समाचार

    Showing 18,181-18,190 of 25,945 items.
  • नक्कली नोटसहित काठमाडौंबाट महिला पक्राउ

    काठमाडौं  । प्रहरीले गोकर्णेश्वर नगरपालिका–४, गोकर्ण हनुमान चोकबाट २४ हजार रुपैयाँ बराबरको नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी परिसर, काठमाडौंले एक हजार दरको नोटसहित काँडाघारी बस्ने ४० वर्षीया सरिता तामाङलाई पक्राउ गरेको हो । नक्कली नोट कारोबार भइरहेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।

    • प्रकाशित मितिः पुस १३, २०८०
    • 288 पटक पढिएको
  • भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको गाडीमा आगजनी

    काठमाडौँ । ललितपुरको बालकुमारीमा मन्त्रीको गाडीमाथि आगजनी गरिएको छ । आन्दोलनरत इपीएस परीक्षाका विद्यार्थीले मन्त्रीको गाडीमा आगो लगाएका हुन् । बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरिएको हो ।  उक्त गाडी भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रयोग गरेका थिए ।मन्त्री र पीएसओलाई गाडीबाट बाहिर निकालेर प्रदर्शनकारीले गाडीमा आगो लगाएका हुन् । आज रोजगार अनुमति प्रणाली (इपिएस) आवेदन फारम भर्न नपाएको भन्दै केही युवाले उक्त गाडीमा आगजनी गरेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए।उनले भने, “आन्दोलित युवाहरुको समूहले गाडीमा आगजनी गरेको ह

    • प्रकाशित मितिः पुस १३, २०८०
    • 1,375 पटक पढिएको
  • हात्तीको आक्रमणबाट झापा शिवसताक्षीका मेघराजको मृत्यु

    बिर्तामोड । हात्तीको आक्रमणबाट शिवसताक्षी नगरपालिकामा आज बिहान एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी-११ दुधेका ४५ वर्षीय मेघराज राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।प्रहरी प्रवक्ता खगेन्द्र रिजालका अनुसार हात्तीले मध्यरातमा घर भत्काउन थालेपछि धपाउने क्रममा राईलाई आक्रमण गरेको र उनको घटनास्थलमा नै मृत्यु भएका थियो ।हात्तीले घर तोडफोड गर्दा एक लाख ५० हजार बराबरको क्षति भएको छ । झापामा चालू आर्थिक वर्षमा हात्तीको आक्रमणबाट चारजनाको मृत्यु भइसकेको छ ।

    • प्रकाशित मितिः पुस १३, २०८०
    • 310 पटक पढिएको
  • अजरबैजान पठाउँछु भनेर ठगेको आरोपमा पक्राउ

    काठमाडौँ । वैदेशिक रोजगारीका लागी अजरबैजान पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ घर भएका हरि कुमार दाहाल छन् ।५१ वर्षका दाहाललाई बुढानिलकण्ठबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले जानकारी दिए । पीडित खेम बहादुर डाँगीलाई अजरबैजान पठाउँछु भनेर आरोपीले ६ लाख ७७ हजार रकम लिएपछि सम्पर्क विहीन भएको आरोप छ ।अजरबैजान जान ६ लाख ५० हजार लाग्ने र त्यहाँ ७५ हजार तलब आउने जागिर मिलाइदिन्छु भनेर उनले पीडितलाई प्रभावमा पारेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । आरोपीलाई कानुनी कारवाहीका लागी वैद

    • प्रकाशित मितिः पुस १३, २०८०
    • 140 पटक पढिएको
  • प्लाइउड फ्याक्ट्रीमा आगलागी

    बिर्तामोड । बिर्तामोड-३ स्थित सुर्यनगरमा रहेको रिद्धिसिद्धी भेनियर प्लाई फ्याक्ट्रीमा आगलागी हुँदा तीन लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।प्लाई बनाउन प्रयोग हुने कच्चा पदार्थ राखेको ठाउमा अचानक आगलागि भएको खबर पाउनासाथ ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको नेपाल प्रहरी, बिर्तामोड नगरपालिकाको दमकल, बिर्तामोड नगरपालिकाको ट्याङ्कर, मेची नगरपालिकाको दमकल र स्थानिय मानिसहरुको सहयोगमा सवा पाँच बजे आगो नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बिर्तामोडले बताएको छ।अनुप अग्रवालले संचालन गरेको फ्याक्ट्रीमा शुक्रबार बिहान ४ बजे आगलागी भएको हो ।  

    • प्रकाशित मितिः पुस १३, २०८०
    • 441 पटक पढिएको
  • मानवीय त्रुटिका कारण यति एयरलाइन्सको विमान दुर्घटना

