समाचार

    Showing 20,661-20,670 of 25,992 items.
  • दोलखाका १० वटा मतदान केन्द्रमा पुनः निर्वाचन हुने

    झापा / दोलखाका १० वटा मतदान केन्द्रमा पुनः निर्वाचन हुने भएको छ । जिल्ला निर्वाचन व्यवस्थापन समितिको आज बिहान बसेको बैठकले १५ गते निर्वाचन गराउने निर्णय गरेको हो ।  मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार यही मंसिर १५ गते निर्वाचन हुने भएको हो । निर्वाचन आयोगले दोलखाका १० वटा केन्द्रमा धाँदली भएको निष्कर्ष निकालेपछि ती केन्द्रहरूमा पुनः मतदान गराउन लागिएको हो ।

    • प्रकाशित मितिः मंसिर १२, २०७९
    • 56 पटक पढिएको
  • ५० वर्ष माथिकै वर्चश्व

    काठमाडौँ / प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचनतर्फ युवा समूहबाट नगण्य मात्र प्रतिनिधित्व भएको छ । १६५ निर्वाचन क्षेत्रको नतिजा आउने क्रम अन्तिम चरणमा पुग्दा ४० भन्दा कम उमेर समूहका निर्वाचित सदस्यहरू आठ जना मात्र रहेका छन् । ३० भन्दा कम उमेर समूहका दुई जनामा छन् । अहिलेसम्म प्रत्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम कम उमेरकी निर्वाचित सदस्य छिन् । उमेर समूहमा सबैभन्दा बढी ५० देखि ६० वर्षका ५९ जना निर्वाचित भइसकेका छन् । ५० भन्दा तल उमेर समूहका ३८ जनाको प्रतिनिधित्व प्रत्यक्षतर्फबाट हुने देखिएको छ । आइतबार साँझसम्म सार्वजनिक भएको १५६ क्षेत्रको परिणामअनुसार ३० वर्षभन्दा कम उमेर सम

    • प्रकाशित मितिः मंसिर १२, २०७९
    • 58 पटक पढिएको
  • श्रोत नखुलेको १३ लाख सहित विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ

    काठमाडौं / प्रहरीले श्रोत नखुलेको नगद १३ लाख रुपैयाँ सहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भएका अकबाल अली रहेका छन् । उनलाई काठमाडौं महानगरपालिका- ९ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फबाट श्रोत नखुलेको तथा भन्सार उद्‍घोष नगरेको नगद १३ लाख ८९ हजार रुपैयाँ सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो । बुद्ध एयरको उडानद्वारा विराटनगर आउन लागेको अवस्थामा विमानस्थलमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा १ हजार दरको ४ सय ८४ थान र ५ सय दरको १ हजार ८ सय १० थान समेत गरी जम्मा १३ लाख ८९ हजार रुपैयाँ नगद सहित फेला पारी उनलाई  पक्राउ गरेको हो । यस सम्बन्धमा प्

    • प्रकाशित मितिः मंसिर ११, २०७९
    • 66 पटक पढिएको
  • कांग्रेसका सुनील शर्मा र एमालेका भानुभक्त ढकालसँग भिडेकी रेखाले कति मत ल्याइन

    झापा / राप्रपाबाट प्रतिनिधि सभामा उम्मेदवार दिएकी रेखा थापा तेस्रो भएकी छन् ।  मोरङको निर्वाचन क्षेत्र नम्बर ३ बाट नायिका थापाले १० हजार ९९८ मत ल्याएर तेस्रो भएकी हुन् । उक्त क्षेत्रमा नेपाली कांग्रेसका सुनील शर्मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । शर्माको भन्दा थापाले ३७ हजार ६३३ मतान्तर रहेको थियो ।  शर्मा  विराटनगरको नोबेल शिक्षण अस्पताल र काठमाडौं शिक्षण अस्पतालका सञ्चालक हुन् । निर्वाचन आयोगको तथ्याङ्कका अनुसार शर्माले ४८ हजार ६३१ मत प्राप्त गरेका छन् । शर्माका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले) का भानुभक्त ढकालले २५ हजार ८९५ मत प्राप्त गरेका थिए ।  

    • प्रकाशित मितिः मंसिर ११, २०७९
    • 98 पटक पढिएको
  • मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा तेह्रथुममा एक जनाको मृत्यु

    झापा / मोटरसाइकल दुर्घटनामा परि तेह्रथुममा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा फेदाप गाउँपालिका वडानम्बर- २ ओयाक्जुङ असुवा बस्ने ४२ वर्षीय चन्द्रबहादुर लिम्बू रहेका छन् । शनिबार साँझ २१ प ४२२८ नम्बरको मोटरसाइकलमा सवार उनी म्याङलुङबाट घर फर्कने क्रममा म्याङलुङ स्थित दशगते पार्कमा मोटरसाइकल अनियन्त्रित भई सडकको पिलरमा ठोकिदा उनको मृत्यु भएको तेह्रथुमका प्रहरी निरीक्षक छे फिङजो भोटेले जानकारी दिए । घाइते भएका उनलाई उपचारका लागि धरान लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः मंसिर ११, २०७९
    • 74 पटक पढिएको
  • साइबर क्राइम मुद्दामा रेडियो नेपालका पत्रकार पक्राउ

