काठमाडौं । जल तथा मौसम विज्ञान विभागले देशका केही भू–भागमा आज वर्षा र हिमपातको सम्भावना रहेको बताएको छ । बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको र बाँकी भू–भागको मौसम आंशिक बदलीदखि सामान्यतया सफा रहेको पनि विभागले बताएको छ ।

दिउँसो सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेने जनाएको छ । बाँकी भू–भागको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले पूर्वानुमान लगाएको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

OM Sai Pathibhara Hospital

राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ ।