बिर्तामोड । बिर्तामोड-३ स्थित सुर्यनगरमा रहेको रिद्धिसिद्धी भेनियर प्लाई फ्याक्ट्रीमा आगलागी हुँदा तीन लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
प्लाई बनाउन प्रयोग हुने कच्चा पदार्थ राखेको ठाउमा अचानक आगलागि भएको खबर पाउनासाथ ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको नेपाल प्रहरी, बिर्तामोड नगरपालिकाको दमकल, बिर्तामोड नगरपालिकाको ट्याङ्कर, मेची नगरपालिकाको दमकल र स्थानिय मानिसहरुको सहयोगमा सवा पाँच बजे आगो नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बिर्तामोडले बताएको छ।
अनुप अग्रवालले संचालन गरेको फ्याक्ट्रीमा शुक्रबार बिहान ४ बजे आगलागी भएको हो ।