समाचार

    Showing 20,061-20,070 of 25,983 items.
  • चार डीआईजी एआईजीमा बढुवाका लागि सिफारिस

    काठमाडौं : नेपाल प्रहरीका चार प्रहरी नायब महानिरीक्षाक  (डिआइजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि सिफारिस भएका छन्।   बढुवा सिफारिसको सोमबार बसेको बैठकले मीरा चौधरी, सुदीप गिरी, सन्दीप भण्डारी र टेकप्रसाद तामाङलाई बढुवा सिफारिस गरेको छ।

    • प्रकाशित मितिः चैत १३, २०७९
    • 202 पटक पढिएको
  • ब्राउनसुगरसहित एकजना बिर्ताबजारमा पक्राउ

    झापा- प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित एकजना बिर्ताबजारमा पक्राउ परेका छन् ।पक्राउ पर्नेमा ईलाम चुलाचुली गाउँपालिका वडा नं.४ बस्ने २७ वर्षिय सुरेश लिम्बू रहेका छन् । आइतवार साँझ ७.१५ बजे बिर्तामोड नगरपालिका वडा नं.३ पुण्डरी चौकमा प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले लिम्बूलाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट१६ ग्राम ८०० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।उनलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय बिर्तामोडमा राखी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    • प्रकाशित मितिः चैत १३, २०७९
    • 205 पटक पढिएको
  • बिर्तामोडको जग्गा कित्ताकाट खुल्याे

    झापा- बिर्तामोड नगरपालिकाको जग्गा कित्ताकाट खुलेको छ । वडा नम्बर १ देखि ५ सम्मका जग्गाको कित्ताकाट आज आइतबारबाट खुलेको हो ।नगरपालिकाले जग्गा वर्गीकरणका सम्पुर्ण प्रक्रिया पुरा गरेर५ वटा वडाको कित्ताकाट खुलाउन भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुरलाई फागुन २१ गते पत्राचार गरेको थियो । कित्ताकाटसंगै उक्त वडाहरुको जग्गाको विवरण अद्यावधिक गर्ने कार्यसमेत आजदेखि सुचारु भएको बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपानेले जानकारी दिनु भयो ।उहा“ले वडा नम्बर ७, ८ र ९को जग्गा वर्गीकरणको काम अन्तिम चरणमा पुगेको र वडा नम्बर ६ र १० को भने पुन सूचना प्रकाशन गरेर अन्तिम रुप दिने तयारी र

    • प्रकाशित मितिः चैत १२, २०७९
    • 446 पटक पढिएको
  • वीरता जेसीजले पायाे उत्कृष्ट शाखा अवार्ड

    झापा- बीरता जेसीजले फेव्रअरी २०२३ को क्षेत्र ‘ए’ अन्तरगतको उत्कृष्ट शाखा अवार्ड प्राप्त गर्न सफल भएको छ । काठमाडौँमा सम्पन्न भएको नेशनल काउंसलर एकाडेमीको समापन समारोहको अवसर पारेर वीरता जेसीजलाई क्षेत्र ‘ए’ को उत्कृष्ट शाखा अवार्डद्धारा सम्मान गरिएको हो ।उक्त अवार्ड नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर विकास मानन्धर, ट्रेनर पायलट तथा नेपाल,जेसीजको पुर्व अध्यक्ष सिनेटर महेश दहाल ट्रेनर को– पायलट सिनेटर मिलन गुरुङ , निरूपित राष्ट्रीय कार्यकारिणी उपाध्यक्ष रश्मी बस्नेत, निरुपित राष्ट्रीय उपाध्यक्ष अनुप सुनुवारले सयुक्त रुपमा शाखाका अध्यक्ष घनश्याम चौधरीलाई अवार्ड प्रदान गरेका थिए ।पदभ

    • प्रकाशित मितिः चैत १२, २०७९
    • 163 पटक पढिएको
  • करेण्ट लागेर दुईजनाको मृत्यु भएपछि उचित क्षतिपूर्ति माग गर्ने स्थानीयविरुद्ध उल्टै मुद्दा

    चौतारा : जलविद्युत् आयोजनाको लापरबाहीबाट करेण्ट लागेर दुईजनाको मृत्यु भएपछि उचित क्षतिपूर्ति माग गर्ने स्थानीयविरुद्ध आयोजनाले उल्टै मुद्दा दर्ता गराएको छ।सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ स्थित गुम्बा निवासी १४ वर्षीया नोर्जी वाङमु लामाको आफ्नै बारीमा आलु रोप्न लागेका वेला विद्युत्‌को पोलबाट करेन्ट सर्ट हुँदा गत फागुन १५ मा  घटनास्थलमै मृत्यु भएको थियो।​विद्युत् सर्ट हुँदा स्थानीय राजमान लामा र सोमरानी तामाङ गम्भीर घाइते भएका थिए। जुगल गाउँपालिकाको नेसम खोलामा निर्माणाधीन नेसम खोला जलविद्युत् आयोजना र जलविद्युत् आयोजना निर्माण गरिरहेको सीता हाइड्रोपावरले मृतकका परिवारलाई क्षतिपूर्ति

    • प्रकाशित मितिः चैत १२, २०७९
    • 192 पटक पढिएको
  • गृहले गर्‍यो सहसचिव र सीडीओको सरुवा

