समाचार

    Showing 18,031-18,040 of 25,938 items.
  • टिपर दुर्घटना हुँदा चालकको मृत्यु

    काठमाडौँ।  मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा टिपर चालक हेटौंडा-१५ रातोमाटेका २२ वर्षीय सुकदेव पाख्रिन रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ।गएराति मकवानपुरगढी १ बादरखोल्सीस्थित भित्रि सडकखण्डमा लेनडाँडाबाट बादरखोल्सीतर्फ जादै गरेको बा.प्र-०३-००१ख१४८९ नम्बरको टिपर आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी १ सय ५० मिटर तल खस्दा चालक पाख्रिन गम्भीर घाइते भएका थिए ।उनलाई तत्काल उद्दार गरी उपचारको लागि हेटौंडा अस्पताल ल्याइएकोमा डाक्टरले मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार दुर्घटनाको समयमा चालकको पहिचान नभएकोमा

    • प्रकाशित मितिः पुस २७, २०८०
    • 236 पटक पढिएको
  • टेलिकमले ल्यायो विन्टर अफर

    काठमाडौं । नेपाल टेलिकमले विन्टर अफर २०८० ल्याएको छ । यसअन्तर्गत कम्पनीले स्टे कनेक्टेड, अल टाइम भ्वाइस प्याक, अनलिमिटेड प्याक, डेटा प्याक, सोसल मिडिया प्याक, स्टे कनेक्टेड प्याक, एसएमएस प्याक, एमटुएम प्याक लगायतका प्याकमा विभिन्न अफर ल्याएको छ ।कम्पनीका अनुसार यसअघि उपलब्ध भइरहेको फोरजी डेटा अफरलाई अझै आकर्षक बनाइएको छ । यस अनुसार एक दिनको समयावधिका लागि रु. १९ मा ४०० एमबी र रु. ३३ मा १२०० एमबी डेटा उपलब्ध हुनेछ । सात दिनको समयावधिका लागि रु. १०९ मा ५ जीबी र २८ दिनको समयावधिका लागि रु. २९८ मा ७ जीबी डेटा उपलब्ध हुनेछ ।स्टे कनेक्टेड प्याक अन्तर्गत पाँच दिनको समयावधिका लागि रु. १०९ मा ६ जीबी डे

    • प्रकाशित मितिः पुस २७, २०८०
    • 191 पटक पढिएको
  • बक्यौता नतिरेका उद्योगमा लाइन जोडे काटी दिने: कर्मचारी सङ्गठन

    काठमाडौँ । बक्यौता रकम बाँकी रहेका उद्योगहरूमा महसुल नबुझाई लाइन जोडिदिएमा पुनः काटिदिने नेपाल विद्युत् प्राधिकरणका कर्मचारी सङ्गठनले चेतावनी दिएका छन् । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ध्यानाकर्षण पत्र बुझाउँदै चार कर्मचारी सङ्गठनले यस्तो चेतावनी दिएका हुन् ।प्राधिकरणअन्तर्गत कर्मचारी कल्याण परिषद्, कर्मचारी युनियन, राष्ट्रिय कर्मचारी युनियन र कर्मचारी सङ्घले अदालतले समेत विद्युत् महसुल असुलउपर गर्न आदेश दिइसकेको अवस्थामा सरकारले महसुल नबुझाई उद्योगहरूमा लाइन जोड्न निर्देशन दिएको भन्दै लाइन जोडिदिएमा पुनः त्यस्ता उद्योगको लाइन काट्ने चेतावनी दिएका हुन् ।‘अदालतले समेत विद्युत् म

    • प्रकाशित मितिः पुस २७, २०८०
    • 193 पटक पढिएको
  • चन्द्र भण्डारीको प्रश्न : बलात्कार र प्रेम भनेको के हो ?

    काठमाण्डौ   ।  नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीले बलात्कार कुन अवस्थालाई मान्ने सम्बन्धमा कानुनी व्याख्याको आवश्यकता रहेको बताएका छन् ।बिहीबार सामाजिक सञ्जालमा लेख्दै कस्तो अवस्थालाई प्रेम भन्ने भनेर प्रश्न पनि गरेका छन्।‘कस्तो अवस्थालाई बलात्कार ? बलात्कार भनेको के हो ? अनि प्रेम के हो ? प्रेम बलात्कारमा परिणत हुन्छ हुँदैन ? परिभाषाको आवश्यकता,’ भण्डारीले भनेका छन् ।

    • प्रकाशित मितिः पुस २७, २०८०
    • 286 पटक पढिएको
  • आज ३०२औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस

    काठमाण्डौ   ।   आज ३०२औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाईंदैछ । ३०२औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मुल समारोह समितिले विशेष कार्यक्रम गरेर पृथ्वी जयन्ती मनाउँदै छ ।१७७९ साल पुस २७ गते गोरखामा जन्मिनुभएका पृथ्वीनारायण शाहलाई नेपाल एकीकरणका नायकका रुपमा मान्ने गरिन्छ । शाहले त्यसबेला बाइसे, चौविसे लगायत धेरै राज्यमा विभाजित नेपालको भूगोललाई एकीकरण गर्नुभएको थियो । यहि योगदानको कदर गर्दै पुस २७ लाई पृथ्वी जयन्तीका रुपमा मनाउने गरिएको छ ।सबै जातजाति, भाषाभाषीको सहयोग लिएर नेपाल एकीकरणको श्रीगणेश गर्नुभएका पृथ्वीनारायण शाहको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम

