समाचार

    Showing 18,751-18,760 of 25,945 items.
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कोशी र मधेस प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा मधेस र लुम्बिनी प्रदेशको एक दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।आज राति भने कोशी, मधेस र बागमती प्रदेशका एक दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

    • प्रकाशित मितिः असोज २४, २०८०
    • 177 पटक पढिएको
  • दुर्गा प्रसाईदेखि एमाले नेता महेस बस्नेत तर्सिए

    काठमाडौं    ।    मेडिकल व्यवसायी तथा ‘नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईले तस्करीमा संलग्न मारवाडी व्यापारीको तस्वीर सोमबार सार्वजनिक गरेका छन।उनले पत्रकार सम्मेलनलाई सम्बोधन गरी बाहिर निस्किने क्रममा एमाले निटक युवा संघ र यूथ फोर्सका कार्यकताले प्रसाईलाई कालोमासो छ्यापेका थिए । युवा संघ नेपाल खोटाङका इन्चार्ज विनोद राईको नेतृत्वमा आएको टोलीले प्रसाईमाथि कालोमासो छ्यापेको थियो । राईसहितको टोलीलाई प्रहरीले अहिले खोजी भइरहेको जनाएको छ ।बस्नेतको उक्त स्ट्याटसमा करिब १ हजार ५ सय कमेन्ट सर्वसाधारणले गरेका छन् । जसमध्ये १४ सयभन्दा बढीले प्रसाईमाथि भएको ज्यादतीको विरोध

    • प्रकाशित मितिः असोज २३, २०८०
    • 539 पटक पढिएको
  • संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियोको नेपाल भ्रमण स्थगित

    काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको नेपाल भ्रमण स्थगित भएको छ। इजरायलमा हमास विद्रोहीले आक्रमण गरेपछि इजरायल र प्यालेस्टाइनबीच सुरु भएको तनावका कारण गुटरेसको नेपाल भ्रमण स्थगित भएको परराष्ट्र मन्त्रालयकी सहसचिव एवं प्रवक्ता सेवा लम्सालले बताइन् ।इजरायल र प्यालेस्टिन चरमपन्थी समूह हमासबीच युद्ध चर्किएपछि गुटेरसले नेपाल भ्रमण स्थगित गरेका हुन् । उनी नेपाल भ्रमणका लागि असोज २६ गते काठमाडौं आइपुग्ने कार्यक्रम थियो । तीनदिने नेपाल भ्रमणका क्रममा उनले लुम्बिनी र पोखरा जाने कार्यक्रम तय गरिएको थियो ।

    • प्रकाशित मितिः असोज २३, २०८०
    • 181 पटक पढिएको
  • लागुऔषध सहित २ जना पक्राउ

    मोरङ   ।    मोरङको बिराटनगर-१५ स्थितबाट प्रहरीले लागुऔषध सहित २ जनालाई पक्राउ गरेको छ । सोमबार बेलुका लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतको जोगवनीबाट नेपाल तर्फ आउदै गरेका पैदल यात्री सुनसरी धरानका ३३ बर्षीय चन्द्र कुमार मोक्तान र १९ बर्षीय मन्जिल सुनुवारलाई संका लागि चेकजाँच गर्दा उनिहरुको साथबाट लुपिजेसिक, फेनारगन, डाईजेपाम, एभिल सहित ४० एम्पुल लागुऔषध बरामद गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।

    • प्रकाशित मितिः असोज २३, २०८०
    • 170 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौँ  ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालको पूर्वी तथा मध्य भागमा बङ्गलादेश र आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशको भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ । साथै, बागमती र  गण्डकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा मौसम मुख्यतया सफा रहने छ।राती भने कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा मौसम मु

    • प्रकाशित मितिः असोज २३, २०८०
    • 171 पटक पढिएको
  • इजरायलमा समस्यामा परेकाले कहाँ सम्पर्क गर्ने ?

    काठमाडौं । सरकारले इजरायलमा विकसित पछिल्लो घटनाक्रममा कारण अलपत्र या समस्यामा परेका नेपालीहरूलाई आवश्यक जानकारी, सहयोग र सहजीकरण गर्नका सम्पर्क व्यक्ति तोकेको छ । परराष्ट्र मन्त्रालयले आइतबार एक सूचनामा मार्फत समस्यामा परेकाहरूलाई मन्त्रालयकी प्रवक्ता सेवा लम्सालको मोबाइल नम्बर ९८५१३१०२२९ मा सम्पर्क गर्न भनेको छ।  यस्तै मन्त्रालयकै सहसचिव शरदराज आरणको मोबाइल नम्बर ९८४४४९५८५८, उपसचिव दुरपदा सापकोटाको मोबाइल नम्बर ९८४१४०३३६२ र र शाखा अधिकृत कृष्ण सिलवालको मोबाइल नम्बर ९८४९१७९५२० मा सम्पर्क गर्न सरोकारवालालाई मन्त्रालयले आग्रह गरेको छ । साथै  तेल अविवस्थित नेपाली राजदूताव

