रौटहट  ।  कञ्चनपुरको कृष्णपुरबाट भरुवा बन्दुकसहित एक युवक पक्राउ परेका छन्। कृष्णपुर नगरपालिका– १ बेलकुण्डीका ४४ वर्षीय मोहन राना भरुवा बन्दुकसहित पक्राउ परेका हुन्।

शनिबार राती रानालाई गैरकानुनी रूपमा राखेको भरुवा बन्दुकसहित घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

OM Sai Pathibhara Hospital

कार्यालयका प्रवक्ता प्रकाश डाँगीले घरमा खानतलासी गर्दा फेला परेको भरुवा बन्दुकसहित रानालाई पक्राउ गरिएको बताए। रानाविरुद्ध हतियार खरखजनासम्बन्धी मुद्दा दायर गरिने उनले जानकारी दिए ।