काठमाण्डौ  ।   जिल्ला सदरमुकाम चैनपुर नजिक डोजर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। 

OM Sai Pathibhara Hospital

चैनपुरस्थित पुरानो बसपार्कमा गएराति १० बजेतिर डोजर दुर्घटना हुँदा चालक बित्थडचिर गाउँपालिका–६ का ३० वर्षीय प्रकाश कठायतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दिपेश चौधरीले जानकारी दिएका छन।
 
बसपार्कबाट जयपृथ्वी नगरपालिका कार्यालयतर्फ जाँदै गर्दा जेसीबी सडकबाट २० मिटर तल खस्दा घटनास्थलमै चालकको मृत्यु भएको हो।

प्रहरीका अनुसार मृतक कठायतको शव परीक्षणका लागि जिल्ला अस्पतालको शवगृहमा राखिएको छ।