काठमाण्डौ  । चाँगुनारायण नगरपालिका–४ खनालचोक सेतोमाइक्रो पार्क नजिकै इनार खन्ने क्रममा निसासिएर २ जनाको मृत्यु भएको छ ।IMG-20240417-WA0001 1

रामेछाप उमाकुण्ड गाउँपालिका–४ घर भएका २८ वर्षीय सन्देश सुनुवार र ४६ वर्षीय दीपक सुनुवारको बुधबार मृत्यु भएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख राजन कार्कीले इनार खन्ने क्रममा अन्दाजी ५५ फिट तल पुग्दा अचेत अवस्थामा रहेको जानकारी पाएलगत्तै प्रहरी पुगेको बताए।

घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको र शव परीक्षणका लागि भक्तपुर अस्पतालमा राखिएको उनले जानकारी दिए ।