काठमाडौं । सिन्धुपाल्चोक केन्द्रविन्दु भएर आइतबार राति भूकम्पको धक्का महसुस भएको छ ।

सिन्धुपाल्चोकको लिस्तिकोट केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको हो । केन्द्रका अनुसार राति १० बजेर २१ मिनेटमा ५.० म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको केन्द्रविन्दु उत्तरपूर्वी सिन्धुपाल्चोकको लिस्तिकोट रहेको केन्द्रले बताएको छ। नेपाल—चीन सीमावर्ती क्षेत्र भएर गएको उक्त भूकम्पको धक्का काभ्रेपलाञ्चोक, भक्तपुर र काठमाडौंसम्म महसुस गरिएको थियो ।

FB_IMG_1704050744157