काठमाडौं । सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन पक्राउ परेका छन्। प्रहरी प्रधान कार्यालय, नक्सालबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भई आएको ६०.७१६ सुन तस्करी घटनामा संलग्न रहेको अभियोगमा पुन पक्राउ परेका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी भीम ढकालले धुम्बाराहीबाट पुन पक्राउ परेको जानकारी दिएका छन । 

OM Sai Pathibhara Hospital

गत २ साउनमा बरामद भएको तस्करीको सुन प्रकरणमा पूर्वन्यायाधीश डिल्ली आचार्य नेतृत्वमा गठित जाँचबुझ आयोगको सिफारिसका आधारमा पुनलाई पक्राउ गरिएको हो ।

सुन तस्करी प्रकरणमा जोडिएकाहरूलाई कारबाही अघि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई आज बिहान निर्देशन दिएका थिए ।