समाचार

    Showing 20,821-20,830 of 25,992 items.
  • झापाको बुद्धशान्तिमा श्रीमानको करुवा प्रहारबाट श्रीमतीको मृत्यु

    बिर्तामोड / झापाको बुद्धशान्ति -३ स्थित बुधबारेमा करुवाले हानेर श्रीमतीको हत्या गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक वर्ष ३२ का रघुनाथ गोठ्ठा रहेका छन् । घरायसी कुरामा सामान्य विवाद चल्दा उनले करुवाले लोटाले प्रहार गर्दा २६ वर्षीया श्रीमती सपनाको टाउकोमा चोट लागी घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरु १ छोरा १ छोरी सहित विगत ८ वर्ष अघि देखि बुधबारेमा डेरामा बस्दै आएका थिए । घटनास्थलमा अहिले इलाका प्रहरी कार्यालयको प्रहरी टोली खटिएर कानुनी प्रक्रिया पुरा गर्ने तथा घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता बसन्त पाठकले जानकार

    • प्रकाशित मितिः कार्तिक २४, २०७९
    • 102 पटक पढिएको
  • निर्वाचन हुनु भन्दा ७२ घण्टाअघि सीमा नाका सिल गरिने

    काठमाडौँ / आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सुरक्षा थप मजबुत बनाउन मतदान सुरु हुनुभन्दा ७२ घण्टाअघि छिमेकी मुलुकका सीमा सिल गरिने भएको छ । भारत र चीनसँग जोडिएका सिमाना मतदान सुरु हुनुभन्दा तीन दिनअघि सिल गरिने सशस्त्र प्रहरी बलले जनाएको छ ।सशस्त्र प्रहरी बल नेपालका केन्द्रीय प्रवक्ता पुरुषोत्तम थापाले निर्वाचनको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी आवतजावत पूर्ण रूपमा बन्द गरिने जानकारी दिए । भारतसँग जोडिएको सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीका दुई सय र चीनसँगको सिमाना सुरक्षाका लागि आठवटा बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरिएको छ। सीमा क्षेत्रको सुरक्षा मजबुतीका लागि केन्द्रबाट थप सु

    • प्रकाशित मितिः कार्तिक २४, २०७९
    • 55 पटक पढिएको
  • मन्त्री थापाको निधनको शोकमा भोलि प्रदेश १ मा सार्वजनिक बिदा

    बिर्तामोड / बहालवाला मन्त्रीको निधनको शोकमा प्रदेश १ ले भोलि २४ गते सार्वजनिक बिदा दिएको छ ।  प्रदेशका वन मन्त्री एवम् मोरङको क्षेत्र नम्बर ३ (१) बाट प्रदेशसभा सदस्य उम्मेदवार शेखरचन्द्र थापाको आज विराटनगरको नोबेल अस्पतालमा निधन भएको थियो । गत असोज २३ मा उनी डेङ्गुका कारण अस्पताल भर्ना भएका थिए ।

    • प्रकाशित मितिः कार्तिक २३, २०७९
    • 95 पटक पढिएको
  • प्रदेश प्रहरी तालिम केन्द्र रानी विराटनगरमा योग शिविर

    विराटनगर / १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र रानी, विराटनगरमा सञ्चालित योग शिविर सम्पन्न भएको छ । पतञ्जलि योग समिति नेपालका युवा केन्द्रिय संयोजक लोकनाथ खनाल सहितको ४ जना योग प्रशिक्षक टोलीद्वारा प्रहरी कर्मचारीहरूलाई योगाभ्यास गराइएको हो । कार्तिक १८ गतेबाट सञ्चालन भएको ५ कार्य दिन अवधिको योग शिविरमा केन्द्रका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोला सहित प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरूका साथै बिभिन्न उन्नत तालिम तथा प्रहरी जवान आधारभुत तालिममा तालिमरत प्रशिक्षार्थीहरू समेत गरी ५५२ जनाको सहभागिता रहेको थियो ।प्रहरी कर्मचारीहरूले योगको माध्यमबाट थप उर्जा प्राप्त गरी सक्रियताका स

    • प्रकाशित मितिः कार्तिक २३, २०७९
    • 80 पटक पढिएको
  • निर्वाचन आयोगले तोसिमा कार्कीलाई भन्यो घण्टी नबजाउनुस

    काठमाडौं / निर्वाचन आयोगले ललितपुर -३ बाट प्रतिनिधिसभा उम्मेदवार बनेकी राष्ट्रिय स्वतन्त्र पार्टीकी डा तोसिमा कार्कीलाई घण्टी नबझाउन निर्देशन दिएको छ । चुनाव प्रचारप्रसारका क्रममा घण्टी चुनाव चिह्न पाएकी तोसिमाका कार्यकर्ता र समर्थकले घण्टी बझाएर हिँडेकोले आयोगले सो निर्देशन दिएको हो । घण्टी बजाएर हिँड्दा अरुलाई असर गरेको भन्दै आयोगले उनलाई घण्टी नबझाइ प्रचारप्रसार गर्न निर्देशन दिएको हो । आयोग कार्यालयमा मंगलबार बसेको सर्वदलीय बैठकका केही दलका प्रतिनिधिहरूले उम्मेदवारहरूले घण्टी बजाउँदै चुनाव प्रचारप्रसार गरेको भन्दै ध्यानाकर्षण गराएका थिए । 

    • प्रकाशित मितिः कार्तिक २३, २०७९
    • 90 पटक पढिएको
  • कांग्रेस उम्मेदवार थापाको निधनप्रति प्रधानमन्त्री देउवा स्तब्ध

