समाचार

    Showing 17,511-17,520 of 25,912 items.
  • नक्कली नोट छाप्दै गरेका एकजना पक्राउ

    काठमाण्डौ । बनेपामा सञ्चालित एचएम मोबाइल सेन्टरमा नक्कली नोट छाप्दा–छाप्दै बेथानचोक ३ का सबिन हुमागाईंलाई प्रहरीले पक्राउ गरेको हो । हुमागाईंको मोबाइल पसलबाट प्रहरीले ६९ हजार ५ सय रुपैयाँ नक्कली नोटसमेत बरामद गरेको छ ।जसमा ६९ थान एक हजारको नोट र पाँच सयको एउटा नोट बरामद भएको हो । साथै प्रहरीले मोबाइल, आइफोन, ल्यापटप र प्रिन्टरसमेत नियन्त्रणमा लिएको छ ।ललितपुरको लगनखेलबाट दुईजना कारोबार गर्दा गर्दै नियन्त्रणमा लिएपछि सोधपुछ गर्दा धापाखेलको प्रहरी र इलाका प्रहरी कार्यालय बनेपाको टोलीको टोलीले हुमागाईंसहित नक्कली नोट बरामद गरेको हो ।हुमागाईंलाई जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको जिल्ला प्रहरी प्

    • प्रकाशित मितिः चैत २, २०८०
    • 266 पटक पढिएको
  • चारजना हुण्डी कारोबारी पक्राउ

    वीरगञ्ज । हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा एक महिलासहित ४ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१० बस्ने कुनाल कुमार जैसवाल, वडा नं २२ बस्ने वीरेन्द्र साह तेली, रेखाकुमारी साह र पर्सा जगरनाथपुर गाउँपालिका–६ बस्ने मितुकुमार कुर्मी छन्।उनीहरूलाई वीरगञ्ज–१० आदर्शनगर स्थित कुनाल कुमार जैसवालको किराना पसलबाट विभिन्न बैंकका चेक र नगदसहित पक्राउ गरिएको हो। उनीहरूको साथबाट ४ लाख ३ हजार नगद, विभिन्न बैंकको चेकबुक १३ थान, बैंकहरूको काटिएको चेक ६६ थान, डिपोजिट स्लिप ५ थान–एटिएम कार्ड ३ थान र मोबाइल सात थान बरामद गरिएको पर्साका प्रहरी प्रवक्ता डिएसपी कुमार विक्रम थापाले जानकार

    • प्रकाशित मितिः चैत २, २०८०
    • 240 पटक पढिएको
  • सीआईबी प्रमुखमा श्यामलाल ज्ञवाली

    काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को प्रमुखको जिम्मा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीले पाएका छन् ।शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले सीआईबीमा ज्ञवालीलाई पठाउने निर्णय गरेको हो । यसअघि सीआईबीकी निर्देशक रहेकी एआईजी किरण बज्राचार्यलाई प्रहरी प्रधान कार्यालयको कार्यविभागको जिम्मेवारी दिइएको छ ।सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बज्राचार्यलाई कुनै कारबाहीका लागि नभई सरुवा मात्रै गरिएको बताइन्। सुन तस्करी सम्बन्धी जाँचका लागि गठित उच्चस्तरीय आयोगले बज्राचार्यको अनुसन्धानमा गम्भीर त्रुटि औंल्याएपछि उनलाई जिम्मेवारीबाट हटाउने तयारी भ

    • प्रकाशित मितिः चैत २, २०८०
    • 414 पटक पढिएको
  • सुन तस्करी प्रकरण : पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुन पक्राउ

    काठमाडौं । सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन पक्राउ परेका छन्। प्रहरी प्रधान कार्यालय, नक्सालबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको छ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भई आएको ६०.७१६ सुन तस्करी घटनामा संलग्न रहेको अभियोगमा पुन पक्राउ परेका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी भीम ढकालले धुम्बाराहीबाट पुन पक्राउ परेको जानकारी दिएका छन । गत २ साउनमा बरामद भएको तस्करीको सुन प्रकरणमा पूर्वन्यायाधीश डिल्ली आचार्य नेतृत्वमा गठित जाँचबुझ आयोगको सिफारिसका आधारमा पुनलाई पक्राउ गरिएको हो ।सुन तस्करी प्रकरणमा जोडिएकाहरूलाई कारबाही अघि

    • प्रकाशित मितिः चैत २, २०८०
    • 696 पटक पढिएको
  • भरुवा बन्दुकसहित एक पक्राउ

    रौटहट  ।  कञ्चनपुरको कृष्णपुरबाट भरुवा बन्दुकसहित एक युवक पक्राउ परेका छन्। कृष्णपुर नगरपालिका– १ बेलकुण्डीका ४४ वर्षीय मोहन राना भरुवा बन्दुकसहित पक्राउ परेका हुन्।शनिबार राती रानालाई गैरकानुनी रूपमा राखेको भरुवा बन्दुकसहित घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।कार्यालयका प्रवक्ता प्रकाश डाँगीले घरमा खानतलासी गर्दा फेला परेको भरुवा बन्दुकसहित रानालाई पक्राउ गरिएको बताए। रानाविरुद्ध हतियार खरखजनासम्बन्धी मुद्दा दायर गरिने उनले जानकारी दिए ।

