समाचार

    Showing 18,721-18,730 of 25,945 items.
  • आङ्बोलाई कोशीको मुख्यमन्त्री बनाउने सत्ता गठबन्धनको निर्णय

    काठमाडौँ ।  सत्ता गठबन्धनले कोशी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोलाई अघि सार्ने निर्णय गरेको छ । बालुवाटारमा बिहीबार बसेको बैठकले माओवादीलाई मुख्यमन्त्री दिने सहमति गरेको हो । संविधानको धारा १६८ (५) बमोजिम सरकार गठनका लागि शुक्रबार साँझ ५ बजेसम्म समय दिइएको छ । यो उपधारामा प्रदेशसभाको बहुमत सदस्यको समर्थन जुटाउनेलाई मुख्यमन्त्री नियुक्त गर्नुपर्ने प्रावधान छ । मुख्यमन्त्री बन्न संसदीय दलको नेता नै आवश्यक नपर्ने भएपछि गठबन्धनभित्रै आकांक्षा राख्ने नेताहरूको संख्या बढेको थियो । गठबन्धनसँग मुख्यमन्त्री दाबी गर्न आवश्यक सं

    • प्रकाशित मितिः असोज २५, २०८०
    • 72 पटक पढिएको
  • आज प्रतिनिधिसभाको बैठक बस्दै

    काठमाडौं   ।    प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्नेछ।आजको बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले विद्यालय शिक्षा विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस् भनी प्रस्ताव गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

    • प्रकाशित मितिः असोज २५, २०८०
    • 124 पटक पढिएको
  • बझाङमा ५.२ म्याग्निट्यूडको भूकम्प

    काठमाडौं । बझाङमा गएराति भूकम्पको धक्का महसुस गरिएको छ ।गएराति १२ बजेर २२ मिनेटमा बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ ।  ५.२ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ ।पछिल्लो समय बझाङ केन्द्रबिन्दु भएर भूकम्प र परकम्प जाने क्रम जारी रहेको छ । गत असोज १६ गते बझाङ केन्द्र भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पले घर भत्काउँदा एक महिलाको मृत्यु भएको थियो ।

    • प्रकाशित मितिः असोज २५, २०८०
    • 141 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडाैं । हाल नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । अहिले देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएकाे छ ।आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ भने कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।आज राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी

    • प्रकाशित मितिः असोज २४, २०८०
    • 196 पटक पढिएको
  • टेलिकमकाे अफर भ्वाइस तथा डाटा प्याक सस्तियाे

    काठमाडौं । नेपाल टेलिकमले असोज २५ गते बिहीबारदेखि लागू हुनेगरी अटम अफर ल्याएको छ । विभिन्न भ्वाइस तथा डाटा अफरलाई अझ आकर्षक बनाउन कम्पनीले उक्त अफर ल्याएको हो ।कम्पनीले उक्त अफर अन्तर्गत अनलिमिटेड अन-नेट भ्वाइस प्याकेज अन्तर्गत १३ रुपैयाँमा बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म नेपाल टेलिकमको नेटवर्कमा असीमित कुराकानी गर्न सकिने छ । त्यसैगरी, सोही अनलिमिटेड अन-नेट भ्वाइस प्याकेज अन्तर्गत १३ रुपैयाँमै बेलुकी १० बजेदेखि बिहान ६ बजेसम्म नेपाल टेलिकमको नेटवर्कमा असीमित कुराकानी गर्न सकिने पनि कम्पनीले बताएको छ ।त्यस्तै, अल नेट भ्वाइस प्याक अन्तर्गत १८ रुपैयाँमा १ दिनभित्र सबै नेटवर्कमा २५ मिनेट कल

    • प्रकाशित मितिः असोज २४, २०८०
    • 176 पटक पढिएको
  • लाइसेन्स नलिई घरजग्गा कारोबार गरे २५ लाख जरिमाना र ६ महिना कैद

    काठमाण्डौ   ।   विगत केही वर्षदेखिको बजेट वक्तव्यमार्फत घरजग्गा कारोबार गर्नेहरूले पनि लाइसेन्स लिनुपर्ने भनी गर्दै आएको घोषणा कार्यान्वयन हुने भएको छ । सरकारले मालपोत ऐन, २०३४ संशोधनमार्फत घरजग्गा कारोबार गर्नका लागि लाइसेन्स अनिवार्य गर्न लागेको हो ।केही नेपाल ऐन संशोधन विधेयकलाई संसद्को कानुन, न्याय तथा मानवअधिकार समितिले परिमार्जनसहित पारित गरेपछि यो ऐन सदनबाट पारित हुन सहज हुने भएसँगै लाइसेन्स अनिवार्य हुने भएको हो ।संशोधित ऐनमा लाइसेन्स नलिई घरजग्गा कारोबार गरेमा काराबाही हुने उल्लेख गरिएको छ । संशोधित ऐनमा लाइसेन्सको अवधि ५ वर्षको हुने र कारोबार गर्न चाहनेले दिएको नि

