समाचार

    Showing 20,411-20,420 of 25,992 items.
  • हल्दिबारीको जंगलमा खनाल मृत भेटिए

    झापा ।  मेची कृषि सहकारी संस्था मेचीनगर ईटाभट्टाका बजार प्रतिनिधि सहकारिको बचत सन्कलन गर्दै आएका मेचीनगर वडा नं. १० का ४८ वर्षीय भेषराज खनाल हल्दिबारीको जंगलमा मृत अबस्थामा फेला परेका छन।उनी माघ २५ गतेदेखि सम्पर्कविहीन भएको भनी परिवारले प्रहरी कार्यालय धुलाबारीमा खोजीका लागि निवेदन दिएको डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए।जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी  डिएसपी रिजालका अनुसार खनाल बुधबार अपराह्न ३ बजेतिर हल्दिबारी गाउँपालिका वडा नं. ५ स्थित शान्ति सामुदायिक बनमा मृत अवस्थामा भेटिएका छन।

    • प्रकाशित मितिः फागुन ३, २०७९
    • 459 पटक पढिएको
  • विवाह गर्न वडाको सिफारिस अनिवार्य

    झापा : सल्यानको कपुरकोट गाउँपालिकाले विवाह गर्न वडाको सिफारिस अनिवार्य गरेको छ।गाउँपालिकाभित्र बढ्दै गएको बालविवाह न्यूनीकरण गर्न भन्दै पालिकाका ६ वटै वडा कार्यालयमार्फत विवाहपूर्व अनिवार्य सिफारिसको व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ।गाउँपालिकाले बालविवाह नियन्त्रण गर्न अनेकौं प्रयास गरे पनि न्यूनीकरण सम्भव नभएपछि विवाह गर्नुपूर्व वडाबाट सिफारिस लिनुपर्ने व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष दुर्गाबहादुर पुनले बताए। यो व्यवस्था गाउँसभाबाट पारित भइसकेको उनको भनाइ छ।उनले जुनसुकै उमेर समूहका पालिकावासीले विवाह गर्दा अनिवार्य वडा कार्यालयमा जन्मदर्ता पेश गर्नुपर्ने र स्वीकृति लिनुपर्ने बताए

    • प्रकाशित मितिः फागुन ३, २०७९
    • 301 पटक पढिएको
  • झापाबाट भन्सार छलीको समान बरामद

    झापा : झापाका बिभिन्न स्थानबाट भन्सार छलीको समान प्रहरीले बरामद गरेको छ । गौरीगंञ्ज र दमकबाट ६० हजार ५ सय बराबरको सामान बरामद गरेको हो ।  मंगलबार राति अन्दाजी साढे ११ बजेतिर ईलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको प्रहरी टोलीले गौरीगंज गाउँपालिका वडा नं. ६ बारासुतीमा भारतबाट नेपाल तर्फ अवैध रुपमा भन्सार छली ल्याउँदै गरेको ५० पिस कुचो, तेजपत्ता ३ बोरा र बुधबार आज साढे ५ बजेकोे समयमा गौरीगञ्ज गाउँपालिका वडा नं ५ रतुवा खोला नजिक भारतवाट अवैध रुपमा भन्सार छलेर  ल्याउदै गरेको २ बोरा मैदा अन्दाजी ७ हजार ५०० मुल्य बराबरका सामानहरु बरामद गरेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरिक्ष

    • प्रकाशित मितिः फागुन ३, २०७९
    • 175 पटक पढिएको
  • छाडा गाई वस्तुहरु नदीमा बगाएपछि नगरपालिकाको बिरोध

    झापा - परशुराम नगरपालिकाले छाडा गाई वस्तुहरु महाकाली नदीमा बगाएपछि सर्वत्र विरोध भइरहेको छ। नगरपालिका क्षेत्रभित्र रहेका सयौं गाई वस्तुहरु परशुराम धार्मिक क्षेत्रको रंगुन र महाकाली संगममा लगेर बगाएपछि स्थानीय आक्रोशित समेत भएको स्थानीय केशव बोहराले बताउनुभएकाे हाे । परशुराम नगरपालिकाले गौरक्षाका लागि आवश्यक व्यवस्थापन गर्नुपर्नेमा पवित्र तीर्थस्थल तथा सीमा नदीमा लगेर बगाउँदा जनप्रतिनिधिको आलोचना मात्र भएको छैन ।यस्ता अपराधिक कु-कुत्यको जिम्मा पनि स्थानीय तहले लिनुपर्ने स्थानीय भुपेन्द्र धामीले बताउनुभयाे।परशुराम नगरपालिकाका जनप्रतिनिधिहरूले भने आफूहरुलाई गाई वस्तुहरु महाकालीमा बगाएको जानकारी न

