मोरङ   ।     मोरङ मिक्लाजुङ गाउँपालिका-७ लालिगुराँस टोल निवासी हर्क श्रेष्ठको जस्तापाताले छाएको एक तले च्वाइस होटलमा २:३० बजे आगलागीबाट पुर्ण नष्ट भएको छ ।IMG-20240326-WA0000(1)

उक्त आगलागी भएको खबर पाउनसाथ इलाका प्रहरी कार्यालय मधुमल्लाका प्रहरी घटना स्थलमा पुगेका थिए । आगलागी के-कुन कारणले भएको भन्ने इलाका प्रहरी कार्यालय मधुमल्लाले अनुसन्धान गरिरहेकाे बाताइएकाे छ ।FB_IMG_1714567373837

OM Sai Pathibhara Hospital

आगाे नियन्त्रण गर्न उर्लावारी, दमक, पथरीशनिश्वरे नगरपालिकाको दमकल तत्काल घटना स्थलमा पुगी र स्थानीयको सहयोगमा आगाे नियन्त्रणमा लिएकाकाे प्रहरीले जनाए । उक्त आगलागीबाट च्वाइस होटल घर, घर भित्र रहेको नगद, सुनचादी, अन्नपात, भाडावर्तन, फ्रिज, बिभिन्न किसिमका सजावटका सामान, बिभिन्न किसिमका पेय पदार्थ, फर्निचरको सर समान पूर्ण रुपमा जलि नष्ट भएकाे प्रहरीले जनाएकाे छ । FB_IMG_1714567376476

आगलागीमा अनुमानित ९० लाख बराबरको क्षति भएको अनुमान छ भने मानविय चौपाय क्षती नभएको प्रहरीले जनाएको छ ।