समाचार

    Showing 19,491-19,500 of 23,854 items.
  • जनकपुरधामबाट एक सयभन्दा बढी सुकुम्बासी पक्राउ

    जनकपुरधाम  / जनकपुरधामबाट एक सयभन्दा बढी सुकुम्बासीलाई प्रहरीले पक्राउ गरेको छ ।ग्रामीण भेगबाट आएका प्रदर्शनकारीले बजार बन्द गराउन थालेपछि प्रहरीले विभिन्न स्थानबाट १०३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमध्ये ९४ जना महिला रहेको प्रहरीले जनाएको छ ‌। उनीहरु सबैलाई जिल्ला प्रहरी कार्यालय लगिएको छ । बजार बन्द गर्न नदिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।भूमिहीनको नाममा नक्कली सुकुम्बासीलाई जग्गा वितरण कार्य बन्द गर्नुपर्ने, वास्तविकलाई तत्कालै जग्गा उपलब्ध गराउनुपर्ने, वनको जग्गा अतिक्रमण रोक्नुपर्ने लगायतका माग राखेर चुरे तथा वन संरक्षण अभियानले आज जनकपुरधाम बन्दको घोषणा गरेको थि

    • प्रकाशित मितिः असार ३०, २०७९
    • 87 पटक पढिएको
  • काठमाडौँमा चितुवा आतंक : चितुवाको आक्रमणमा परी पाँच जना घाइते

    काठमाडौँ / काठमाडौंको नागार्जुनमा चितुवाको आक्रमणमा परी पाँच जना घाइते भएका छन् । नागार्जुन नगरपालिका –८ स्थित भीमढुङ्गा दर्शन खोलामा चितुवाको आक्रमणबाट एकै परिवारका चारजना सहित पाँच जना घाइते भएका हुन् ।बुधबार राती करिव १ः०० बजे स्थानीय राम भट्टराईले पालेको कुखुरा लिन आएपछि धपाउने क्रममा चितुवाले आक्रमण गर्दा रामकी आमा सरस्वती भट्टराई, बुवा कुमार भट्टराई, हजुरआमा सानीमाया भट्टराई र छिमेकी सुविन कार्की घाइते भएका हुन् । वडाअध्यक्ष सुरज पोखरेलका अनुसार ७५ वर्षीया सानीमायाको अवस्था गम्भिर रहेको छ भने अन्यको टाउको, मुख लगायत शरीरका विभिन्न भागमा  चोट लागेको छ । घाइतेहरुको मनमो

    • प्रकाशित मितिः असार ३०, २०७९
    • 59 पटक पढिएको
  • भद्रपुरको एक मोबाइल पसलबाट मोबाइल र रकम चोरी घटनामा संलग्न थप एकजना पक्राउ

    बिर्तामोड / झापाको भद्रपुर बजारमा रहेको प्रियङ्का मोबाइल पसलबाट मोबाइल र नगद रकम चोरीको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जना पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा भद्रपुर ५ देवी बस्ती बस्ने रामप्रसाद सहनीको छोरा १९ वर्षीय वरुण सहनी रहेका छन् । घटना पश्चात फरार रहेका सहनीलाई बुधवार बेलुका ८ बजे सिराहा जिल्ला मिर्चैया नगरपालिका १ मल्हनिया स्थित आफन्तको घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए ।चोरी घटनामा संलग्न भद्रपुर–५ देवीबस्तीका १८ वर्षीय मोहम्मद प्यारेलाई प्रहरीले मङ्गलवार दिउँसो घर नजिकैबाट पक्राउ गरेपछि उनकै बयानका आधारमा उनका साथी सहनी पक्र

    • प्रकाशित मितिः असार ३०, २०७९
    • 101 पटक पढिएको
  • छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परि २ जनाको मृत्यु

    बिर्तामोड / सुनसरीको र उदयपुरको दुई छुट्टाछुट्टै स्थानमा बुधवार भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । बुधवार बेलुका साँढे ७ बजेको समयमा सुनसरीको बराहक्षेत्र नगरपालिका- ३ भरौलीमा दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको को १ च ७७९१ नम्बरको सुमोले सोही दिशा तर्फ जाँदै गरेका साइकल यात्री बराहक्षेत्र नगरपालिका- ५ का ६० वर्षीय दुखिलाल धामीलाई ठक्कर दिँदा धामी घाईते भएका थिए । घाइतेलाई उपचारको लागी धरान लैजाने क्रममा बाटोमा नै मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । यसैगरी उदयपुरको कटारीबाट मैयाखु तर्फ जाँदै गरेको प्रदेश २-०१-००१ च ०२४३ नम्ब

    • प्रकाशित मितिः असार ३०, २०७९
    • 71 पटक पढिएको
  • नेपाल प्रहरी : ३६ जना डीएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित)

