मोरङ  ।  झापा र मोरङ जिल्लाको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो दिउँसो झापाको इलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा रहेका कन्काई नगरपालिका-४  का २१ बर्षीय सन्जय चौधरी र ३० बर्षीय रोशन चौधरीलाई चेकजाँच गर्दा उनिहरुको साथबाट ५ ग्राम २ सय ९० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।  IMG-20240326-WA0000 5

OM Sai Pathibhara Hospital

ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाको प्रहरी टोलीले मेचीनगर नगरपालिका-६ स्थितबाट भोजपुर ट्याम्केमैयुम गाउँपालिका-७ का २९ बर्षीय उगेन दर्जीको साथबाट २ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने प्रहरी बिट मेचिपुल झापाबाट खटीएको प्रहरी टोलीले चेकजाँचको क्रममा मे.३ प ७८११ नम्बरको मोटरसाईकलमा सवार रहेका हल्दीबारी गाउँपालिका-२ का २४ बर्षीय कमल विश्वकर्मा र २० बर्षीय प्रतिक तामाङलाई १ ग्राम ६२० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।

 त्यसै गरी मोरङको सुन्दरहरैचा नगरपालिका- ७ स्थितमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा  सुनसरीको ईटहरी-५ का २५ बर्षीय जीबन लिम्बु र बर्षीय २६ को सुमन लिम्बुलाई २ ग्राम ५१ मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो ।प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको छ ।