समाचार

    Showing 17,411-17,420 of 25,912 items.
  • आज प्रतिनिधिसभाको बैठक बस्दै

    काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्न लागेको हो । बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी  पत्रको व्यहोरा पढेर सुनाउनेछन् ।ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए)को स्थापनासँग सम्बन्धित सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।अर्थमन्त्री वर्षमान पुनले बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति मा

    • प्रकाशित मितिः चैत १८, २०८०
    • 275 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा मध्यप्रदेश साथै ओडिसा आसपासमा रहेको चक्रिय परिसंचरनको पनि प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ।दिउँसो देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मुख्यतयाः सफा रहने छ। देशको पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।राती भने देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने

    • प्रकाशित मितिः चैत १८, २०८०
    • 274 पटक पढिएको
  • राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी उपनिर्वाचनका लागि इलाम-२ मा मिलन लिम्बुलाइ उम्मेदवारी घोषणा

    काठमाडौँ । आगामी वैशाख १५ गते इलाम-२ मा हुन लागेको प्रतिनिधि सभाको उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारी घोषणा गरेको छ । पार्टीका सभापति रवि लामिछाने सहितका पार्टीका नेताहरू इलाम पुगेर उम्मेदवार सार्वजनिक गरेका हुन । इलामको चोक बजार लाँकुरी चौतारामा एक कार्यक्रम गरी पत्रकारसमेत रहेका मिलन लिम्बुको उम्मेदवारी सार्वजनिक गरिएको हो । उम्मेदवारी सार्वजनिक कार्यक्रममा युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ, ललितपुर-३ की सांसद तोशिमा कार्की लगायतका वक्ताहरूले सम्बोधन गरिरहेका छन् ।उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले स्वर्गीय नेता सुवास नेम्वाङको विरासत बोक्न इलामको माटो

    • प्रकाशित मितिः चैत १७, २०८०
    • 354 पटक पढिएको
  • लागुऔषध ब्राउन सुगर सहित ७ जना पक्राउ

    मोरङ  ।  झापा र मोरङ जिल्लाको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो झापाको इलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा रहेका कन्काई नगरपालिका-४  का २१ बर्षीय सन्जय चौधरी र ३० बर्षीय रोशन चौधरीलाई चेकजाँच गर्दा उनिहरुको साथबाट ५ ग्राम २ सय ९० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।  ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाको प्रहरी टोलीले मेचीनगर नगरपालिका-६ स्थितबाट भोजपुर ट्याम्केमैयुम गाउँपालिका-७ का २९ बर्षीय उगेन दर्जीको साथबाट २ ग्र

    • प्रकाशित मितिः चैत १७, २०८०
    • 289 पटक पढिएको
  • पोखरामा बस दुर्घटना हुँदा दुई जना घाइते

    काठमाण्डौ  ।  पोखराको लेखनाथ अर्चलेमा बस दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । लेखनाथ क्षेत्रको आरुपाटाबाट पोखरा आउँदै गरेको ग१ख ८६८० नम्बरको बस अर्चलेमा दुर्घटना भएको हो ।दुर्घटनामा बसका चालक टीकाराम बिक र सहचालक सालिकराम सुवेदी घाइते भएका छन् । उनीहरूको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार हुँदै छ । बसमा चालक र सहचालकमात्र रहेको जिल्ला प्रहरी कार्यालयल कास्कीका सूचना अधिकारी सूर्यबहादुर रानामगरले जानकारी दिए ।बस दुर्घटना भएको तस्वीर र भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । बस सडकमा ठाडै उभिएको छ । त्यही तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल भएको हो । 

    • प्रकाशित मितिः चैत १७, २०८०
    • 604 पटक पढिएको
  • बस र कार ठोक्किदा पोखराका ३ जना घाइते

    काठमाण्डौ  ।  तनहुँमा रोकि राखेको बसलाई कारले ठक्कर दिँदा ३ जना घाइते भएका छन् । शनिबार विहान पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा दुर्घटना भएको हो ।पोखराबाट दमौलीतर्फ गइरहेको ना ५ ख ५३५९ नम्बरको बसको पछाडीको भागमा सोही दिशाबाट आइरहेको बाग्मती बि एसि ५७४० नम्बरको कार ठोक्किएको थियो ।दुर्घटनामा कार चालक कास्कीको पोखरा महानगरपालिका–२५ का ३१ वर्षीय विकास त्रिपाठीसँगै सवार पोखरा–१६ का ३२ वर्षीय विकास बानियाँ र पोखरा–१९ का ३१ वर्षीय सञ्जिव भण्डारी घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । घाइतेको रत्नहरी मेमोरियल अस्पताल दमौलीमा उपचार भइरहेकोे

