समाचार

    Showing 19,591-19,600 of 25,966 items.
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौं। हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदुर पश्चिम, कर्णाली, लुम्बिनी प्रदेश लागायत देशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहेको छ।दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेश सहित लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रही देशका अन्य भू-भागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।राति भने सुदूरपश्चिम

    • प्रकाशित मितिः जेठ १५, २०८०
    • 266 पटक पढिएको
  • सोमबार सार्वजनिक विदा, शेयर बजार बीमा र बैंकिङ सेवा बन्द

    काठमाडौं  ।    भोली सार्वजनिक विदा हुने भएको छ । भोलि जेठ १५ गते सोमबार गणतन्त्र दिवसको अवसरमा सार्वजनिक विदा दिने सरकारले निर्णय गरेको हो । हरेक वर्ष सरकारले गणतन्त्र दिवसको दिन सार्वजनिक विदा दिँदै आएको छ । भोलि बैंक, वित्तीय संस्था, बीमा कम्पनीहरु र शेयर बजार बन्द हुनेछ ।

    • प्रकाशित मितिः जेठ १४, २०८०
    • 203 पटक पढिएको
  • फेवातालमा डुबेर गुरुङको मृत्यु

    कास्की । माछा मार्ने क्रममा पोखराको फेवातालमा डुवेर शनिबार एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही जिल्लाको अन्नपूर्ण गाउँपालिका १० घान्द्रुक घर भई हाल पोखरा महानगरपालिका–१४ चाउथे बस्ने ६३ वर्षे मिन गुरुङ रहेका छन्।शनिबार दिउँसो करिव ४ बजे तालको पामे खपौदी क्षेत्रबाट बेपत्ता भएका गुरुङको शव वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी निरीक्षकको कमाण्डमा रेस्क्यु टोली तथा शसस्त्र प्रहरी बलको टोलीले खोजतलास गर्दा साँझ ७ बजेतिर तालबाट फेला परेको हो।उक्त शव अहिले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा रहेको र घटनाबारे थप अनुसन्धान भईरहेको कास्की प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः जेठ १४, २०८०
    • 295 पटक पढिएको
  • होटलमा बेहोस फेला परेका चन्दको निधन

    काठमाडौँ । होटलमा बेहोस भएका बैतडीका एक जनाको मृत्यु भएको छ।मेलौली नगरपालिका-७ को एक होटेलमा शनिबार बेहोस भएका पञ्चेश्वर गाउँपालिका–२ का ५७ वर्षीय रनि चन्दको मृत्यु भएको हो।जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार भारतबाट आएका चन्द जेठ ११ गतेदेखि रिसब होटेलमा बस्दै आएका थिए। शनिबार बिहान होटेलका कर्मचारीले खाना खानका लागि बोलाउन जाँदा उनलाई बेहोस अवस्थामा फेला परेका थिए।उनको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचारका क्रममा मृत्यु भएको हो। उनको मृत्युको कारण भने खुल्न सकेको छैन। उनको पोष्टमाटमपछि शव परिवारले बुझेको छ । घटनाबारे प्रहरीले छानबिन गर्दैछ।

    • प्रकाशित मितिः जेठ १४, २०८०
    • 155 पटक पढिएको
  • बाबुले हसियाँ हानेर छोराको नाक काटिदिए

    काठमाडौँ । गुल्मीमा बाबुले छोराको नाक हसियाँले काटिदिएका छ्न्। जिल्लाको इस्मा गाउँपालिका–३ तोरिपाटाका ५६ वर्षीय दिलबहादुर नेपालीले आफ्ना ३२ वर्षीय छोरा बाबुराम नेपालीको नाक हसिँयाले काटीदिएका हुन्।गए राति करिब १ बजेको समयमा घरयासी विवादका क्रममा बाबुले हसियाँले छोराको नाक काटिदिएका हुन्। नाकमा गहिरो चोट लागेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नविनकिशोर प्रधानले जानकारी दिए।नाक काट्ने बाबुलाई प्रहरीले घटनस्थलबाटै नियन्त्रणमा लिएको छ। घाइते छोरालाई गुल्मी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः जेठ १४, २०८०
    • 509 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौं     ।   आज बिहान देशभर पश्चिमी  निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।हाल कोशी र मधेश प्रदेशमा सामान्य देखि पूर्ण बदली रही देशका बाँकी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ। कोशी र वाग्मती प्रदेशका केही भूभागमा हल्का वर्षा भइरहेको महाशाखाको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।आज दिउँसो कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली  रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जन र चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भ

