समाचार

    Showing 18,131-18,140 of 25,942 items.
  • पसलमा आगलागी हुदा २० लाख बराबरको क्षति

    काठमाण्डौ  ।   धनगढी उपमहानगरपालिका–१ शान्तिनगर स्थित सागर सम्शेर राणाको जय श्री चन्डिका ट्रेडर्स एण्ड सप्लायर्समा बिद्युतको तार सर्ट भएर आगलागी भएको हो। पसलमा आगलागी हुँदा २० लाख बराबरको क्षति भएको छ। आगलागी हुँदा खाद्यान्न, किराना सामान तथा पेय पदार्थ साथै पसल भित्र पार्किङ गरिराखेको स्कुटि समेतमा आगलागी हुँदा अन्दाजी २० लाख मुल्य बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ। उक्त आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिई आगलागी सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।

    • प्रकाशित मितिः पुस १७, २०८०
    • 205 पटक पढिएको
  • साउदी अरबले सन् २०२३ मा १७० जनालाई मृत्युदण्ड दियो

    एजेन्सी । साउदी अधिकारीहरूको घोषणामा आधारित एएफपीको तथ्याङ्कअनुसार साउदी अरबले सन् २०२३ मा १ सय ७० जनालाई मृत्युदण्ड दिएको छ। यसमा नयाँ वर्षको पूर्वसन्ध्यामा ४ जना समावेश थिए।खाडी राज्य साउदी अरबमा सन् २०२२ मा कूल १ सय ४७ दोषीलाई मृत्युदण्ड दिइएको थियो। मृत्युदण्डको व्यापक प्रयोगको निन्दा गर्ने मानवअधिकार कार्यकर्ताहरूले साउदी अरबको आलोचना गरेका छन्। सन् २०१९ मा उक्त मुलुकले १ सय ८७ जनालाई मृत्युदण्ड दिएर रेकर्ड बनाएको थियो।आधिकारिक साउदी प्रेस एजेन्सीले आन्तरिक मन्त्रालयको विज्ञप्ति उद्धृत गर्दै आइतबार मृत्युदण्ड दिइएका चार जनालाई हत्याको अभियोगमा दोषी ठहर गरिएको बताएको छ। तीमध्ये दुई जन

    • प्रकाशित मितिः पुस १७, २०८०
    • 162 पटक पढिएको
  • क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य अस्पताल भर्ना

    काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य (किरण) बिरामी भएपछि अस्पताल भर्ना भएका छन्। दम बढेपछि उनलाई गएको आइतबारै त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले नजाएको छ। उपचारपछि उनको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ।अझै केही दिन वैद्यलाई अस्पतालमै राखेर उपचार गर्नुपर्ने चिकित्सकले बताएका छन्। ७७ वर्षीय वैद्य विगत लामो समयदेखि दम रोगबाट पीडित छन्।

    • प्रकाशित मितिः पुस १७, २०८०
    • 401 पटक पढिएको
  • डोजर दुर्घटना हुँदा चालकको मृत्यु

    काठमाण्डौ  ।   जिल्ला सदरमुकाम चैनपुर नजिक डोजर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। चैनपुरस्थित पुरानो बसपार्कमा गएराति १० बजेतिर डोजर दुर्घटना हुँदा चालक बित्थडचिर गाउँपालिका–६ का ३० वर्षीय प्रकाश कठायतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दिपेश चौधरीले जानकारी दिएका छन। बसपार्कबाट जयपृथ्वी नगरपालिका कार्यालयतर्फ जाँदै गर्दा जेसीबी सडकबाट २० मिटर तल खस्दा घटनास्थलमै चालकको मृत्यु भएको हो।प्रहरीका अनुसार मृतक कठायतको शव परीक्षणका लागि जिल्ला अस्पतालको शवगृहमा राखिएको छ।

    • प्रकाशित मितिः पुस १७, २०८०
    • 204 पटक पढिएको
  • बालकुमारी घटनामा सहमति, पीडित परिवारले शव बुझ्ने

    काठमाडौं  ।    ललितपुरको बालकुमारीमा प्रहरीसँग भएको झडपमा ज्यान गुमाएका दुईजना युवाका परिवार र सरकारबीच सहमति भएको छ ।शुक्रबार बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषय भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका अछामका वीरेन्द्र शाह र दैलेखका सुजन राउतका परिवारले सरकारसँग ४ बुँदे सहमति गरेका हुन् ।सोमबार गृह मन्त्रालयका प्रतिनिधि र मृतकका परिवारका प्रतिनिधिबीचको वार्तापछि उक्त चार बुँदे सहमतिमा हस्ताक्षर भएको हो। सहमतिअनुसार सरकारले मृतक दुवै युवाका परिवारसँगको सल्लाहमा १/१ जनालाई उपयुक्त रोजगारी यथाशीघ्र उपलब्ध गराउने भएको छ ।त्यसैगरी सरकारले घोषणा गरे

