काठमाडौं । नोबेल शिक्षण अस्पतालमा कार्यरत नर्सको हत्या भएको छ ।

विराटनगर महानगरपालिका–४ स्थित एउटा घरमा २३ वर्षीया चन्द्रिकाकुमारी दासको शव विभत्स अवस्थामा भेटिएको मोरङ प्रहरीले जनाएको छ । दास नोबेल शिक्षण अस्पतालमा कार्यरत स्टाफ नर्स हुन् । उनी डेरा गरेर बसेको घरको कोठामा हत्या गरेर शौचालयमा फालिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ।

OM Sai Pathibhara Hospital

सिराहाको फुल्काहकट्टी घर भएकी उनी डेरा बस्न थालेको ३–४ महिना मात्रै भएको थियो ।