काठमाडौँ । जङ्गी अड्डाले उपरथी अशोकराज सिग्देललाई रथीमा बढुवा गर्न सिफारिस गरेको छ ।

आइतबार सिग्देललाई रथीमा बढुवा गर्न रक्षा मन्त्रालयमा सिफारिस गरिएको सेनाका एक जना उच्च अधिकृतले बताए । जङ्गी अड्डाले मङ्सिर ८ मा उनलाई बढुवा गर्नेबारे सूचना प्रकाशन गरेको थियो । सूचना प्रकाशन गरेको ७ दिनपछि सिफारिस गर्ने कानुनी व्यवस्था छ । सिफारिस पछि  मन्त्रिपरिषद्ले बढुवा, नियुक्तिको निर्णय गर्नुपर्छ ।

OM Sai Pathibhara Hospital

यसअघि बढुवा सिफारिसका लागी जङ्गी अड्डाले सूचना निकालेपछि उपरथी ताराध्वज पाण्डेको उमेर विवाद सतहमा आएपछि उनले राजीनामा दिए । पाण्डेको राजीनामा मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ  ।