काठमाण्डौ । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ । मुलुकमा सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले हरेक वर्ष मे २ तारिखका दिन राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइने गरेको छ । आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा विशेष समारोह आयोजना गर्ने भएको छ । सोही समारोहमा सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा योगदान गरेका व्यक्ति तथा सङ्घसंस्था मध्येबाट सर्वोत्कृष्टलाई पुरस्कार प्रदान गर्ने कार्यक्रम छ ।सरकारले कृषि, पर्यटन, ऊर्जासँगै सूचना प्रविधिलाई पनि आर्थिक समृद
काठमाण्डौ । सेती नदीमा बेपत्ता भएका कार चालकको शव तीन दिनपछि फेला परेको छ । धनगढी उपमहानगरपालिक-३ कैलालीका अन्दाजी ३८ वर्षीय नर बहादुर तामाङको शव बुधबार फेला परेको हो ।डोटीको शिखर नगरपालिका-८ लुवाखडीस्थित सडक किनारमा कार रोकेर सेती नदिमा नुहाउन गएका चालक तामाङ सोमबार बेपत्ता भएका थिए । धनगढीबाट अछाम तर्फ जाँदै गरेको सु.प.प्र. ०१ ००१ ज. १५३४ नम्बरको अल्टो कारका चालक तामाङ नुहाउने क्रममा बेपत्ता भएका थिए।तामाङको शव बेपत्ता भएकै स्थानमा फेला परेको शिखर नगरपालिकाका नगर प्रमुख दीर्घ बहादुर बलायरले बताए । बेपत्ता तामाङको खोजी कार्यका लागि अत्तरियास्थित सशस्त्र प्रहरी बल ७ नं वैद्यनाथ बाहि
काठमाण्डौ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। दिउसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली भई बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । कोशी, मधेस र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हावाहुरीको सम्भावना
काठमाण्डौ । सामाजिक सञ्जालको माध्यमबाट आम जनमानसमा भ्रम फैलाउने उद्देश्यले जथाभाबी अन्तरवार्ता दिएको आरोपमा प्रहरीले झापाको दमक नगरपालिका वडा नं-५ घर भई काठमाडौं महानगरपालिका वडा नं-३२ गैह्री गाउँ बस्ने ४६ वर्षीय डिल्लीराम खनाललाई मंगलबार पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो।जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार खनालले सामाजिक सञ्जाल मार्फत् सहकारी प्रकरणमा फरार जिबि राईकाे हत्या भएको र साे हत्यामा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भनी भ्रम फैलाएका थिए।नेपाल प्रहरीको वेभसाईडमा साे भिडियो प्राप्त भएपछि परिसरबाट खटिएको प्रहरी टोलीले कानून बमोजिम नि
काठमाण्डौ । चाँगुनारायण नगरपालिका–४ खनालचोक सेतोमाइक्रो पार्क नजिकै इनार खन्ने क्रममा निसासिएर २ जनाको मृत्यु भएको छ ।रामेछाप उमाकुण्ड गाउँपालिका–४ घर भएका २८ वर्षीय सन्देश सुनुवार र ४६ वर्षीय दीपक सुनुवारको बुधबार मृत्यु भएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख राजन कार्कीले इनार खन्ने क्रममा अन्दाजी ५५ फिट तल पुग्दा अचेत अवस्थामा रहेको जानकारी पाएलगत्तै प्रहरी पुगेको बताए।घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको र शव परीक्षणका लागि भक्तपुर अस्पतालमा राखिएको उनले जानकारी दिए ।
