समाचार

    Showing 20,851-20,860 of 25,992 items.
  • नेपाल भारत सीमा नाका ७२ घण्टाका लागी बन्द हुने

    झापा / आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरी नेपाल भारत सीमा नाका तीन दिन बन्द हुने भएको छ । नेपाल र भारतका सुरक्षा अधिकारीबीच शनिबार भैरहवामा भएको बैठकले मंसिर १ गते राति १२ बजेदेखि मंसिर ४ गते राति १२ बजेसम्म दुवै पक्षबाट नाका बन्द (सिल) गर्ने निर्णय गरेको हो । विगतका आम चुनावमा जस्तै यसपटक पनि ७२ घण्टा नाका सिल गर्ने निर्णय भएको छ,’रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले भने ।बैठकले सीमावर्ती क्षेत्रमा दुवै पक्षबाट कानुनको परिपालना गराउने, सबै प्रकारका गैरकानुनी कार्यहरू नियन्त्रणका लागि तत्काल सूचना आदानप्रदान गर्ने, सीमा क्षेत्रम

    • प्रकाशित मितिः कार्तिक २०, २०७९
    • 62 पटक पढिएको
  • काठमाडौंबाट रूकुमकोट जाँदै गरेको बस त्रिशूली किनारमा खस्दा १९ जना घाइते

    झापा / काठमाडौंबाट रूकुमकोट जाँदै गरेको बस त्रिशुलीमा खस्दा  १९ जना घाइते भएका छन् । शनिबार राति सवा ६ बजे बेनिघाट रोराङ गाउँपालिका -१० हुग्दिखोलास्थित त्रिशूली किनारमा बस खसेको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी श्यामबहादुर खत्रीले जानकारी दिए । बा ४ ख ५७९० नम्बरको बस २०० मिटर तल खसेको खत्रीले बताए ।  उनीहरूको उपचारका लागि स्थानीय मेडिकल पठाएको छ । बस त्रिशूली किनारमै रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय गजुरीबाट डिएसपीको कमान्डमा प्रहरीको टोली खटिएको थियो । 

    • प्रकाशित मितिः कार्तिक २०, २०७९
    • 63 पटक पढिएको
  • निर्वाचनको अवलोकन गर्न भारतका प्रमुख निर्वाचन आयुक्त नेपाल आउने

    काठमाडौँ / भारतको निर्वाचन आयोगका प्रमुख राजीव कुमार नेपाल आउने भएका छन् । उनी निर्वाचनको अवलोकन गर्न नेपाल आउने भएका हुन् । आयोगका सहप्रवक्ता कमल भट्टराईका अनुसार उनी मंसिर दुई गते नेपाल आँउदै छन् । भट्टराईले भारत भ्रमणको क्रममा उनलाई नेपाल भ्रमणको औपचारिक निम्ता दिएका थिए ।

    • प्रकाशित मितिः कार्तिक १९, २०७९
    • 57 पटक पढिएको
  • जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आइतबारदेखि सुरु हुँदै, यस्ता छन् एजेन्डाहरू

    झापा / जनलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसीसीसी) को पक्ष राष्ट्रको २७ औँ सम्मेलन (कोपा –२७) आइतबारदेखि सुरु हुँदैछ । सम्मेलन कात्तिक २० देखि मङ्सिर २ गते (नोभेम्बर ६ देखि १८ तारिख २०२२) सम्म इजिप्टको शर्मा एल–शेखमा हुँदैछ ।उक्त सम्मेलनले विज्ञानमा आधारित चुनौती र ‘रियो’ १९९२ देखि ‘ग्लास्गो’ २०२१ (कोप २६) सम्म भएका सम्झौता, निर्णय र प्रतिबद्धतामा आधारित भएर समावेशी तथा महत्वाकाङ्क्षी परिणाम दिने अपेक्षा गरिएको छ । साथै उत्सर्जन न्यूनीकरण, अनुकूलन प्रयासलाई बढावा दिने र उपयुक्त वित्तको बढ्दो प्रवाहको माध्यमबाट विश्वव्यापी जलवायु कार्यलाई गति दिनेसमेत सम्म

    • प्रकाशित मितिः कार्तिक १९, २०७९
    • 64 पटक पढिएको
  • चिर्पट प्रहार गरि श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

    झापा / ओखलढुङ्गाको सिद्धिचरण नगरपालिक -११ सोब्रुमा चिर्पट प्रहार गरि श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ परेका छन् । ३३ वर्षीय कल्पना खड्का राईको हत्या गरेको आरोपमा प्रहरीले रामबहादुर राईलाई पक्राउ गरेको हो ।  श्रीमान श्रीमतीबीच सामान्य विवाद हुँदा मादक पदार्थ सेवन गरेका राईले श्रीमतीलाई चिर्पट प्रहार गरेको बुझिएको प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए । सोलुखुम्बु जिल्लाको नेचा सल्यान गाउँपालिका घर भई ३ वर्षअघि देखि यहाँ बसोवास गर्दै आएको प्रहरीले जनाएको छ । शुक्रबार साँझ ७ बजेतिर घटना घटेको भए पनि स्थानीयले प्रहरीलाई शनिबार बिहान मात्रै खबर गरेको थियो । घटनाको विषयमा अनुसन्धान भइ

    • प्रकाशित मितिः कार्तिक १९, २०७९
    • 82 पटक पढिएको
  • राष्ट्रपति भण्डारी आइसल्याण्ड जाँदै

    काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारी आइसल्याण्ड जाने भएकी छिन् । विश्वभरका महिला नेताहरूको समूह वुमेन पोलिटिकल लिडर डब्लूपीएलका आयोजनामा हुने ८–१० नोभेम्बरमा हुने रेक्जाभिक ग्लोबल फोरममा भाग लिन उनी सोमबार आइसल्याण्ड प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । डब्लूपीएलले भण्डारीलाई यो वर्षको डब्लूपीएल ट्राइलब्लेजर अवार्ड पनि प्रदान गर्ने मन्त्रालयले आज निकालेको विज्ञप्तिमा उल्लेख छ । राष्ट्रपतिले ग्लोबल फोरममा अवार्ड ग्रहणसँगै आफ्नो मन्तव्य पनि राख्ने छिन् । १२ नोभेम्बरमा स्वदेश फर्कने राष्ट्रपतिको भ्रमण दलमा राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारी पनि सहभागी हुने छन्

    • प्रकाशित मितिः कार्तिक १९, २०७९
    • 58 पटक पढिएको
  • नदीमा हाम फाली बेपत्ता भएका युवाको खोजी कार्य जारी

    काठमाडौँ / तम्घास काली गण्डकी नदीमा हाम फाली बेपत्ता भएका युवाको खोजी कार्य जारी जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।शुक्रवार दिउँसो  जिल्लाको काली गण्डकी गाउँपालिका १ हर्मिचौरका ३५ वर्षीय टेकराज पाण्डेले गुल्मी र स्याङजाको सङ्गमस्थल रेप्कामा रहेको मोटरे बल पुलबाट काली गण्डकी नदीमा हाम फाली बेपत्ता भएका हुन् ।नदीमा हाम फाली बेपत्ता भएका पाण्डेको खोजी कार्यका लागि स्थानीय र प्रहरी परिचालन भए पनि फेला नपरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिए । नदीमा हाम फाल्नुको कारण नखुलेको र खोजी कार्य जारी रहेको खरेलले बताए ।

    • प्रकाशित मितिः कार्तिक १९, २०७९
    • 57 पटक पढिएको
  • रेखाको आशमा सुकुम्बासी वस्ती, हस्ताक्षर संकलन गरि थापालाई हस्तान्तरण

    कानेपोखरी / मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिँदै गर्दा मोरङ क्षेत्र नं ३ मा चुनावी माहोल रोमाञ्चक बन्दै गएको छ । मोरङ क्षेत्र नं ३ मा काङ्ग्रेस/एमालेबीच कडा प्रतिस्पर्धा हुने  अनुमान गरिरहँदा यस पटक राप्रपाले समेत दुई ठूला पार्टीलाई कडा चुनौती दिने देखिएको छ ।काङ्ग्रेसले प्रतिनिधि सभा तर्फ सुनिल शर्मालाई, एमालेले भानुभक्त ढकाल र राप्रपाले रेखा थापालाई उम्मेदवार बनाएको छ । सुरुमा थापालाई दुई ठुला राजनीतिक दलले कमजोर उम्मेदवार बताउने गरे पनि अहिले तिनै दुई राजनीतिक दललाई रेखाले दिएको चुनौतीको सामना गरिराख्नु परेको छ ।अघिल्लो पटक जितेका सांसदले  केही नगरेपछि अहिले

    • प्रकाशित मितिः कार्तिक १९, २०७९
    • 79 पटक पढिएको
  • गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    बिर्तामोड / आदर्श स्कुल अफ म्यानेजमेन्टले सुरुवाती कोठा नेपाल झापा तथा एन एम बि बैकको सहकार्यमा गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।आदर्श कलेजकी एकेडेमिक कोर्डिनेटर विजया भण्डारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरिएको हो । विद्यार्थीलाई बैक तथा वित्तीय संस्था ,बचत गर्ने बानी ,बैकको महत्त्व , बाल बचत ,आधुनिक बैकिङ प्रणाली  इत्यादिको बारेमा जानकारी प्रदान गराउने उद्देश्यले कार्यक्रमको सञ्चलन गरिएको कोर्डिनेटर भण्डारीले जानकारी दिइन् ।  उक्त कार्यक्रममा एन एम बि बैंकका कर्मचारी सरोज अधिकारी, दिव्या लुँइटेल र आदर्श स्कुल अफ म्यानेजमेन्टका ७० जना विद्यार्थी को सहभा

    • प्रकाशित मितिः कार्तिक १८, २०७९
    • 91 पटक पढिएको
  • वीरगञ्जमा कन्टेनरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

    झापा / वीरगञ्जमा कन्टेनरको ठक्करबाट एक जना भारतीय नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको बिहार राज्य गोपालगन्ज जिल्ला, बरैली थाना बरैली बस्ने ३० वर्षीय अशोक यादव रहेका छन् । बिहीबार साँझ साढे ६ बजे वीरगञ्ज महानगरपालिका -२५ आईसीपी २ नम्बर गेटको पार्किङ क्षेत्रमा उनलाई कन्टेनरले ठक्कर दिएको थियो ।दुवै खुट्टा कन्टेनरले किचेर घाईते भएपछि यादवलाई उपचारका लागि एलएस न्युरो हस्पिटलमा उपचारका लागि लगिएको थियो ।एलएस हस्पीटलमा प्रारम्भिक उपचारपछि नेशनल मेडिकल कलेज वीरगञ्जमा लगिएकोमा राति ८ बजे अस्पतालले यादवको मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्ष

    • प्रकाशित मितिः कार्तिक १८, २०७९
    • 54 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.