काठमाण्डौ । धादिङमा भूकम्पको धक्का महसुस गरिएको छ ।

शनिबार राति ११ बजेर २३ मिनेटमा ३.५ म्याग्निच्युडको भूकम्पको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार सो भूकम्पको केन्द्रविन्दु धादिङको खरी आसपास थियो ।

OM Sai Pathibhara Hospital

यसअघि खरी आसपास भएर गत कार्तिक ५ गते ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पबाट घरहरूमा क्षति पुगेको थियो भने पहिरो समेत गएको थियो ।