    • प्रकाशित मितिः जेठ १४, २०८०
    • 124 पटक पढिएको
  • बसबाट यात्रुले हात र टाउको निकाल्दा ज्यान गयो

    काठमाण्डौ   ।   बसको झ्यालबाट हात र टाउको निकाल्दा मकवानपुरमा एकजना यात्रुले ज्यान गुमाएका छन्। मकवानपुरको मनहरी गाउँपालिका ९ रजैयामा भएको दुर्घटनामा एक यात्रुको मृत्यु भएको हो।बसमा सवार यात्रुको दायाँ हात चुडिँनुको साथै टाउकोमा चोट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। पूर्व–पश्चिम राजमार्ग स्थित रजैयामा शनिबार दिउँसो हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ग १ क २२९७ नम्बरको मिनी ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बा ३ ख ८३९४ नम्बरको बसमा रहेका नामथर ठेगाना नखुलेका यात्रुलाई ठक्कर दिएको हो।ट्रकको ठक्करबाट यात्रुको दायाँ हात चुँडिनुको साथै टाउकोमा चोट लागेक

    • प्रकाशित मितिः जेठ १४, २०८०
    • 44 पटक पढिएको
  • भारत उडेको नेपाल एयरलाइन्सको जहाज बाटोबाटै फर्कियो

    काठमाडौं । भारतको बैंग्लुरूका लागि उडेको नेपाल एयरलाइन्सको जहाज बाटोबाटै पुन: काठमाडौं फर्किएको छ । १ बजेर ४५ मिनेटमा बैंगलुरूका लागि उडेको एयरलाइन्सको उडान नम्बर २२५ को न्यारोबडी जहाज केही समयपछि पुन: काठमाडौं नै फर्किएको हो ।जहाजमा चरा ठोक्किएको आशंकापछि जहाजलाई पुन काठमाडौं फर्काइएको हो । ४० नटिकल माइल उडिसकेको जहाज चरा ठोक्किएको आशंकामा काठमाडौं नै फर्काइएको हो ।जहाजमा चारा ठोक्किएको पुष्टि भने हुने सकेको छैन । धावनमार्गमा चरा नभेटिएको र जहाजमा कुनै क्षति नभेटिएको विमानस्थलले जानकारी दिएको छ । थप अनुसन्धान भइरहेको जनाइएको छ ।

    • प्रकाशित मितिः जेठ १३, २०८०
    • 274 पटक पढिएको
  • भारतसँग पेट्रोलियम पाइपलाइन सम्झौता गर्ने मन्त्रिपरिषदको निर्णय

    काठमाडौं । मन्त्रिपरिषदको बैठकले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा पेट्रोलियम पाइपलाइन सम्बन्धी सम्झौता गर्ने निर्णय गरेको छ ।शुक्रबार बसेको मन्त्रीपरिषदको बैठकले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा पेट्रोलियम पाइपलाइन सम्बन्धी सम्झौत गर्ने निर्णय गरेको हो ।उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालका अनुसार इन्धन टर्मिनल ट्यांकी विरगञ्जबाट लोथरभण्डाराको नेपालले बनाउने र उतातिर सिलगुडि चारआलिस भारतले बनाउने निर्णय भएको बताए ।

    • प्रकाशित मितिः जेठ १३, २०८०
    • 168 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौं। हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश, र बागमती प्रदेशमा सामान्य देखि पूर्ण बदली रही देशका बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ। कोशी र बागमती प्रदेशका केही भू-भागमा हल्का वर्षा भइरहेको छ।दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली र देशका अन्य भू-भागमा आंशिक देखि सामान्य बदली रहने छ । देशको पहाडी भू-भागहरूका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको ।देशका तराईका केही स्थानहरूमा हावाहुरीको समेत स

    • प्रकाशित मितिः जेठ १३, २०८०
    • 280 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.