काठमाण्डौ । सशस्त्र प्रहरी बलका १८ जना वरिष्ठ उपरीक्षकहरुको सरुवा भएको छ। साधारणतर्फ १६ र प्राविधिकतर्फ २ जना वरिष्ठ प्रहरी उपरीक्षकहरुको सरुवा भएको हो।सशस्त्र प्रहरी प्रवक्ता समेत रहेका एसएसपी राजेन्द्र खड्कालाई युएन तालिम शिक्षालय ककनीमा सरुवा गरेको छ । रविनराज कर्णजितलाई पर्वतीय उद्दार तालिम शिक्षालय मनाङ्ग र सुधीरजंग थापालाई हुल तथा दंगा व्यवस्थाापन तालिम शिक्षालय लामापाटनमा गरेको छ।सञ्चार तथा इन्जिनियरिङ तर्फका इन्जिनियर प्रमोदकुमार शाह तेलीलाई प्राविधिक तालिम शिक्षालय काठमाडौँ र इन्जिनियर नानीराम हुमागाईंलाई कार्य विभागमा सरुवा गरिएको छ । यस्तो छ सरुवा सूची:-
मोरङ । मोरङ मिक्लाजुङ गाउँपालिका-७ लालिगुराँस टोल निवासी हर्क श्रेष्ठको जस्तापाताले छाएको एक तले च्वाइस होटलमा २:३० बजे आगलागीबाट पुर्ण नष्ट भएको छ ।उक्त आगलागी भएको खबर पाउनसाथ इलाका प्रहरी कार्यालय मधुमल्लाका प्रहरी घटना स्थलमा पुगेका थिए । आगलागी के-कुन कारणले भएको भन्ने इलाका प्रहरी कार्यालय मधुमल्लाले अनुसन्धान गरिरहेकाे बाताइएकाे छ । आगाे नियन्त्रण गर्न उर्लावारी, दमक, पथरीशनिश्वरे नगरपालिकाको दमकल तत्काल घटना स्थलमा पुगी र स्थानीयको सहयोगमा आगाे नियन्त्रणमा लिएकाकाे प्रहरीले जनाए । उक्त आगलागीबाट च्वाइस होटल घर, घर भित्र रहेको नगद, सुनचादी, अन्नपात, भाडावर
काठमाण्डौ । प्रहरीले अबैध भन्सार छली ल्याएको मोबाईल डिस्प्ले बरामद गरेको छ ।बाँकेको नेपालगंज उपमहानगरपालिका ४ बसपार्कस्थित कार्यालयबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याएका मोबाईल डिस्प्ले र ४०० पिस टच बरामद गरेको छ ।प्रहरीले अन्दाजी ८ लाख बराबरको सामान बरामद गरेको हो । साथै आवश्यक कारबाहीको लागी भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाईएको प्रहरीले जनाएको छ ।
काठमाण्डौ । पशुपति आर्यघाटस्थित विद्युत् शवदाह आगामी साउन १ गतेदेखि निःशुल्क हुने भएको छ ।पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले बुधबार कार्यभार ग्रहण गर्दै नागरिकले आफ्ना आफन्त गुमाउँदा आर्थिक अभावले पिरोलिनु नपरोस् भन्ने उद्देश्यले विद्युतीय शवदाह निःशुल्क गर्ने निर्णय गरेका हुन् । डा. थापाले सेतो सत्तल गुह्वेश्वरीमा बृहत् अन्तर्राष्ट्रिय पुस्तकालय निर्माण गर्ने निर्णय पनि गरेका छन् । अहिले विद्युतीय शवदाहका लागि ४ हजार ५०० शुल्क लाग्छ ।पशुपति मन्दिरको गर्भगृहमा जलहरी राख्ने सन्दर्भमा परेको मुद्दामा सदस्य सचिव डा. थापासहित तीन जनालाई विशेष अदालतले बुधबार सफाइ दिएको थ
काठमाण्डौ । गृह मन्त्रालयले सशस्त्र प्रहरी बल (एपीएफ) का १६ नायब महानिरीक्षक (डिआइजी) को सरुवा गरेको छ ।गृह मन्त्रालयको निर्णय अनुसार १६ जना डीआईजीको सरुवा गरिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।सरुवासँगै सशस्त्र प्रहरीका बाहिनीपतिहरू परिवर्तन भएका छन्।जसअनुसार नम्बर एक बराह बाहिनी सुनसरीमा शम्भु सुवेदी, नम्बर २ छिन्नमस्ता बाहिनी महोत्तरीमा कालीदास धौबजी, नेपाल नम्बर ३ गढीमाई बाहिनी मकवानपुरमा गणेशबहादुर ठाडामगरलाइ पठाइएको छ।नम्बर ६ महेश्वरी बाहिनी सुर्खेतमा दुर्गाप्रसाद भट्टराई, नम्बर ४ मुक्तिनाथ बाहिनी कास्कीमा कुलबहादुर नेम्वाङ र नम्बर ५ विन्ध्यवासिनी बाहिनी रुपन्देहीमा अभि
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.