काठमाडौं । मन्त्रालयपिच्छे विवादमा परेका र अनुकूल काम नगरेका कर्मचारीलाई लगेर थुपार्ने थलो बनाइएको प्रधानमन्त्री कार्यालयको ६८ वटा दरबन्दी कटौती हुने भएको छ। सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पुनःसंरचनासहितको संगठन तथा व्यवस्थापन सर्वेक्षणस्वीकृत गरी हालको दरबन्दी ६८ वटा घटाउने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले बताइन।

उनले भनिन्,‘प्रधामानमन्त्री तथा मन्त्रिपरिषद्कार्यलयको प्रस्तावमायो निर्णय भएको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पुनःसंरचनासहितको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) स्वीकृत गर्ने, यसअनुसार प्रधानमन्त्री कार्यालयको हालको दरबन्दी ६८ वटा कम गर्ने निर्णय भएको छ।’

OM Sai Pathibhara Hospital

साथै बैठकले चालु आर्थिक वर्ष २०८०÷८१ का लागि गहुँको समर्थन मूल्य प्रति क्विन्टल तीन हजार ६ सय ५० रुपैयाँ निर्धारण गर्ने पनि निर्णय गरेको उनले जानकारी दिइन्। बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को रिक्त सदस्य सचिव पदमा महेश भट्टराईलाई तोक्ने समेत निर्णय गरेको छ।