झापा  ।  इलामको रोङ गाउँपालिका-३ कोल्बुङ स्थितमा ट्रयाक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

हिजो राती साढे ९ बजे कोल्बुङबाट मार्सेतर्फ जादै गरेको मे.१ त २४०८ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई सडकबाट करिव ३० मिटर तल झरी  दुर्घटना हुँदा ट्याक्टरमा सवार रहेका इलाम नगरपालिका-४ का १७ बर्षीय रञ्जित लिम्बुको घटनास्थलमा नै मृत्यु भएको हो ।IMG-20240326-WA0000 4

OM Sai Pathibhara Hospital

 घटनामा संलग्न ट्याक्टर चालक २६ बर्षीय मनोज राईलाई इलाका प्रहरी कार्यालय पशुपतिनगरले नियन्त्रणमा लिई घटना सम्वन्धमा थप अनुसन्धान गरिरहेको छ ।