मोरङ   ।    मोरङको बिराटनगर-१५ स्थितबाट प्रहरीले लागुऔषध सहित २ जनालाई पक्राउ गरेको छ ।

सोमबार बेलुका लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतको जोगवनीबाट नेपाल तर्फ आउदै गरेका पैदल यात्री सुनसरी धरानका ३३ बर्षीय चन्द्र कुमार मोक्तान र १९ बर्षीय मन्जिल सुनुवारलाई संका लागि चेकजाँच गर्दा उनिहरुको साथबाट लुपिजेसिक, फेनारगन, डाईजेपाम, एभिल सहित ४० एम्पुल लागुऔषध बरामद गरेको हो । 

लागुऔषध सहित पक्राउ परेका उनिहरुको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।