काठमाण्डौ । बनेपामा सञ्चालित एचएम मोबाइल सेन्टरमा नक्कली नोट छाप्दा–छाप्दै बेथानचोक ३ का सबिन हुमागाईंलाई प्रहरीले पक्राउ गरेको हो । हुमागाईंको मोबाइल पसलबाट प्रहरीले ६९ हजार ५ सय रुपैयाँ नक्कली नोटसमेत बरामद गरेको छ ।
जसमा ६९ थान एक हजारको नोट र पाँच सयको एउटा नोट बरामद भएको हो । साथै प्रहरीले मोबाइल, आइफोन, ल्यापटप र प्रिन्टरसमेत नियन्त्रणमा लिएको छ ।
ललितपुरको लगनखेलबाट दुईजना कारोबार गर्दा गर्दै नियन्त्रणमा लिएपछि सोधपुछ गर्दा धापाखेलको प्रहरी र इलाका प्रहरी कार्यालय बनेपाको टोलीको टोलीले हुमागाईंसहित नक्कली नोट बरामद गरेको हो ।
हुमागाईंलाई जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको जिल्ला प्रहरी प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।