    • प्रकाशित मितिः असोज २४, २०८०
    • 171 पटक पढिएको
  • कञ्चनपुरबाट ९ लाख बराबरको अवैध सामान बरामत

    काठमाण्डौ  ।   कञ्चनपुरमा अवैध सामानसहित एक जना व्यापारी पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–४ का बिष्णु गुप्तालाई उनकै घरबाट करिब नौँ लाख मुल्य बराबरका अवैध सामानसहित प्रहरीले पक्राउ गरेको हो।सामानहरु क्यारिङ गर्ने व्यक्तिहरुको पिछा गर्दै जाँदा गुप्ताले घरमा संचालन गरेको पसलबाट र उनकै भीमदत्त नगरपालिका–१८ मा रहेको गोदाममा अवैध रुपमा भन्सार छलीका करिब नौँ लाख मुल्य बराबरका खाद्यान्न सामाग्री र किराना सामानहरु फेला पारी नियन्त्रयमा लिएको हो।बरामद गरेको सामान र गुप्तालाई कारबाहीको लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सुचना अधिकारी प्रहरी प्रवक्ता प्रहर

    • प्रकाशित मितिः असोज २४, २०८०
    • 151 पटक पढिएको
  • सशस्त्र प्रहरीद्धारा ठुलो परिमाणमा पटका बरामद

    काठमाण्डौ । सशस्त्र प्रहरीले पश्चिम नवलपरासीको रामग्रामबाट ठुलो परिमाणमा पटका बरामद गरेको छ ।   सशस्त्र प्रहरीको परासी स्थीत कमान्ड पोष्टको टोलीले रामग्राम १२ कुनुवार बाट प्रदेश ३ ००१ च ११३८ नम्बरको पिकअप र चालक सहित साढे ९ लाख बराबरको पटका नियन्त्रणमा लिएको हो । भारतबाट महेसपुर भन्सार नाका हुदै भित्र्याईको पटका विक्रिका लागी लाने क्रममा प्रहरीले नियन्त्रणमा लिएको शसस्त्र प्रहरी बल २६ नम्बर गणका प्रहरी नायव उपरिक्षक यज्ञमान साउदले जानकारी दिनुभयो। कमान्ड पोष्टका सशस्त्र प्रहरी निरिक्षक केशव भट्टराईको कमान्डमा रहेको टोलीले तिव्र गतिमा रहेको पिकअपलाई शंका लागी चेकजाँच गर्ने क्रममा पटका

    • प्रकाशित मितिः असोज २४, २०८०
    • 225 पटक पढिएको
  • नवलपरासीको सीमा क्षेत्रमा व्यापक तस्करी

    मधेस प्रदेश    ।    पश्चिम नवलपरासीको सीमा क्षेत्रमा तस्करी व्यापक रुपमा चलेको छ। ईलाका प्रहरी कार्यालय महेशपुरले ११ लाख बराबर को कपडा सरावल गाउँपालिका वडा नम्बर ०७ गणेशपुरबाट समातेको छ। मंगलवार मात्र जिल्ला कमान्ड पोस्ट परासीको टोलीले १० लाख बराबरको पटाका नियन्त्रणमा लिएको थियो। भारतबाट महेशपुरको नाका हुँदै अवैध रुपमा भित्रिएको ती पटाकाहरुलाई शसस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएको पटाका मंगलवार नस्ट गरि गाडी लाई आवश्यक कार्यवाहिको लागि भन्सार कार्यालय पठाएको थियो भने चालकलाई सशस्त्र प्रहरीको पेसाग लगाई फरार गरेको स्थानीले बताएका छ । त्यस्तै शनिबार पनि सिम

    • प्रकाशित मितिः असोज २४, २०८०
    • 153 पटक पढिएको
  • सात वर्षमा बनेको पुल १० महिनामै भत्किन थाल्यो

    वीरगञ्ज । २०७२ साल जेष्ठ २५ गते ठेक्का सम्झौता भइ साढे ७ वर्षमा निर्माण भएको पर्साको विन्दवासिनीमा रहेको तिलाबे पुल १० महिना नपुग्दै भत्किन थालेको छ ।  नयाँ पुल सञ्चालनमा आएपछि राहत महसुस गर्दै खुशी भएका त्यस क्षेत्रका जनता सञ्चालनमा आएको १० महिना नबित्दै पुल भत्किन थालेपछि फेरि सडकजामको समस्या भोग्नुपर्ने होकी भनेर चिन्तित भएका छन् ।हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगञ्जका सूचना अधिकारी इन्जिनियर सञ्जयकुमार ठाकुरले पुलको ‘एप्रोच सडक’ भाँसिएको र सडक भत्किएर खाल्डो पर्दा दुर्घटनाको जोखिम बढेको बताए ।  ‘हामीले भत्किएको एप्रोच सडक मर्मत गर्न आज पत्राचार गरेका

    • प्रकाशित मितिः असोज २४, २०८०
    • 126 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.