • प्रकाशित मितिः कार्तिक १७, २०७९
    • 60 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.