मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार कोशी प्रदेश, मधेश प्रदेश साथै देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।दिउँसो कोशी, मधेस र बागमती प्रदेशमा आंशिकदेखी सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक देखी सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने बताइएको छ। कोशी प्रदेशका र मधेश प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सहितका प्रमुख नेताहरुविरुद्ध जिल्ला अदालत काठमाडौँले पक्राउ पुर्जी जारी गरेको छ । उनीहरुविरुद्ध जिल्ला अदालत काठमाडौँमा राज्यविरुद्धको कसुरमा ४ वर्षअघि मुद्दा दायर भएको थियो ।अदालतको सूचनामा उल्लेख भएअनुसार २०८० साल मंसिर १० गतेको आदेशअनुसार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को ५८ (१३) बमोजिम ३५ दिनको पक्राउ पुर्जी जारी गरिएको अदालतको सूचनामा उल्लेख छ । विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, माइला लामा, अखिल नेपाल किसान महासङ्घ क्रान्तिकारीका अध्यक्ष राजु कार्कीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो
काठमाडौँ । मलेसियन कम्पनी आजियटा एनसेलको सबै शेयर बिक्री गरेर बाहिरिएको छ । तर, सर्वोच्च अदालतमा पुँजीगत लाभकरसम्बन्धी एउटा मुद्दा अझै टुंगिएको छैन । ठूला करदाताको कार्यालयले एनसेलमाथि करिब ५७ अर्ब रुपैयाँ थप कर निर्धारण गरेपछि एनसेल सर्वोच्च गएको थियो । त्यसको आज सुनुवाइ हुँदैछ ।सर्वोच्चको पेसीभन्दा चार दिनअगाडि आजियटा एनसेलको शेयर बेचेर हिँडेको हो । अब उक्त मुद्दाको भाँउतोबाट कम्पनी पन्छिएको छ । तर, यदि एनसेलको विपक्षमा फैसला आए के हुन्छ भन्ने स्पष्ट भएको छैन ।आजियटाले २०७२ साल चैतमा एनसेलको ८० प्रतिशत शेयर १ अर्ब ३६ करोड ५० लाख डलर (करिब १ खर्ब ४३ अर्ब रुपैयाँभन्दा बढी) मा स्वीडिस दूरसञ्चार
काठमाडौँ । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा आज सोमवार भएको हिंसात्मक झडपमा परि १३ जनाको ज्यान गएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।इम्फालको राजधानी मणिपुरबाट झन्डै ६० किलोमिटर दक्षिणपूर्वमा पर्ने तेङनौपाल जिल्लाको लेइथु इलाकामा गोली चलेको सूचना प्राप्त भएपछि अर्धसैनिक बल आसाम राइफल्सले खोजी अभियान शुरु गरेको थियो । सेनाले लेइथु गाउँमा १३ वटा शव भेट्टाएको छ । सुरक्षाकर्मीले शवको छेउमा कुनै हतियार फेला पारेनन्, एक अधिकारीलाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले लेखेको छ ।गैर आदिवासी मेइती समुदायलाई शिक्षा र सरकारी जागिरमा आरक्षण प्रदान गर्ने अनुसूचित जनजातिको दर्जामा समावेश गरिएको वि
काठमाडौँ । मलेसियामा रहेका रास्वपाका सभापति रवि लामिछाने त्यहाँस्थित नेपाली राजदूत डिल्लीराज पौडेलसँग भेटवार्ता गरेका छन् । लामिछानेले पार्टीका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीसहित राजदूतसँग भेट गरेका हुन् ।उनीहरुबीच मलेसियामा रहेका नेपाली कामदारले भोग्दै आएका समस्या र दूतावासले दिने सेवा थप प्रभावकारी बनाउने विषयमा छलफल भएको रास्वपाले जनाएको छ । छलफलमा सभापति लामिछानेले प्रवासमा रहेकाका लागि सम्बन्धित देशमा रहेको दूतावास अभिभावकीय भूमिकामा रहनुपर्ने भन्दै मलेसियामा रहेका सबै नेपालीको पीरमर्का र समस्यामा गम्भीर भएर सम्भव भएसम्म छिटो समाधान दिन अनुरोध गरेका थिए ।राजदूत पौडेलले सीमित स्रोत-
