काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदको वेल घेराउ गरेको छ ।

शुक्रबारको प्रतिनिधि सभाको दोस्रो बैठकमा सभामुख देवराज घिमिरेले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई राजनैतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० माथी विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिएसँगै काँग्रेस सांसदहरुले संसदको वेल घेराउ गरेका हुन् ।

OM Sai Pathibhara Hospital

कांग्रेस सांसदरहरूले कयौँ सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री लामिछानेबारे प्रष्ट जवाफ नआएसम्म संसद् चल्न नसक्ने बताए।कांग्रेसको अवरोधसँगै प्रतिनिधिसभाको अर्को बैठक आइतबार ११ बजे बस्ने गरी स्थगित भएको छ ।