काठमाण्डौ । सशस्त्र प्रहरीले पश्चिम नवलपरासीको रामग्रामबाट ठुलो परिमाणमा पटका बरामद गरेको छ ।   सशस्त्र प्रहरीको परासी स्थीत कमान्ड पोष्टको टोलीले रामग्राम १२ कुनुवार बाट प्रदेश ३ ००१ च ११३८ नम्बरको पिकअप र चालक सहित साढे ९ लाख बराबरको पटका नियन्त्रणमा लिएको हो । भारतबाट महेसपुर भन्सार नाका हुदै भित्र्याईको पटका विक्रिका लागी लाने क्रममा प्रहरीले नियन्त्रणमा लिएको शसस्त्र प्रहरी बल २६ नम्बर गणका प्रहरी नायव उपरिक्षक यज्ञमान साउदले जानकारी दिनुभयो।

कमान्ड पोष्टका सशस्त्र प्रहरी निरिक्षक केशव भट्टराईको कमान्डमा रहेको टोलीले तिव्र गतिमा रहेको पिकअपलाई शंका लागी चेकजाँच गर्ने क्रममा पटका फेला परेको डिएसपि साउदले बताउनुभयो । 

OM Sai Pathibhara Hospital

बरामद पटका प्रहरीले नष्ट गरेको छ भने पिकअप जिपलाई महेसपुर भन्सार कार्यालयमा बुझाईएको छ । सवारी चालक पाल्हीनन्दन ३ का सुनिल गुप्तालाई प्रहरीले नियन्त्रणमा लिएपनि उनि पछि भाग्न सफल भएका छन् । गुप्ताकै सुराकिको आधारमा महेसपुर बजार क्षेत्रको सम्भावित स्थानमा थप पटका रहेको आशंकामा छापा मार्न गएको प्रहरी टोली र स्थानिय बिच तनावको अवस्था सृजना भएपछि गुप्ता भाग्न सफल भएको प्रहरीले जनाएको छ ।

महेसपुरमा अवैध रुपमा पट्का भित्र्याएको सुचनाको आधारमा प्रहरीले छापा मार्ने कोसिस गरेपनि स्थानिय प्रहरी माथिनै जाईलागेपछि प्रहरी पछाडी हटेको थियो । पछि शसस्त्र र जनपथ प्रहरीको संयुक्त टोलीले थप खानतलासि गरेपनि कुनै समान फेला नपरेको बताईएको छ ।

चाडपर्व नजिकिए संगै भारतबाट पटका लुकाईछिपाई भित्र्याउने र विभिन्न शहरमा विक्रिका लागी लाने गरिएकाले प्रहरीले चेकजाँच बढाएको छ । शसस्त्र प्रहरीले चाडपर्वलाई लक्षित गरेर सिमावर्ती क्षेत्रमा निगरानी बढाएको सशस्त्र प्रहरी उपरिक्षक धिरेन्द्रराज न्यौपानेले जानकारी दिनुभयो ।