    काठमाडौं / प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश १ का वन, वातावरण तथा भूसंरक्षणमन्त्री एवं मोरङ ३ (क) का कांग्रेस उम्मेदवार शेखरचन्द्र थापाको निधनको खबरले आफू स्तब्ध भएको बताएका छन् । प्रधानमन्त्रीले शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् । वनमन्त्री थापाको बुधबार बिहान नोबेल अस्पतालमा उपचारका क्रममा निधन भएका हो । ‘प्रदेश १ का वन, वातावरण तथा भूसंरक्षण मन्त्री एवं मोरङ क्षेत्र नम्बर ३ (१) का नेपाली कांग्रेसका उम्मेदवार शेखरचन्द्र थापाजीको निधनको खवरले स्तब्ध भएको छु । उनको आत्माको चिरशान्तिको कामना गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु,’

    • प्रकाशित मितिः कार्तिक २३, २०७९
    • 79 पटक पढिएको
  • मेचीनगरमा किशोरीको शव फेला

    बिर्तामोड / झापाको मेचीनगर–१५ कैयाटोली स्थित टिमाइको सानो पुलमुनि एक किशोरीको शव फेला परेको छ । स्थानीय एक घरमा डेरा बस्दै आएका पुण्यप्रसाद चौधरीकी छोरी १३ बर्षीय युना चौधरी शव आज विहान फेला परेको हो । मृतकका बाबु पुण्यप्रसादका अनुसार मंगलबार अपरान्ह ३ बजेदेखि युना हराइरहेकी थिइन् । ज्यामिरगढी माविमा कक्षा ६ मा अध्ययनरत् उनी मंगलबार दिउँसो घर नजिकैको टिमाइ खोलाको नहरतिर गएकी बताइएको छ । घरबाट आधा किलोमिटर दक्षिण टिमाइको सानो पुलमुनि खोलामा घोप्टो परेको अवस्थामा शब फेला परेको छ । उनी हराएपछि मंगलबार नै प्रहरीमा परिवारले खोजीका लागि जानकारी दिएको थियो । घटनास्थलमा अहिले इलाका प्रहरी कार्यालयको ट

    • प्रकाशित मितिः कार्तिक २३, २०७९
    • 79 पटक पढिएको
  • पाइलट विजय लामालाई माग्यो वायुसेवा निगमको अपरेसन विभागले स्पष्टीकरण

    काठमाडौं / अनुमति बिना विदेशी भ्लगरलाई अन्तर्वार्ता दिएका पाइलट विजय लामालाई नेपाल वायुसेवा उडानमा रोक (ग्राउन्डेड) लगाएको छ । उडिरहेको विमानको ककपिटमा नियमनकारी निकायको अनुमति नलिई भिडियो अन्तर्वार्ता दिएको अभियोगमा निगमले पाइलट लामालाई उडानमा रोक लगाएको हो । वायुसेवा तथा उड्डयनकर्मीहरूको नियमनकारी निकाय नागरिक उड्डयन प्राधिकरणअन्तर्गत सिनामंगलमा रहेको फ्लाइट सेफ्टी स्ट्यान्डर्ड विभागको निर्देशनअनुसार निगमको अपरेसन विभागले पाइलट लामालाई आइतबारदेखि ग्राउण्डेड गरेको हो । विभागले लामालाई ग्राउन्डेड गरेको जानकारी बबरमहलमा रहेको प्राधिकरण र सिनामंगलमा रहेको विभागलाई पनि गराएको प्राधिकरणका सहायक प्

    • प्रकाशित मितिः कार्तिक २३, २०७९
    • 78 पटक पढिएको
  • परिचय खुल्ने आधिकारिक कागजातबाट मतदान गर्न पाइने

    काठमाडौं / निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि मतदाताले आफ्नो परिचय खुल्ने आधिकारिक कागजातबाट मतदान गर्न पाउने व्यवस्था मिलाएको छ । आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपुर्जा वा सवारीचालक अनुमतिपत्रको सक्कल प्रमाणका आधारमा भोट हाल्न पाउने छन् । निर्वाचनको सन्दर्भमा आयोगबाट मतदातालाई परिचयपत्र वितरण भएको भए तापनि कतिपय मतदाताको परिचयपत्र हराएको र नासिएको अवस्था भएमा उल्लेखित परिचयपत्रको आधारमा मतदान गर्न

    • प्रकाशित मितिः कार्तिक २३, २०७९
    • 67 पटक पढिएको
  • भूकम्पमा परि मृत्यु हुने प्रति प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जली व्यक्त 

    झापा / प्रधानमन्त्री शेरबहादुर देउवाले गएराति गएको भूकम्पबाट प्रभावित भएकाहरूलाई तत्काल राहत वितरण, घाइतेको उपचार र उद्धारमा खटिन निर्देशन दिएका हुन् । उनले सामाजिक सञ्जालमार्फत भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्धारमा खटिन र घाइतेको तत्काल उचित उपचारको प्रबन्ध गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् ।साथै, प्रधानमन्त्री देउवाले भूकम्पमा परी मृत्यु हुनेप्रति श्रद्धाञ्जली व्यक्त गर्नुका साथै परिवारमा समवेदना प्रकट गरेका छन् । गएराति खप्तड क्षेत्र केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी डोटीको पूर्वचौकी -३ मा ६ जनाको मृत्यु भएको छ ।

    • प्रकाशित मितिः कार्तिक २३, २०७९
    • 65 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.