काठमाडौँ । आगामी वैशाख १५ गते इलाम-२ मा हुन लागेको प्रतिनिधि सभाको उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारी घोषणा गरेको छ । पार्टीका सभापति रवि लामिछाने सहितका पार्टीका नेताहरू इलाम पुगेर उम्मेदवार सार्वजनिक गरेका हुन । IMG-20240326-WA0000 5

इलामको चोक बजार लाँकुरी चौतारामा एक कार्यक्रम गरी पत्रकारसमेत रहेका मिलन लिम्बुको उम्मेदवारी सार्वजनिक गरिएको हो । उम्मेदवारी सार्वजनिक कार्यक्रममा युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ, ललितपुर-३ की सांसद तोशिमा कार्की लगायतका वक्ताहरूले सम्बोधन गरिरहेका छन् ।FB_IMG_1711796324365

OM Sai Pathibhara Hospital

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले स्वर्गीय नेता सुवास नेम्वाङको विरासत बोक्न इलामको माटोमा राष्ट्रिय स्वतन्त्र पार्टी आएको बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा.स्वर्णिम वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टीले २०८४ सालको चुनावमा १५० सिट जित्ने लक्ष्य लिएको बताएका छन् । शनिबार इलाम क्षेत्र नम्बर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार सार्वजनिक कार्यक्रममा बोल्दै उनले इलामबाट रास्वपाले एक सिट थपेर २२ पुग्ने बताएका हुन् । उनले इलाममा आएको कम्पनले सिङ्गो नेपाल र विश्वभरि छरिएका नेपालीमा उत्साहको कम्पन आउने दाबी गरे । वाग्लेले इलाममा उत्पादन हुने अलैँची लगायतका कृषि उत्पादन वृद्धि र व्यापार बढाउनका लागि धेरै काम गर्ने उल्लेख गरे ।FB_IMG_1711796330355

उनले पार्टीले उदार अर्थनीति अँगालेको बताउँदै शक्ति पृथकीकरणको सिद्धान्तमा पार्टीले विश्वास गर्ने र पार्टी सङ्घीयता विरोधी नरहेको बताए । वाग्लेले उम्मेदवार मिलन लिम्बु स्थानीयबासी भएकोले सो ठाउँ बुझेको मान्छे भएकोले पार्टीले सहर्ष रूपमा उम्मेदवार स्वीकार गरेको बताए । स्थानीयको मन जितेर मतमा रूपान्तर गर्न सिङ्गो पार्टी नै होमिने वाग्लेले बताए ।