    उदयपुर /  रेडियो नेपालका उदयपुर संवाददाता गजेन्द्र राई साइबर क्राइम मुद्दामा पक्राउ परेका छन । एक महिलाको व्यक्तिगत सम्बन्धको बारेमा सामाग्री बनाई युट्युबमा लगायत सामाजिक सञ्जालमा हालेको अभियोगमा राईलाई उदयपुर प्रहरीले शनिबार साँझ पक्राउ गरेको हो ।पीडित महिलाको उजुरी तथा काठमाण्डु जिल्ला अदालतबाट जारी पक्राउ पुर्जीको आधारमा राईलाई पक्राउ गरिएको उदयपुरका प्रहरी उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयलले जानकारी दिए ।एसपी फुयलका अनुसार राईले गत साउनमा आफ्नो युट्युब च्यानलबाट एक महिलाको चरित्र हत्या र सामाजिक नैतिकता विरुद्धको कार्य गरेको भनी दिएको उजुरीको आधारमा पक्राउ गरि साइबर व्यूरो काठमाण्डौ पठ

    • प्रकाशित मितिः मंसिर ११, २०७९
    • 87 पटक पढिएको
  • बुद्धशान्तिका मदन प्रसाईँले गरे श्रीमतीको सम्झनामा 'बर्खा स्मृति प्रतिष्ठान' नामक संस्थाको स्थापना

    बुधबारे / झापाको बुद्धशान्ति गाउपालिका- ३ बुधबारेमा 'बर्खा स्मृति प्रतिष्ठान' नामक संस्थाको उद्घाटन गरिएको छ । मानव सेवासँग आवद्ध रहेर आपत् विपत्‌मा परेका बालबालिका तथा महिलाहरूको सहयोग गर्ने साथै शिक्षा, स्वास्थ्य लगायतका सामाजिक क्षेत्रमा कार्य गर्ने उद्देश्यले स्थापना गरिएको प्रतिष्ठानको आज उद्घाटन गरिएको  हो ।बुधबारेका समाजसेवी मदन कुमार प्रसाईँले आफ्नी श्रीमतीको सम्झनामा उक्त स्मृति प्रतिष्ठानको स्थापना गरेका हुन् ।  माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइरालाको प्रमुख आतिथ्यमामा शनिबार रामजानकी मन्दिरको सभाहलमा एक कार्यक्रमका बिच उक्त प्रतिष्ठानको उद्घाटन गरिएको हो । प्

    • प्रकाशित मितिः मंसिर १०, २०७९
    • 123 पटक पढिएको
  • बुद्धशान्तिका मदन प्रसाईँले गरे श्रीमतीको सम्झनामा 'बर्खा स्मृति प्रतिष्ठान' नामक संस्थाको स्थापना

    बुधबारे / झापाको बुद्धशान्ति गाउपालिका- ३ बुधबारेमा 'बर्खा स्मृति प्रतिष्ठान' नामक संस्थाको उद्घाटन गरिएको छ । मानव सेवासँग आवद्ध रहेर आपत् विपत्‌मा परेका बालबालिका तथा महिलाहरूको सहयोग गर्ने साथै शिक्षा, स्वास्थ्य लगायतका सामाजिक क्षेत्रमा कार्य गर्ने उद्देश्यले स्थापना गरिएको प्रतिष्ठानको आज उद्घाटन गरिएको  हो ।बुधबारेका समाजसेवी मदन कुमार प्रसाईँले आफ्नी श्रीमतीको सम्झनामा उक्त स्मृति प्रतिष्ठानको स्थापना गरेका हुन् ।  माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइरालाको प्रमुख आतिथ्यमामा शनिबार रामजानकी मन्दिरको सभाहलमा एक कार्यक्रमका बिच उक्त प्रतिष्ठानको उद्घाटन

    • प्रकाशित मितिः मंसिर १०, २०७९
    • 45 पटक पढिएको
  • अहिले सम्म समानुपातिकतर्फ कुन दलले कति मत पाए ?

    काठमाडौँ / आम चुनावको मतगणना जारी छ । कतिपय स्थानमा मतदान नै स्थगित भएका कारण गणना हुन सकेको छैन । हालसम्म मतगणना भएका क्षेत्रमध्ये नेकपा एमालेले ११ लाख ९९ हजार ५७३ मत ल्याएको छ । नेपाली कांग्रेसले ११ लाख ३८ हजार ८२२ मत ल्याएको छ । त्यस्तै नेकपा माओवादी केन्द्रले ५ लाख १८ हजार हजार ४५० मत पाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले ५ लाख ५८ हजार ६१४ मत पाएको छ । राप्रपाले २ लाख ९४ हजार १९१ मत पाएको छ । एकीकृत समाजवादीले ९० हजार ८६७ मत ल्याएको छ । जनता समाजवादी पार्टीले १ लाख ४५ हजार ८८ मत पाएको छ भने लोसपाले ५८ हजार ६१८ मत ल्याएको छ । 

    • प्रकाशित मितिः मंसिर ९, २०७९
    • 131 पटक पढिएको
  • मोरङ - ४ बाट माओवादीका अमनलाल निर्वाचित

    झापा / मोरङ  क्षेत्र नं- ४ बाट प्रतिनिधिसभामा नेकपा (माओवादी) का अमनलाल मोदी ३० हजार छ सय १२ मत प्राप्त गरी निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का विनोद ढकाललाई २४ हजार चार सय ६३ मतमा रोकेर मोदी विजयी बनेका हुन् ।त्यसैगरी निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार मोरङ ४ ९२० बाट नेपाली कांग्रेसका भीम पराजुली ११ हजार चार सय ७९ मत प्राप्त गरी विजयी भएका छन् ।उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का जीवन घिमिरे नौ हजार छ सय ९१ मत प्राप्त गरेको निर्वाचन अधिकृत मणिराम पोखरेलले जानकारी दिए ।

    • प्रकाशित मितिः मंसिर ९, २०७९
    • 78 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.