    काठमाडौँ । गत वर्ष पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटना मानवीय त्रुटिका कारण भएको निष्कर्ष निकालिएको छ। विमान दुर्घटनापछि गठित जाँचबुझ आयोगले मानवीय त्रुटिका कारण विमान दुर्घटना भएको निष्कर्षसहितको प्रतिवेदन बुझाएको छ।पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरे संयोजकत्वको जाँचबुझ आयोगले आठ महिना तीन दिन लगाएर तयार पारेको प्रतिवेदन आज संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई हस्तान्तरण गरेको छ।पोखरामा गत वर्ष माघ १ गते विमान दुर्घटना भएकै दिन सरकारले पूर्वसचिव घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो। आयोगमा हवाई विज्ञ नेपाली सेनाका अवकाशप्राप्त क्याप्टेन द

    • प्रकाशित मितिः पुस १३, २०८०
    • 228 पटक पढिएको
  • प्रधानमन्त्री कार्यालयका ६८ दरबन्दी कटौती

    काठमाडौं । मन्त्रालयपिच्छे विवादमा परेका र अनुकूल काम नगरेका कर्मचारीलाई लगेर थुपार्ने थलो बनाइएको प्रधानमन्त्री कार्यालयको ६८ वटा दरबन्दी कटौती हुने भएको छ। सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पुनःसंरचनासहितको संगठन तथा व्यवस्थापन सर्वेक्षणस्वीकृत गरी हालको दरबन्दी ६८ वटा घटाउने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले बताइन।उनले भनिन्,‘प्रधामानमन्त्री तथा मन्त्रिपरिषद्कार्यलयको प्रस्तावमायो निर्णय भएको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पुनःसंरचनासहितको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) स्व

    • प्रकाशित मितिः पुस १३, २०८०
    • 297 पटक पढिएको
  • गभर्नर अधिकारीविरुद्ध सर्वोच्चमा रिट, आज सुनुवाइ

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा परेको रिटमा आजलाई पेसी तोकिएको छ ।  ३ जना अधिवक्ताहरु दिपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिना तथा चुडामणि भण्डारी सहित ४ जनाले दायर गरेको रिटमाथि सुनुवाइका लागि शुक्रबारलाई पेसी तोकिएको छ। अधिकारीले राष्ट्र बैंकको गभर्नर हुनका लागि आवश्यक पर्ने शैक्षिक योग्यता हासिल नगरेको रिटमा दाबी गरिएको छ। नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा २० मा गभर्नर, डेपुटी गभर्नर र सञ्चालक पदमा नियुक्त हुनका लागि आवश्यक योग्यताको व्यवस्था गरिएको छ। न्यूनतम शैक्षिक योग्यता नै नभएको व्यक्ति

    • प्रकाशित मितिः पुस १३, २०८०
    • 202 पटक पढिएको
  • गृह मन्त्रालयले गर्यो १७ उपसचिवको सरुवा

    काठमाडौँ । आठ जना सहायक प्रमुख जिल्ला अधिकारीसहित गृह मन्त्रालय अन्तरगत कार्यरत १७ जना उपसचिवको सरुवा भएको छ ।मन्त्रालयले मन्त्रालय अन्तरगत कार्यरत १७ जना उपसचिवको सरुवा गरेको हो ।को कहाँ पुगे :

    • प्रकाशित मितिः पुस १३, २०८०
    • 226 पटक पढिएको
  • डेडिकेटेड लाइनको बक्यौता नतिर्ने ६१ उद्योग

    काठमाडौं  ।   नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनबाट बिजुली प्रयोगबापतको २२ अर्ब २४ करोड रुपैयाँ बक्यौता रहेको जनाएको छ ।  प्राधिकरणका अनुसार २३९ उद्योगमध्ये १७८ उपभोक्ताले प्रिमियमसहित तिरेको र ६१ उद्योग बाँकी रहेको देखिएको हो । डेडिकेटेड तथा ट्रक लाइनबाट विद्युत् उपभोग गरेको कुल ६१ वटा उपभोक्ताहरूको २०८० मंसिर मसान्तसम्म कुल बक्यौता रकम २२ अर्ब २४ करोड रुपैयाँ रहेको छ ।यसमध्ये करिब १२ अर्ब ५० करोड रुपैयाँ बराबरको बक्यौता हालै लाइन विच्छेद गरिएका ९ वटा ठूला उद्योगहरूको रहेको प्राधिकरणले जनाएको छ।

    • प्रकाशित मितिः पुस १३, २०८०
    • 338 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.