    झापा / नेपाल प्रहरीका ३६ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक (एसपी)मा बढुवा सिफारिस भएका छन् । बुधबार बसेको बढुवा समितिको बैठकले ३६ जन डिएसपीलाई एसपीमा बढुवाको सिफारिस गरेको हो । बढुवा सिफारिसअनुसार देवेन्द्रबहादुर पाल एक नम्बरमा बढुवा सिफारिस भएका छन् भने दोस्रोमा सीताराम रिजाल, तेस्रोमा भिमकिरण बोगटी, चौँथोमा सुमरकिरण तिम्सिना र पाचौँमा सरोज पौडेल रहेका छन् । त्यस्तै क्रमशः  विष्णुहरि कोइराला, भाग्येन्द्र पुरुष ढकाल, नरहरि रेग्मी, रञ्जितसिंह राठौर, नत्रमणि गिरी, अवधेश विष्ट क्षेत्री, हेरम्ब शर्मा, विनोद शर्मा, मित्रबन्धु शर्मा, रामकुमार केसी, नरेन्द्रकुमार क

    • प्रकाशित मितिः असार २९, २०७९
    • 118 पटक पढिएको
  • पछिल्लो २४ घण्टामा थप २०६ जनामा संक्रमण पुष्टि

    काठमाडौं / पछिल्लो केही दिन यता नेपालमा कोरोना सङ्क्रमितको संख्या तीब्र रूपले बढिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नयाँ सङ्क्रमितको संख्या २०६ पुगेको हो । दुई हजार ८२ पीसीआर परीक्षणमा १७७ जना र एक हजार ९३ जनाको एन्टिजेन परीक्षण गर्दा २९ जना गरी २०६ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको सक्रिय सङ्क्रमितको संख्या १००५ पुगेको छ । पछिल्लो २४ घण्टामा ४५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

    • प्रकाशित मितिः असार २९, २०७९
    • 63 पटक पढिएको
  • विशाल सिमेन्टका सञ्चालक श्रेष्ठ पक्राउ

    काठमाडौँ / विशाल सिमेन्टका सञ्चालक अमित श्रेष्ठ पक्राउ परेका छन् । अवैध रुपमा क्रिप्टोमा लगानी गरेको आरोपमा महानगरी प्रहरी अपराध महाशाखाले बुधबार उनलाई पक्राउ गरेको हो । श्रेष्ठले अवैध रूपमा क्रिप्टोमा लगानी गरेको पाइएपछि नियन्त्रणमा लिएको अपराध महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए । प्रहरीले श्रेष्ठको पानीपोखरी स्थित निवासमा समेत छापा मारेको छ । व्यापारी श्रेष्ठ यसअघि ३३ किलो सुन काण्डमा पनि मुछिएका थिए । उनी लामो समय क्यानडा बसेर केही दिनअघि मात्र नेपाल आएको बताइएको छ ।

    • प्रकाशित मितिः असार २९, २०७९
    • 71 पटक पढिएको
  • ७८ वर्षीया वृद्धा बलात्कृत एक पुरुष पक्राउ

    झापा  / जाजरकोटमा ७८ वर्षीया  वृद्धालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिवालय गाउँपालिका- ३ चोरकम्द बस्ने ६२ वर्षीय पुरुष रहेका छन् ।  गत शनिबार वृद्धालाई ती पुरुषले बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सीमाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।पक्राउ परेका ति पुरुषमाथि जिल्ला अदालत जाजरकोटबाट म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।  

    • प्रकाशित मितिः असार २९, २०७९
    • 145 पटक पढिएको
  • काठमाडौंको भृकुटीमण्डपमा आगलागी

    काठमाडौँ  / भृकुटीमण्डपमा रहेको ह्वील चेयरको गोदाममा आगलागी भएको छ । आगलागी भएको खबर आउने बित्तिकै काठमाडौं महानगरपालिकाको दमकल त्यहाँ पुगेको छ ।ललितपुर महानगरबाट पनि दमकल बोलाइएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए ।उनका अनुसार अहिले दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ । आगलागी किन लागेको भन्ने बारे खुल्न सकेको छैन । क्षतिपुर्ती कति भएको भन्ने अहिले नै यकिन गर्न नसकिने समेत बताए ।

    • प्रकाशित मितिः असार २९, २०७९
    • 68 पटक पढिएको
  • बुधबारे चोकमा सवारी दुर्घटना, दुई जना घाइते

    बिर्तामोड / झापाको बुद्धशान्ति गाउँपालिका वड नम्बर –१ स्थित बुधबारे चोकमा सवारी दुर्घटना भएको छ । चारआलीबाट इलामतर्फ जाँदै गरेको मे१ज ३१८९ नम्बरको बोलेरो र बुधबारेबाट चारआली तर्फ आउँदै गरेको प्र१–१०–०१५ प ३४०३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।दुर्घटनामा परी मोटरसाइकल चालक र उनको पछाडि सवार गम्भिर घाइते भएका छन् । उनीहरूको बिर्तामोड स्थित बी एन्ड सी अस्पतालमा उपचार भइरहको इलाका प्रहरी कार्यालय बुधबारेका प्रहरी प्रमुख अशोक कोइरालाले जानकारी दिए । कोइरालाका अनुसार बुलेरो चालक इलाम नगरपालिका –५ का ३२ वर्षीय सूर्य अधिकारीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको

    • प्रकाशित मितिः असार २९, २०७९
    • 687 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.