काठमाडौं । प्रहरीले गोकर्णेश्वर नगरपालिका–४, गोकर्ण हनुमान चोकबाट २४ हजार रुपैयाँ बराबरको नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले एक हजार दरको नोटसहित काँडाघारी बस्ने ४० वर्षीया सरिता तामाङलाई पक्राउ गरेको हो ।
नक्कली नोट कारोबार भइरहेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।