सिन्धुली । सिन्धुलीको सुनकोशी गाउँपालिका १, दुम्जास्थित नेपाल टेलिकमको टावरमा प्रेसरकुकर बम विस्फोट भएको छ ।

विस्फोटबाट दुम्जामा रहेको वीपी पार्क नजिकै रहेको टेलिकमको टावर तथा घरमा क्षति पुगेको बताइएको छ । शुक्रबार बिहान करिव ३ बजेको समयमा विस्फोटको आवाज आएपछि स्थानीयले गरेको खबरका आधार घटना स्थल पुगेको सिन्धुली प्रहरीले शक्तिशाली प्रेसर कुकर बम विस्फोट भएको पुष्टि गरेको छ ।

OM Sai Pathibhara Hospital

घटना स्थलमा पिपुल विब्रेसन आर्मी र जनमुक्ति सेना लेखेको पर्चासहित दुईवटा पेट्रोलको बोतल फेला पारिएको प्रहरीले जनाएको छ । उक्त घटनामा संलग्नको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।