काठमाडौं । मेडिकल व्यवसायी तथा ‘नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईले तस्करीमा संलग्न मारवाडी व्यापारीको तस्वीर सोमबार सार्वजनिक गरेका छन।
उनले पत्रकार सम्मेलनलाई सम्बोधन गरी बाहिर निस्किने क्रममा एमाले निटक युवा संघ र यूथ फोर्सका कार्यकताले प्रसाईलाई कालोमासो छ्यापेका थिए । युवा संघ नेपाल खोटाङका इन्चार्ज विनोद राईको नेतृत्वमा आएको टोलीले प्रसाईमाथि कालोमासो छ्यापेको थियो । राईसहितको टोलीलाई प्रहरीले अहिले खोजी भइरहेको जनाएको छ ।बस्नेतको उक्त स्ट्याटसमा करिब १ हजार ५ सय कमेन्ट सर्वसाधारणले गरेका छन् । जसमध्ये १४ सयभन्दा बढीले प्रसाईमाथि भएको ज्यादतीको विरोध गदै बस्नेतलाई मनपरी गाली सामाजिक प्रयोगकर्ताले गरेका छन् ।
प्रसाईलाई कालोमोसो छ्यापेको स्ट्याटस पोष्ट गरेका एमाले नेता बस्नेतलाई ‘गुण्डाले जानेको यति नै हो’ भन्दै सामाजिक सञ्जालमा मनपरी गाली र उनको विगतका हर्कतका बारेमा पनि सर्वसाधारणले कमेन्टमा खुलासा गरेका छन् । बस्नेतलाई सामाजिक सञ्जालमा जुत्ताको माला लगाउनुपर्ने भन्दै प्रयोग कर्ताले कमेन्ट समेत गरेका छन् ।
बस्नेतको स्ट्याटसमा प्रसाईलाई छ्यापेको कालोमोसोको बदला चाँडै लिनुपर्ने समेत कमेन्ट आएको छ । बस्नेतले एकै दिन गरेको दुई वटा स्टाटसमध्ये नराम्रो गाली धेरै आएपछि एउटा स्टाटस भने तर्सिएर मङगलबार बिहान हटाएका छन् । प्रसाईलाइ कालोमोसो छ्यापेपछि बस्नेतको पार्टीभित्र अराजक गतिवधि गरेको भन्दै कारवाहीका लागि आवाज समेत उठन थालिएको छ । यो विषयमा जानकारी लिन खोज्दा उनी सम्पर्कमा आएनन ।
प्रसाईले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै गोल्यान ग्रुप, विशाल ग्रुप र संघाई ग्रुपका साहुहरु र उनीहरुले संलग्न तस्करीको बारेमा खुलासा गरेका थिए। कालोमासो छ्पाप्दै उनीहरुले केपी ओली जिन्दावाद, महेश बस्नेत जिन्दावाद र पवन गोल्यान जिन्दावाद भन्दै नारा समेत लगाएका थिए ।
सर्वहारा र भुँईमान्छेको पक्षमा बोल्दा एमालेनिटक युवा संघले केही मारवाडी तस्करीसँग मिलेर कालोमोसो छ्यापेको प्रसाईले आरोप लगाए । प्रसाई एमाले अध्यक्ष केपी शर्मा ओली आफ्नो हजुरबुबा भए पनि उनमा भन्दा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नारायणकाजी श्रेष्ठमा राजनीतिक चरित्र देखिएको समेत बताएका छन् ।
कालोमोसो दलिएको भोलिपल्ट मंगलबार बिहान पत्रकार सम्मेलन गर्दै प्रसाइले आफूले जति आलोचना गरे पनि प्रचण्डले प्रतिक्रिया नजनाएको तर एमालेले कालोमोसो दलेको टिप्पणी गरे । उनले खेल अब शुरु भएको भन्दै महेश बस्नेतलाई धन्यवाद दिएका छन ।







































