काठमाडौँ । यो वर्षको तिहारमा बजारमा साढे ४५ करोड रुपियाँ बराबरको बिजुलीका झिलिमिली बत्ति आयात भएको छ । उज्यालोको पर्व तिहारमा झिलिमिली बत्तीको माग धेरै हुने हुँदा त्यति रकम बराबरको आयात भएको हो ।नेपाल विद्युतीय व्यवसायी महासङ्घका अनुसार झिलिमिली बत्तीको कुल वार्षिक कारोबारमध्ये झन्डै ८५ प्रतिशत तिहारमा हुने गर्छ । छठ, क्रिसमस, नयाँ वर्ष, राष्ट्रिय पर्व उत्सव, बिहे व्रतबन्धजस्ता शुभकार्यमा सजावटका लागि प्रयोग हुने जनाएको छ ।महासङ्घका अनुसार तिहारमा बालिने झिलिमिली बत्ती चीन, भारत, बहराइन, अस्ट्रेलिया, हङकङलगायत देशबाट आयात हुन्छ । कुल आयातको ८० प्रतिशतभन्दा बढी चीनबाट आउँछन् ।महासङ्घका अनुसार च
काठमाण्डौ । धादिङमा भूकम्पको धक्का महसुस गरिएको छ ।शनिबार राति ११ बजेर २३ मिनेटमा ३.५ म्याग्निच्युडको भूकम्पको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार सो भूकम्पको केन्द्रविन्दु धादिङको खरी आसपास थियो ।यसअघि खरी आसपास भएर गत कार्तिक ५ गते ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पबाट घरहरूमा क्षति पुगेको थियो भने पहिरो समेत गएको थियो ।
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसको प्रभावले हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ।दिउँसो कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेशको पहाडी भू-भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।
काठमाडौँ । हाल देशको पश्चिमी भू-भागमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसको प्रभावले हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागको मौसम आंशिक बदली देखि सामान्यतया सफा रहेको छ। साथै लुम्बिनी प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू-भागका थोरै र बाँकी पहाडी भू-भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशको उच्च पहाडी तथा हिमा
काठमाण्डौ । सरकारले सामाजिक सञ्जाल सञ्चालनसम्वन्धी निर्देशिका जारी गरेको छ । मन्त्रिपरिषदबाट पारित सामाजिक सञ्जाल सञ्चालन निर्देशिका, २०८० मा सामाजिक सञ्जाललाई व्यवस्थित गर्नेभन्दा पनि अभिव्यक्ति स्वतन्त्रतालाई कडाई गर्न खोजेको देखिन्छ । सामाजिक सञ्जालमार्फत अनधिकृतरुपमा रकम बाहिरिने क्रम बढेसँगै यसलाई नियमन गर्नुपर्ने माग बढेको थियो । अहिले पनि ठूलो व्यवसायिक संस्था र व्यक्तिहरुले अनधिकृतरुपमा सामाजिक सञ्जालमा विज्ञापन गर्दै आएका छन् । साथै, सामाजिक सञ्जालमा गालीगलौज गर्ने, अश्लिल र आपत्तिजनक विषयवस्तु राख्ने, अपराधिक क्रियाकलाप गर्ने प्रवृत्ति बढेकाले यसलाई रोक्न फेसबुक, ट्व
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०८१ को लागि माध्यमिक शिक्षा परीक्षा (एसईई) को रजिस्ट्रेसन फारम खुला गरेको छ।सानोठिमीस्थित बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले शुक्रबार एक सूचना प्रकाशित गरी एसईईको लागि रजिस्ट्रेसन आवेदन खुला गरेको हो।एसईईमा समावेश हुन चाहने विद्यार्थीले कात्तिक २४ देखि आगामी मंसिर मसान्तभित्र आवेदन दिन सकिने सूचनामा उल्लेख छ।
काठमाडौं । सरकारले मोरङ, काठमाडौँ र चितवनका तीन वटा क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा अगाडि बढाउने निर्णय गरेको छ ।बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मोरङको विराटनगर, काठमाडौँको मुलपानी र चितवनको गौतमबुद्ध भरतपुर क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा अगाडि बढाउने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिएकि छन ।
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले देशका केही भू–भागमा आज वर्षा र हिमपातको सम्भावना रहेको बताएको छ । बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको र बाँकी भू–भागको मौसम आंशिक बदलीदखि सामान्यतया सफा रहेको पनि विभागले बताएको छ ।दिउँसो सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेने जनाएको छ । बाँकी भू–भागको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले पूर्वानुमान लगाएको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेक
चपुर । महोत्तरीबाट वेपत्ता भएका ५ जना किशोरीहरु फेला परेका छन् ।उनीहरु केहीबेर अघि धनुषाको ढल्केबरमा फेला परेका हुन् । बाहिर जान लागेका बेला स्थानीयले रोकेर प्रहरीलाई जिम्मा लगाएको हो ।अहिले उनीहरूलाई इलाका प्रहरी कार्यालय ढल्केबरमा राखिएको छ । अभिभावक बोलाएर जिम्मा लगाइने प्रहरीले जनाएको छ ।महोत्तरीको औरही नगरपालिका–२ की १६ वर्षीया बसन्ती सदा, १६ वर्षीया प्रतिमा सदा, १८ वर्षीया संगीता सदा, १५ वर्षीया राजन सदा र २० वर्षीया रूवी सदा गत मंगलबारदेखि परिवारका सदस्यहरुको सम्पर्कमा थिएनन् ।
काठमाण्डौ । राष्ट्रिय खेलकुद परिषद (राखेप) का बोर्ड सदस्य जनक बर्तौलामाथि लुकेर सांघातिक आक्रमण भएको छ । नेपाल उसु महासंघको केन्द्रिय अध्यक्ष तथा अखिल नेपाल खेलकुद महासंघका उपाध्यक्ष समेत रहेका बर्तौलामाथि बानेश्वरमा हिजो राति आक्रमण भएको हो ।नेकपा (माओवादी केन्द्र) का प्रदेश समिति सदस्य समेत रहेका राजधानीको मुटु त्यसमाथि संसद भवन भएकै स्थानमा यो प्रकारको आपराधिक आक्रमण हुनुले प्रहरीको सुरक्षा व्यवस्थामाथि नै प्रश्न उब्जिएको छ ।आक्रमणपछि सिभिल अस्पतालमा लगिएका बर्तौलाको अहिले नर्भिक अस्पतालमा उपचार भैरहेको छ । उनको टाउकोमा रड प्रहार भएको छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.