काठमाण्डौ  ।  तनहुँमा रोकि राखेको बसलाई कारले ठक्कर दिँदा ३ जना घाइते भएका छन् । शनिबार विहान पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा दुर्घटना भएको हो ।

पोखराबाट दमौलीतर्फ गइरहेको ना ५ ख ५३५९ नम्बरको बसको पछाडीको भागमा सोही दिशाबाट आइरहेको बाग्मती बि एसि ५७४० नम्बरको कार ठोक्किएको थियो ।

OM Sai Pathibhara Hospital

दुर्घटनामा कार चालक कास्कीको पोखरा महानगरपालिका–२५ का ३१ वर्षीय विकास त्रिपाठीसँगै सवार पोखरा–१६ का ३२ वर्षीय विकास बानियाँ र पोखरा–१९ का ३१ वर्षीय सञ्जिव भण्डारी घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । घाइतेको रत्नहरी मेमोरियल अस्पताल दमौलीमा उपचार भइरहेकोे छ ।