    काठमाडौं । गृह मन्त्रालयले १३ सहसचिवसहित ३५ जना प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । जसअनुसार केही समयअघि मात्रै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट गृहमा सरुवा भएर आएका सहसचिव महादेव पन्थलाई मन्त्रालयमा आन्तरिक व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट गृहमा सरुवा भएर केहि समयदेखि जगेडा बस्दै आएका सहसचिव रुद्रसिंह तामाङको राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाइएको छ ।

    • प्रकाशित मितिः चैत १०, २०७९
    • 163 पटक पढिएको
  • नेपाल प्रहरिको ३० औ महानिरिक्षकमा वसन्त कुँवर

    काठमाडौ । वसन्त कुँवर नेपाल प्रहरीकाे ३० औँ प्रहरी महानिरीक्षक (आइजिपी) बनेका छन्।शुक्रबार बसेकाे मन्त्रीपरिषद्काे बैठकले कुँवरलाई आइजिपीमा नियुक्त गर्ने निर्णय गरेकाे हाे। उनी साेमबार मात्रै प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा भएका थिए।कुँवरले आफ्ना चार प्रतिस्पर्धीलाई पछि पार्दै आइजिपी बन्न सफल भए। आइजिपीकाे लागि उनीसँगै एआइजी टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य प्रतिस्पर्धामा थिए।प्रहरी नियमावली २०७१ को दफा ४१ मा ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्न सक्ने, नेतृत्व दिनसक्ने र आफू मुनिकालाई प्रोत्साहन गर्न सक्ने व्यक्तिलाई आइजीपी बना

    • प्रकाशित मितिः चैत १०, २०७९
    • 432 पटक पढिएको
  • रानीपोखरी बिहान ६ देखि ८ बजेसम्मका लागि खुला

    झापा- काठमाडौँ महानगरपालिकाले बिहान ६ देखि ८ बजेसम्मका लागि ऐतिहासिक रानीपोखरी सबैका लागि खुला गरेको छ । पुनःनिर्माणपछि रानीपोखरी पहिलोपटक सर्वसाधारणका लागि बिनाशुल्क खुला गरिएको हो । नगर प्रहरीले सरसफाइ गरेपछि एक साताअघिबाट सर्वसाधारणका लागि उक्त ऐतिहासिक पोखरी खुला गरिएको हो । कामपाका प्रवक्ता नवीन मानन्धरका अनुसार अहिले बिहान ६ देखि ८ बजेसम्मका लागि पोखरी खुला गरिएको छ । कुनै अवरोध नआए तीन सय ६५ दिन नै पोखरी सबैका लागि खुला राख्ने तयारी महानगरपालिकाको छ ।उहाँले भन्नुभयो, “पोखरीमा सर्वसाधारणको आवतजावत बढेपछि पोखरीलाई छिटो सरसफाइ गरी सौन्र्दय कायम राखिने छ, यो काठमाडौँको सान हो ।” विसं २०७२ क

    • प्रकाशित मितिः चैत १०, २०७९
    • 166 पटक पढिएको
  • नेपालमा तीन लाखभन्दा धेरै परिवारमा छैन चर्पी

    काठमाण्डौ - नेपालमा तीन लाखभन्दा धेरै परिवारमा चर्पी नभएको पाइएको छ । देशका कुल ६६ लाख ६० हजार ८ सय ४१ परिवारमध्ये तीन लाख १ हजार ४ सय ९० परिवार अर्थात् ४ दशमलव ५ प्रतिशतमा अझै शौचालय सुविधाको पहुँच नपुगेको तथ्याङ्क छ ।आज सार्वजनिक भएको तथ्याङ्क कार्यालयको विवरण अनुसार ९५ दशमलव ५ प्रतिशत परिवारले कुनै न कुनै प्रकारको शौचालयको प्रयोग गर्ने गरेका छन् । अहिले ९ दशमलव ८ प्रतिशत परिवारहरुले सार्वजनिक ढलमा जोडिएको फ्लस भएको, ५५ दशमलव १ प्रतिशत परिवारले सेप्टिक ट्याङ्कमा जोडिएको फ्लस भएको, ३० दशमलव १ प्रतिशतले साधारण शौचालय र शून्य दशमलव ५ प्रतिशतले सार्वजनिक शौचालय प्रयोग गर्ने गरेका छन् । 

    • प्रकाशित मितिः चैत १०, २०७९
    • 139 पटक पढिएको
  • बाघको आक्रमणबाट महिलाको मृत्यु

    झापा- भारतीय जंगलमा बाघको आक्रमणबाट कञ्चनपुरको पुनर्वासकी एक महिलाको मृत्यु भएको छ। नेपाल–भारत सीमामा रहेको भारतको दुधुवा नेशनल पार्कमा बाघको आक्रमणबाट ३२ वर्षीया कलसा सार्कीकोे मृत्यु भएको हो। शुक्रबार बिहान दुधुवा नेशनल पार्कमा घाँस काट्न गएकी सार्कीमाथि बाघले आक्रमण गरेको थियो। उनीसँगै गएका अन्य भाग्न सफल भएको प्रहरीले जनाएको छ। 

    • प्रकाशित मितिः चैत १०, २०७९
    • 124 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.