    • प्रकाशित मितिः पुस २७, २०८०
    • 350 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौं । तराईका अधिकांश स्थानमा बिहानैदेखि हुस्सु र कुहिरो लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान कोशी र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली छ। बाँकी भागमा मौसम मुख्यतया सफा छ। दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।राति कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी र कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली हुनेछ। देशका बाँकी भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ। चिसोबाट समेत बच्ने उपाय तथा सतर्कता अपनाउनसमेत उसले आग्रह गरेको छ। 

    • प्रकाशित मितिः पुस २७, २०८०
    • 208 पटक पढिएको
  • सशस्त्रको २३ औं वार्षिकोत्सवमा हलचोकमा कविता प्रतियोगिता

    काठमाण्डौ   ।   सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक काठमाडौंले ५० हजार पुरस्कार राशि रहेको खुला राष्ट्रव्यापी कविता प्रतियोगिताको आयोजना गरेको छ।सशस्त्र प्रहरी बलको २३ औँ वार्षिकोत्सवको अवसरमा कविता लेखन तथा वाचन प्रतियोगिताको आयोजना गरिएको सशस्त्र प्रहरी बलले बताएको छ। सशस्त्र प्रहरी बल, नेपाल र यसको कार्यादेशसँग सम्बन्धित विषय वा शीर्षकमा कविता लेख्न सकिने छ। प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुने कविताले पुरस्कार स्वरूप क्रमशः ५० हजार, ३० हजार र १५ हजार रुपैयाँ नगद पाउने छन्। यस्तै उत्कृष्ट सातमा परेका सात जना प्रतियोगीहरूलाई सात हजार रुपैयाँका दरले प्रोत्सा

    • प्रकाशित मितिः पुस २६, २०८०
    • 236 पटक पढिएको
  • शेख हसिना बंगलादेशको पाँचौं पटक प्रधानमन्त्रीको सपथ लिँदै

    काठमाण्डौ  ।   बंगलादेशको आमनिर्वाचनमा अवामी लिग पार्टीको जितपछि शेख हसिनाले आज पाँचौं पटक प्रधानमन्त्रीको सपथ लिने भएकी छन् ।  हिजो ३६ सदस्यीय मन्त्रिपरिषद् घोषणा गरेको हसिना नेतृत्वको अवामी लिग सरकारको आज सपथको कार्यक्रम रहेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार, हालका १४ मन्त्रीले नयाँ मन्त्रिपरिषद्मा स्थान पाएका छैनन् । जसमा परराष्ट्रमन्त्री एके अब्दुल मोमेन, परराष्ट्र राज्यमन्त्री शहरयार आलम, अर्थमन्त्री एएचएम मुस्तफा कमल, योजनामन्त्री अब्दुल मन्नान, कृषिमन्त्री अब्दुर रज्जाक र वाणिज्यमन्त्री टिपु मुन्शीजस्ता नाम सामेल छन् । बंगलादेशका क्याबिनेट सचिव महबूब हुसेनले बिहीबा

    • प्रकाशित मितिः पुस २६, २०८०
    • 166 पटक पढिएको
  • प्रहरी सहायक निरीक्षक घुससहित पक्राउ

    काठमाडौं  ।   बाँकेको प्रहरी चौकी खडैचाका प्रहरी सहायक निरीक्षक ८ हजार घुससहित पक्राउ परेका छन्। प्रहरी सहायक निरीक्षक गजेन्द्र सिंह भण्डारीलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयको नेपालगन्ज सम्पर्क कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो। कृषि प्रयोजनको लागि ल्याएको युरिया मलसहित पक्राउ परेको मोटरसाइकल छुटाइदिने भनी घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा उनलाई सेवाग्राहीबाट ८ हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको हो। उनीविरुद्ध अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयका सहायक प्रवक्ता देवीप्रसाद थपलियाल

    • प्रकाशित मितिः पुस २६, २०८०
    • 190 पटक पढिएको
  • नेपाल प्रहरीको प्रवक्तामा डिआइजी ढकाल

    काठमाडौं  ।  प्रहरी प्रधान कार्यालयको प्रवक्तामा प्रहरी नायव महानिरीक्षक (डिआइजी) भीमप्रसाद ढकाल तोकिएका छन् । यसअघि उनी सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख थिए ।यसअघिका प्रवक्ता डिआइजी कुवेर कडायतको लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा सरुवा भएको छ । मन्त्रिपरिषद् बैठकले प्रहरीमा रहेका २० डिआइजीमध्ये १६ जनाको सरुवा गरेको हो । जसमा ७ वटै प्रदेशका प्रहरी प्रमुखको सरुवा भएको छ ।

    • प्रकाशित मितिः पुस २६, २०८०
    • 339 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.