    • प्रकाशित मितिः चैत २, २०८०
    • 251 पटक पढिएको
  • नेपाल टेलिकमको टावरमा शक्तिशाली बम विस्फोट

    सिन्धुली । सिन्धुलीको सुनकोशी गाउँपालिका १, दुम्जास्थित नेपाल टेलिकमको टावरमा प्रेसरकुकर बम विस्फोट भएको छ ।विस्फोटबाट दुम्जामा रहेको वीपी पार्क नजिकै रहेको टेलिकमको टावर तथा घरमा क्षति पुगेको बताइएको छ । शुक्रबार बिहान करिव ३ बजेको समयमा विस्फोटको आवाज आएपछि स्थानीयले गरेको खबरका आधार घटना स्थल पुगेको सिन्धुली प्रहरीले शक्तिशाली प्रेसर कुकर बम विस्फोट भएको पुष्टि गरेको छ ।घटना स्थलमा पिपुल विब्रेसन आर्मी र जनमुक्ति सेना लेखेको पर्चासहित दुईवटा पेट्रोलको बोतल फेला पारिएको प्रहरीले जनाएको छ । उक्त घटनामा संलग्नको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

    • प्रकाशित मितिः चैत २, २०८०
    • 146 पटक पढिएको
  • कांग्रेसको अवरोधसँगै प्रतिनिधिसभाको बैठक स्थगित

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदको वेल घेराउ गरेको छ ।शुक्रबारको प्रतिनिधि सभाको दोस्रो बैठकमा सभामुख देवराज घिमिरेले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई राजनैतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० माथी विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिएसँगै काँग्रेस सांसदहरुले संसदको वेल घेराउ गरेका हुन् ।कांग्रेस सांसदरहरूले कयौँ सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री लामिछानेबारे प्रष्ट जवाफ नआएसम्म संसद् चल्न नसक्ने बताए।कांग्रेसको अवरोधसँगै प्रतिनिधिसभाको अर्को बैठक आइतबार ११ बजे बस्ने गरी स्थगित भएको छ ।

    • प्रकाशित मितिः चैत २, २०८०
    • 354 पटक पढिएको
  • सरकार र लघुवित्त पीडितबीच भएकाे ६ बुँदे सहमति

    काठमाण्डौ ।   सरकार र लघुवित्त पीडितबीच ६ बुँदे सहमति भएको छ । शुक्रबार सरकारी वार्ता टोलीका संयोजक नारायणप्रसाद रिसाल र आन्दोलनरत पक्षको तर्फबाट केन्द्रीय अध्यक्ष पुनाराम (मनिराम) ज्ञवालीबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो ।अर्थ मन्त्रालयमा भएको उक्त सहमतिसँगै संघर्ष समितिको तर्फबाट आजैदेखि आन्दोलनका कार्यक्रम स्थगित गरिएको छ । सहमतिको पहिलो बुँदामा लघुवित्त वित्तीय संस्थालाई थप सेवामुखी संस्थाको रूपमा सञ्चालन गर्न नीतिगत एवं कानूनी व्यवस्थाका लागि नेपाल राष्ट्र बैंकलाई अनुरोध गर्ने उल्लेख छ ।अर्थ मन्त्रालयले वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुखको संयोजकतत्वमा

    • प्रकाशित मितिः चैत २, २०८०
    • 371 पटक पढिएको
  • स्टाफ नर्सकाे हत्या भएको अवस्थामा शव फेला

    काठमाडौं । नोबेल शिक्षण अस्पतालमा कार्यरत नर्सको हत्या भएको छ । विराटनगर महानगरपालिका–४ स्थित एउटा घरमा २३ वर्षीया चन्द्रिकाकुमारी दासको शव विभत्स अवस्थामा भेटिएको मोरङ प्रहरीले जनाएको छ । दास नोबेल शिक्षण अस्पतालमा कार्यरत स्टाफ नर्स हुन् । उनी डेरा गरेर बसेको घरको कोठामा हत्या गरेर शौचालयमा फालिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ। सिराहाको फुल्काहकट्टी घर भएकी उनी डेरा बस्न थालेको ३–४ महिना मात्रै भएको थियो ।

    • प्रकाशित मितिः चैत २, २०८०
    • 352 पटक पढिएको
  • फागुनमा साढे ६५ हजार नेपाली विदेशिए

    काठमाडौं  । नेपालमा रोजगार नभएपछि काम खोज्दै एक महिनामा साढे ६५ हजार नेपाली विदेशिएका छन् । चालु आर्थिक वर्ष ९आव० २०८०र८१ आठ महिनामा नयाँ तथा पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या ४ लाख ७१ हजार २ सय १० पुगेको छ ।नेपालबाट हरेक दिन औसत २ हजार नेपाली काम खोज्दै विदेशिने गरेका छन् । वैदैशिक रोजगार विभागको तथ्यांक अनुसार फागुन २०८० मा मात्र ६५ हजार ६ सय ५८ जनाले नयाँ तथा पुनः श्रम स्वीकृति लिएका छन् । फागुनमा काम खोज्दै विदेशिने मध्ये ६ हजार ७ सय ६८ महिला छन् । पछिल्लो तीन महिना यता लगातार ६० हजार भन्दा माथिको संख्यामा नेपाली विदेशिएको तथ्यांकमा देखिन्छ । तथ्यांक अनुसार यो वर्ष आठ महिना

    • प्रकाशित मितिः चैत २, २०८०
    • 407 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.