चपुर । महोत्तरीबाट वेपत्ता भएका ५ जना किशोरीहरु फेला परेका छन् ।उनीहरु केहीबेर अघि धनुषाको ढल्केबरमा फेला परेका हुन् । बाहिर जान लागेका बेला स्थानीयले रोकेर प्रहरीलाई जिम्मा लगाएको हो ।

अहिले उनीहरूलाई इलाका प्रहरी कार्यालय ढल्केबरमा राखिएको छ । अभिभावक बोलाएर जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

OM Sai Pathibhara Hospital

महोत्तरीको औरही नगरपालिका–२ की १६ वर्षीया बसन्ती सदा, १६ वर्षीया प्रतिमा सदा, १८ वर्षीया संगीता सदा, १५ वर्षीया राजन सदा र २० वर्षीया रूवी सदा गत मंगलबारदेखि परिवारका सदस्यहरुको सम्पर्कमा थिएनन् ।