    • प्रकाशित मितिः फागुन ३, २०७९
    • 90 पटक पढिएको
  • जिल्ला अस्पतालमा विशेषज्ञ डाक्टरसहितको सेवा

    झापा- उदयपुरको जिल्ला अस्पतालमा विशेषज्ञ डाक्टरसहितको सेवा प्रदान गर्न थालिएको छ । १२ जना विशेषज्ञ डाक्टर सहितको टोलीले गम्भीर किसिमका बाहेक अन्य सम्पूर्ण रोगको उपचार गर्न थालेका हुन् । डाक्टरहरू थपिएपछि अस्पतालमा थन्किएका उपकरणलाई पनि सञ्चालनमा ल्याईएको छ । अस्पतालमा १ सय ५८ बढी हाडजोर्नीको ठूला अप्रेसन र ३ सय ५६ भन्दा बढि सानाखाले अप्रेसन सेवा प्रदान गर्ने गरिएको अस्पतालका प्रमुख डा.ज्ञानेन्द्र झाले जानकारी दिनुभयो ।अस्पतालमा चार वटा एनआईसियु वेड समेत रहेका छन् भने बालरोग सम्बन्धी विशेषज्ञ सेवा पनि उपलब्ध छ । ५० बेडको अस्पतालमा ५९ जनाको दरबन्दी रहे पनि अहिले १८ जना डाक्टरहरुले सेवा दिईरहेका

    • प्रकाशित मितिः फागुन ३, २०७९
    • 165 पटक पढिएको
  • तेह्रथुममा मुन्धुममा आधारित पार्क र संग्रहालय निर्माण

    झापा- लालीगुराँस नगरपालिका–३ वसन्तपुरमा लिम्बू जातिको संस्कारमा आधारित अन्तर्राष्ट्रियस्तरको सांस्कृतिक पार्क निर्माण गरिएको छ । विशेषगरी लिम्बू जातिको जन्म, मृत्यु, विवाह, उधौली उभौलीजस्ता मौलिक र जातीय पहिचानसँग सम्बन्धित क्रियाकलाप पार्क परिसरमा गर्न थालिएको छ ।लिम्बू जातिले ढुंगा र माटोलाई विशेष पूजाआजा गर्छन् । ढुंगालाई विशेष देवताका रूपमा पूजा गर्ने लिम्बू जातिको धेरै पुरानो संस्कार हो । उनीहरू प्रकृतिपूजक पनि मानिन्छन् । लिम्बू समुदायको धर्मग्रन्थका रूपमा लिइने मुन्धुममा ढुंगालाई विशेष महत्त्व दिएको छ । यही मुन्धुममा आधारित पार्क र संग्रहालय निर्माण गरिएको नगर प्रमुख अर्जुनबाबु माबोहाङल

    • प्रकाशित मितिः फागुन ३, २०७९
    • 165 पटक पढिएको
  • ३० वर्षपछि सिधुवादेखिओख्रे जोड्ने सडक कालोपत्रे हुँदै

    तेह्रथुम -धनकुटाको सिधुवादेखि शुक्रबारे हुँदै तेह्रथुमको ओख्रे जोड्ने सडक ३० वर्षपछि कालोपत्रे गर्न सुरू गरिएको छ । कोशी राजमार्गसँग जोडिएको १६ किलोमिटर लामो सडक कालोपत्रे भएपछि स्थानीयवासीले ३ दशकदेखि खेप्दै आएको हिलो र धुलोको सास्तीबाट पार पाउने भएका हुन् । कच्ची सडकका कारण गाउँमा उत्पादित दूध, तरकारी तथा फलफूल बजारसम्म पुर्याउन पनि मुश्किल हुँदै आएको थियो ।८२ करोड रुपैयाको लागतमा कालोपत्रेको काम भइरहेकोमा ८० प्रतिशत काम पूरा भएको निर्माण कम्पनीले जनाएको छ । सडक कालोपत्रे हुँदा स्थानीयको आर्थिक, सामाजिक र साँस्कृतिक पक्षमा परिवर्तन आउने छथर गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बुले बताउनुभयो । छिम

    • प्रकाशित मितिः फागुन ३, २०७९
    • 125 पटक पढिएको
  • रेसुङ्गा वन क्षेत्रमा थप पाँच प्रजातिका चरारहरु फेला

    गुल्मी-गुल्मी जिल्लाको रेसुङ्गा वन क्षेत्रमा थप पाँच प्रजातिका चरारहरु फेला परेका छन् । पंक्षी संरक्षण गुल्मीले जिल्लाको रेसुङ्गा क्षेत्रमा चरासम्बन्धी अध्ययन गर्दै आएको छ । जस अनुसार पछिल्लो पटक गरिएको अध्ययनमा कोटेरो मुनियाँ, तिलहरी चरा, चखेवाचखेवी, चञ्चले सुड्सुडिया, टुइँसी सुगा फेला परेको नेपाल पंक्षी संरक्षण संघ गुल्मीका परियोजना अधिकृत भरत पन्थीले बताए ।नेपालमा पाइने ८८६ प्रजातिका चरामध्ये रेसुङ्गा क्षेत्रमा ३५ प्रतिशत पाइन्छन् । रेसुङ्गामा २५८ प्रजातिका चरा पाइने पंक्षी संरक्षण संघले जनाएको छ । यसअघि २५३ प्रजातिका चराहरु फेला परेका थिए । रेसुङ्गा क्षेत्रमा विश्वकै दुर्लभ चराहरु चीर, रणम

    • प्रकाशित मितिः फागुन ३, २०७९
    • 112 पटक पढिएको
  • बिहार अररियाको मीरगञ्ज पुल नेपालीका लागि खुला

    झापा - भारतीय भन्सार विभागले बिहार अररियाको मीरगञ्ज पुल नेपालीका लागि पूर्ण रूपमा खुला गरेको छ । विभागले चार लेन सडकसहित मीरगञ्जको परमान नदीमाथि पक्की पुल बनेपछि पुलबाट आवतजावत गर्न सकिने अनुमति दिएको हो ।पुल सञ्चालन गर्न मोरङ व्यापार संघले दबाब दिँदै आएको थियो । यो पुल दुई महिना अघि नै सञ्चालनमा आएको थियो । तर, नेपालतर्फ भित्रने मालबाहक गाडी भण्टाबारी नाकाबाटै आउने गरेका थिए । भारतीय भन्सार विभागले अब मालबाहक गाडीलाई आवतजावतको अनुमति दिएको हो । यो अनुमतिपछि भारतलगायत तेस्रो देशबाट नेपाल आउने कच्चा पदार्थलगायतको सामग्री बोकेका मालबाहक गाडी १ सय १६ किलोमिटर दुरी पार गर्दै सुनसरीको भण्

    • प्रकाशित मितिः फागुन ३, २०७९
    • 147 पटक पढिएको
  • अब सहकारीमा एक व्यक्तिले २५ लाख भन्दा बढी रकम जम्मा गर्न नपाइने

    अब सहकारीमा एक व्यक्तिले २५ लाख भन्दा बढी रकम जम्मा गर्न नपाइने भएको छ ।  सहकारी ऐन २०७४ मा संशोधन गरेर सरकारले व्यक्तिगत बचतको सीमा तोक्न लागेको हो । सहकारी ऐन सहित अन्य विभिन्न ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभामा दर्ता भएको छ । उक्त विधेयकको नाममा 'सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक' रहेको छ ।सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण र व्यावसायिक वातावरण प्रवर्द्धन गर्न केही ऐनलाई संशोधन गर्न वाञ्छनीय भएकोले यो विधेयक ल्याईएको उल्लेख छ&nb

    • प्रकाशित मितिः फागुन ३, २०७९
    • 331 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.