    • प्रकाशित मितिः पुस १७, २०८०
    • 316 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौँ । नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशका सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आंशिक बदली रही अन्यत्रको मौसम सामान्यतया सफा रहेको छ । देशभरिका तराईका अधिकांश स्थानमा हुस्सु/कुहिरो लागेको छ।दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ र बांकी भू-भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहनेछ। देशको उच्च पहाडी तथा हिमाली भू-भागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।राती सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागको मौसम आंशिक बदली देखी सामान्यतय

    • प्रकाशित मितिः पुस १७, २०८०
    • 178 पटक पढिएको
  • आजदेखि अंग्रेजी नयाँ वर्ष सन् २०२४ शुरु

    काठमाडौं  ।   ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष सन् २०२४ सुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन्को सुरुआत भएको भन्ने भनाइ रहेको छ । पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ ।यो संवत् नेपालमा प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन् । केही वर्ष अघिदेखि नेपालका विभिन्न स्थानमा इस्वी सन् मनाउने गरिएको छ ।विदेशी पर्यटकको भीडभाड हुने काठमाडौँको ठमेल, बौद्ध, पोखरा, सौराहा, लुम्बिनीलगायत स्थानमा ‘न्यू इयर इभ’का नाममा यो संवत् मनाइन्छ ।

    • प्रकाशित मितिः पुस १६, २०८०
    • 216 पटक पढिएको
  • सिन्धुपाल्चोक केन्द्रविन्दु भएर आइतबार राति भूकम्प

    काठमाडौं । सिन्धुपाल्चोक केन्द्रविन्दु भएर आइतबार राति भूकम्पको धक्का महसुस भएको छ ।सिन्धुपाल्चोकको लिस्तिकोट केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको हो । केन्द्रका अनुसार राति १० बजेर २१ मिनेटमा ५.० म्याग्निच्युडको भूकम्प गएको हो ।भूकम्पको केन्द्रविन्दु उत्तरपूर्वी सिन्धुपाल्चोकको लिस्तिकोट रहेको केन्द्रले बताएको छ। नेपाल—चीन सीमावर्ती क्षेत्र भएर गएको उक्त भूकम्पको धक्का काभ्रेपलाञ्चोक, भक्तपुर र काठमाडौंसम्म महसुस गरिएको थियो ।

    • प्रकाशित मितिः पुस १६, २०८०
    • 196 पटक पढिएको
  • पेट्रोलियम पदार्थको मूल्य यथावत राख्ने निगमको निर्णय

    काठमाण्डौ  ।  नेपाल आयल निगमले हालका लागि पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्ने निर्णय गरेको छ ।  निगम सञ्चालक समितिको निर्णय अनुसार पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन तथा एलपी ग्यासको खुद्रा बिक्री मूल्य यथावत् राखिएको हो ।इन्डियन आयल कर्पोरेशनबाट आइतबार प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलको मूल्यमा प्रति लिटर रु. ०.४१ ले वृद्धि भई आएको र डिजेलको मूल्यमा प्रति लिटर रु. ०.१२ ले घटेर आएको छ । त्यस्तै एल. पी. ग्यासको मूल्यमा प्रति सिलिन्डर रु. ०.२० ले घटेर आएको छ । निगमलाई हाल एलपी ग्यासमा प्रति सिलिन्डर रु. ३००.४१ नोक्सानी रहेको छ ।पेट्रोलियम पदार्थको हकमा निगमको

    • प्रकाशित मितिः पुस १६, २०८०
    • 171 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौँ । नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशका सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आंशिक बदली रही अन्यत्रको मौसम सामान्यतया सफा रहेको छ । देशभरिका तराईका अधिकांश स्थानमा हुस्सु/कुहिरो लागेको छ।दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ र बांकी भू-भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहनेछ। देशको उच्च पहाडी तथा हिमाली भू-भागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।राती सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागको मौसम आंशिक बदली देखी सामान्यतया सफा

    • प्रकाशित मितिः पुस १६, २०८०
    • 177 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.