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको साथै भारतको उत्तर प्रदेशको आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बागमती प्रदेशको पहाडी भूभागमा सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ।दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपात
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालतले धरौटी बुझाएका तीनसहित चार जनालाई आज सम्पत्ति शुद्धीकरण विभागमा बुझाउन लागेको छ । उच्च अदालत पाटनले शुक्रबार धरौटीमा छाड्न आदेश दिए पनि केन्द्रीय कारागारमा रहेका तीन जना आरोपितले आइतबार धरौटी बुझाएर पनि रिहा भएनन् ।तत्कालीन गृहमन्त्री खाँणका स्वकीय सचिव नरेन्द्र केसी, हज कमिटीका अध्यक्ष शमशेर मियाँ र हरिभक्त महर्जनले आइतबार धरौटी बुझाएका थिए । उच्च अदालत पाटनले शुक्रबार गरेको आदेश सो दिन ढिलो भएको र शनिबार सार्वजनिक बिदा परेकाले हिजो बिहान काठमाडौं जिल्ला अदालतमा उनीहरूलाई धरौटीमा रिहा गर्न आदेशसहितको फाइल पठाएको थियो ।काठमाडौं ज
काठमाडौं । वीरगञ्ज भन्सारमा राजस्व छली गरेर ल्याइएका ठुलो परिमाणका सामान सुपारी, रक्सी, छोकडा र मरिच रहेको खुलासा भएको छ । केही व्यापारी र बिचौलियाले कर्मचारीसँग नै सेटिङ गरी ती सुपारी, रक्सी, छोकडा र मरिचहरू विभिन्न गन्तव्य स्थानतर्फ लैजान विभिन्न खाले प्रपञ्च गरिरहेको स्रोतको दाबी छ ।उच्च स्रोतका अनुसार वीरगञ्ज भन्सारको गोदाममा राजस्व छलेर ल्याइएका ३ सय ट्रक सुपारी, १० कन्टेनर रक्सी, ठुलो परिमाणका छोकडा, मरिचलगायतका मालसामानहरू गोप्य रूपमा राखिएका छन् । सेटिङकर्ताहरूले अर्बांै रुपियाँका ती सामानहरू कर्मचारीसँग सेटिङ मिलाएर राजस्व नै नतिरी बाहिर निकाल्ने प्रपञ्च गरिरहेको र त्यसो भएमा राज
विराटनगर । कोशी प्रदेश सरकारका तीन मन्त्रीलाई जिम्मेवारी बाँडफाँट गरिएको छ ।मुख्यमन्त्री केदार कार्कीको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले नेपालको संविधानको धारा १६८को उपधारा (९) बमोजिम कार्य विभाजनसहित जिम्मेवारी हेरफेर गरेका छन।कार्य विभाजनअनुसार मन्त्री शमशेर राईलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, मन्त्री गणेशप्रसाद उप्रेतीलाई पर्यटन, वन तथा वातावरण मन्त्रालय र मन्त्री कमलप्रसाद जवेगुलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । बाँकी मन्त्रालयहरू मुख्यमन्त्री कार्कीले राखेका छन।
काठमाडौँ । जङ्गी अड्डाले उपरथी अशोकराज सिग्देललाई रथीमा बढुवा गर्न सिफारिस गरेको छ ।आइतबार सिग्देललाई रथीमा बढुवा गर्न रक्षा मन्त्रालयमा सिफारिस गरिएको सेनाका एक जना उच्च अधिकृतले बताए । जङ्गी अड्डाले मङ्सिर ८ मा उनलाई बढुवा गर्नेबारे सूचना प्रकाशन गरेको थियो । सूचना प्रकाशन गरेको ७ दिनपछि सिफारिस गर्ने कानुनी व्यवस्था छ । सिफारिस पछि मन्त्रिपरिषद्ले बढुवा, नियुक्तिको निर्णय गर्नुपर्छ ।यसअघि बढुवा सिफारिसका लागी जङ्गी अड्डाले सूचना निकालेपछि उपरथी ताराध्वज पाण्डेको उमेर विवाद सतहमा आएपछि उनले राजीनामा दिए । पाण्डेको राजीनामा मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.