मधेस प्रदेश    ।    पश्चिम नवलपरासीको सीमा क्षेत्रमा तस्करी व्यापक रुपमा चलेको छ। ईलाका प्रहरी कार्यालय महेशपुरले ११ लाख बराबर को कपडा सरावल गाउँपालिका वडा नम्बर ०७ गणेशपुरबाट समातेको छ। मंगलवार मात्र जिल्ला कमान्ड पोस्ट परासीको टोलीले १० लाख बराबरको पटाका नियन्त्रणमा लिएको थियो।

OM Sai Pathibhara Hospital

भारतबाट महेशपुरको नाका हुँदै अवैध रुपमा भित्रिएको ती पटाकाहरुलाई शसस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएको पटाका मंगलवार नस्ट गरि गाडी लाई आवश्यक कार्यवाहिको लागि भन्सार कार्यालय पठाएको थियो भने चालकलाई सशस्त्र प्रहरीको पेसाग लगाई फरार गरेको स्थानीले बताएका छ ।

त्यस्तै शनिबार पनि सिमा नाका भएर अवैध रुपमा आउदै गरेको ११ लाख बराबर को चिनि गोबरहिया प्रहरी चाैकीले नियन्त्रणमा लिएको थियो। यसै गरी १८ गते बिहिबार प्रतापपुर गाउँपालिका बाट डेढ लाख बराबर को चामल ईलाक प्रहरी कार्यालय बेलाटारीले बरामद भएको थियो। यसै गरी गत हप्ता सरावल गाउँपालिका-६ गुजराटोलमा सवारी चेकजाँच गर्ने क्रममा ना ६ ख ४११६ नम्बरको ट्रक बाट ४६ लाख बराबरको जुता चप्पल ईलाक प्रहरी कार्यालय महेशपुरले बरामद भएको थियो। यी त केबल उदाहरण मात्र हुन्। सिमा तस्करीकाे अड्डा नै बनिसकेको छ।

नवलपरासीको भुजहवा , गेरमी , पाचपेडा, बसहिया, गुठिप्रसाैनी, सनई, रामनगर नाका हुँदै खुलेआम तस्करी भइरहेको छ। पछिल्लो केही दिनदेखि नाकाहरुबाट तस्करी बढेको देखिन्छ। नेपाल सरकारले आलु र प्याजमा पनि भ्याट लगाएपछि भारतको विभिन्न नाका हुँदै अवैध तस्करीको व्यवसाय फस्टाएको हो। भन्सारमा क्वारेन्टाइन नभए पनि भारतबाट आएको फलफूलको भन्सारसमेत भन्सार कार्यालय राजस्व उठाउने गरेको पाइएको छ।

यसले गर्दा पनि तस्करी मौलाउन सहज भएको देखिन्छ। जिल्लाको विभिन्न नाकाबाट तस्करी अनियन्त्रित रुपमा भइरहेको भए पनि तस्करी रोक्न सीमामा खटिएको सशस्त्र प्रहरी नवलपरासीका प्रमुख भने तस्करी नियन्त्रण गरिरहेको र आरोप लगाइएजस्तो तस्करी नभएको बताउँछन्। जिल्लामा व्यापक तस्करी भइरहेको विषयमा नवलपरासीका सशस्त्र प्रहरी बल २६ नम्बरका प्रमुख सशस्त्र एसपी धिरेन्द्र न्याैपानेले भने आरोप लगाइएजस्तो तस्करी नभएको दाबी गरेका हुन्।

भारत बाट इलेक्ट्रोनिक सामाग्री,लत्ताकपडा,सवारी साधनका पाटपुर्जा,गाई भैंसी ,खसी बोका ,खाद्यान्न सामाग्री ,खुकुराहरु भित्राउने गरेको पाइन्छ । भने कबाडीका समान् भारत तर्फ जाने गरेको पाईन्छ । सीमा अपराधलाई नियन्त्रण गर्न मुलुकको अन्तर्राष्ट्रिय सीमानामा सशस्त्र प्रहरी बल तैनाथ गरिएको छ । त्यसका अतिरिक्त नेपाल प्रहरीले चेकजाँच र गस्ती पनि उत्तिकै गर्दै आएको छ ।

यति हुँदाहुँदै पनि सीमा क्षेत्रबाट दिनरात पिकअप र साना ट्रकमा खुलेआम चोरी तस्करी कार्य भइरहेको दृश्य पनि सर्बजनिक भएको थियोे । उनीहरुको आँखै अगाडि तस्करी भइरहेता पनि केही पनि सोधपुछ नगरी निर्बाध आवतजावत गर्न दिइएको थियो।