    • प्रकाशित मितिः असोज २२, २०८०
    • 192 पटक पढिएको
  • राजश्व अनुसन्धानले अनुज एन्ड सप्लायर्सको गोदाममा छापा

    भद्रपुर । चाडपर्व नजिकिएसँगै भन्सार छलेर लत्ताकपडालगायत विभिन्न सामाग्री भित्र्याउने क्रम बढेपछि राजश्व अनुसन्धान कार्यालयले व्यापारीको गोदाममा छापा मारेको छ । आइतबार राजश्व अनुसन्धान कार्यालय इटहरीको टोलीले भद्रपुरमा रहेको संजीव घोषको गोदाममा छापा मारेको हो ।भद्रपुर बजारमा सनराइज बैंक भएको बिल्डिङमा रहेको अनुज एन्ड सप्लायर्सको गोदाममा छापा मारेर राजश्व अनुसन्धान कार्यालयले कागजपत्र नियन्त्रणमा लिएको छ । कार्यालयका प्रमुख सुरेश आचार्यको नेतृत्वमा आएको टोलीले आइतबार करिब तीन बजे उक्त गोदाममा छापा मारेको थियो ।  गोदामबाट खरिद बिक्री खाता, काटिएको भ्याट बिल लगायतको कागज पत्र नियन्त्रणमा

    • प्रकाशित मितिः असोज २२, २०८०
    • 517 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडाैं । हाल नेपालको पूर्वी तथा मध्य भागमा बंगलादेश र आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौससम पूर्वानुमान महाशाखाले जनाएको छ ।अहिले कोशी, बागमती र गण्डकी प्रदेशको भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ । साथै बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरुमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र लुम्बिनी प्रदेशको

    • प्रकाशित मितिः असोज २२, २०८०
    • 213 पटक पढिएको
  • आक्रमणमा परी १० नेपालीको मृत्यु, १ जना सम्पर्क विहिन, ४ जना उपचार गराउँदै

    काठमाडौं  ।   हमासले इजरायलमाथि गरेको आक्रमणमा परेका १७ जना नेपाली मध्ये १० जना नेपालीको मृत्यु भएको छ । हमासले गरेको आक्रमणमा परि १० जना नेपालीहरुको मृत्यु भएको र १ जना सम्पर्क विहिन भएको इजरायल स्थित नेपाली दुतावसले जनाएको छ ।आक्रमणबाट घाइते नेपाली मध्ये अस्पतालमा ४ जना उपाचारत रहेका छन् । घटनमा परेका दुई जना भने सुरक्षित छन् । यसअघि आज दिउसो बसेको प्रतिनिधि सभाको बैठकमा परराष्ट्रमन्त्री एनपी साउदले १२ जना नेपाली संपर्कबिहिन भएको बताएको थियो ।इजरायलमा रहेका मध्य सुदुर पश्चिम विश्वविद्यालयबाट गएका ४९ जना मध्ये १७ जना गाजा क्षेत्र नजिकै किबुज अलिमिम भन्ने स्थानमा बस्ने गरेक

    • प्रकाशित मितिः असोज २१, २०८०
    • 128 पटक पढिएको
  • तुइनको डोरी चुडिँदा कर्णाली नदीमा बेपत्ता

    काठमाण्डौ । हुम्लाको मध्यभागमा रहेको सर्केगाड गाउँपालिकाको कर्णाली नदी पार गर्ने क्रममा तुइन तान्ने डोरी चुडिँदा एक जना बेपत्ता भएका छन् ।सर्केगाड–२ रिपस्थित ल्याप्चेको (खडीखेत) घाटमा शनिबार साँझ तुइन तर्ने क्रममा ३८ वर्षीय मक्करसिंह नेपाली कर्णाली नदीमा खसेर बेपत्ता भएका हुन् । उनी मुगु जिल्ला सोरु गाउँपालिका–५ नेरगाउँका रहेको बताइएको छ ।कर्णाली करिडोरको ग्युसी छारे खण्डको छारे भिरमा सडक निर्माण गर्न मुगुबाट आएका नेपाली काम सकेर बासस्थानतिर जाने क्रममा शनिबार ल्याप्चेमा रहेको (खडीखेत) घाटमा तुइनबाट खसेर बेपत्ता भएको थिए । कर्णाली करिडोरको हुम्ला खण्डमा पर्ने लालीबगर डुल्ली कुनको छारे क्षेत्रम

    • प्रकाशित मितिः असोज २१, २०८०
    • 162 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.