    • प्रकाशित मितिः चैत १७, २०८०
    • 410 पटक पढिएको
  • हात्तीको आक्रमणबाट महिलाको मृत्यु

    झापा  ।  झापाको कमल गाउँपालिका-२ स्थितमा जंगली हात्तीको आक्रमणबाट १ जना महिलाको मृत्यु भएको छ ।हिजो राती साढे ११ बजे स्थानिय ५८ बर्षीया खड्ग माया लिम्बु छिमेकीको भुई तले झुप्री घरमा सुति रहेको अवस्थामा नजिकै रहेको जंगलबाट जंगली हात्ती आई आक्रमण गर्दा लिम्बुको घट्नास्थलमा नै मृत्यु भएको हो । मृतक लाशलाई पोष्टमार्टमको लागि दमक अस्पताल पठाईको छ भने, स्थानिय बासी र प्रहरीको सहयोगमा हात्तीलाई जंगलतर्फ लखेटिएको छ ।

    • प्रकाशित मितिः चैत १७, २०८०
    • 281 पटक पढिएको
  • ट्रयाक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु

    झापा  ।  इलामको रोङ गाउँपालिका-३ कोल्बुङ स्थितमा ट्रयाक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । हिजो राती साढे ९ बजे कोल्बुङबाट मार्सेतर्फ जादै गरेको मे.१ त २४०८ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई सडकबाट करिव ३० मिटर तल झरी  दुर्घटना हुँदा ट्याक्टरमा सवार रहेका इलाम नगरपालिका-४ का १७ बर्षीय रञ्जित लिम्बुको घटनास्थलमा नै मृत्यु भएको हो । घटनामा संलग्न ट्याक्टर चालक २६ बर्षीय मनोज राईलाई इलाका प्रहरी कार्यालय पशुपतिनगरले नियन्त्रणमा लिई घटना सम्वन्धमा थप अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः चैत १७, २०८०
    • 281 पटक पढिएको
  • गोर्खा तर्फ जाँदै गरेको कार त्रीशुलीमा खस्यो

    काठमाण्डौ  ।    काठमाण्डौ बाट गोर्खा तर्फ जादै गरेको कार मुग्लिन देखी एक कि.मि. अगाडि  त्रीशुलीमा खसेको छ। कारमा जम्मा ५ जना रहेको जनाइएको र दुर्घाटनामा परेका यात्रु गोर्खा न. पा. वडा न- ७ निवासी रहेको जनाइएको छ भने अहिले घटना स्थलमा नेपाल प्रहरी , ससस्त्र प्रहरी , विपत ब्याबस्थापन टोली सहित स्थानिय उद्धारमा जुटेका छन ।काठमाडौबाट गोरखा जाँदै गरेको कार दुर्घटना हुँदा मृत्यु भएको र कारमा सवार ५ जनाकै पहिचान खुलेको छ।प्रहरीले जनाए अनुसार मृत्यु हुनेमा कार चालक गोर्खा न.पा.७ बस्ने बर्ष ३५ को अर्जुन शिर्मल रहेका छन। यस्तै कारमा सवार गोर्खा न.पा. ७ बस्ने बर्ष ४१ की हरिमायां रोकाय

    • प्रकाशित मितिः चैत १७, २०८०
    • 339 पटक पढिएको
  • आज झापामा विद्युत सेवा अवरुद्ध

    झापा  ।  आज शनिबार दिनभरि झापासहित पूर्वका केही जिल्लामा विद्युत सेवा अवरुद्ध हुने भएको छ ।पाडाजुङ्गी स्विचयार्डमा मर्मत कार्य हुने भएकाले दुहबीमा सटडाउन हुने हुदा आज बिहान ८ देखि दिउँसो १ बजेसम्म  विद्युत आपूर्ति नहुने प्राधिकरणले जनाएको छ । प्राधिकरणको अनारमनी र भद्रपुर वितरण केन्द्रले सूचना जारी गरी वितरण केन्द्र अन्तर्गतका सम्पूर्ण स्थानहरुमा विद्युत अबरुद्ध हुने जानकारी गराएको छ ।

    • प्रकाशित मितिः चैत १७, २०८०
    • 392 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.