काठमाण्डौ । पशुपति आर्यघाटस्थित विद्युत् शवदाह आगामी साउन १ गतेदेखि निःशुल्क हुने भएको छ ।IMG-20240326-WA0001

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले बुधबार कार्यभार ग्रहण गर्दै नागरिकले आफ्ना आफन्त गुमाउँदा आर्थिक अभावले पिरोलिनु नपरोस् भन्ने उद्देश्यले विद्युतीय शवदाह निःशुल्क गर्ने निर्णय गरेका हुन् । डा. थापाले सेतो सत्तल गुह्वेश्वरीमा बृहत् अन्तर्राष्ट्रिय पुस्तकालय निर्माण गर्ने निर्णय पनि गरेका छन् । अहिले विद्युतीय शवदाहका लागि ४ हजार ५०० शुल्क लाग्छ ।

पशुपति मन्दिरको गर्भगृहमा जलहरी राख्ने सन्दर्भमा परेको मुद्दामा सदस्य सचिव डा. थापासहित तीन जनालाई विशेष अदालतले बुधबार सफाइ दिएको थियो ।